सस्तो तर स्वास्थ्यराम्रो पर्ने खान किन बिर्सेंको होला ?
हरियो साग, रायो, चम्सुर र पालुङ्गोको सागमा प्रशस्त मात्रामा भिटामिन ए, भिटामिन सी, आइरन, पोटासियम पाइन्छ । साथै रेसादार पदार्थ पनि प्रशस्त हुन्छ । यसलाई फलामको भाँडामो पकाएमा आइरन अर्थात् लौहतत्वको शोषण राम्रोसँग हुन्छ । स्वाद र पौष्टिकतामा समेत वृद्धि हुन्छ । महिलाहरुमा आइरन तत्व आपूर्तिका लागि रायो, चम्सुर र पालुङ्गो उपयोगी मानिन्छ । तर यसलाई धेरै बेर पकाएमा यसको स्वाद र गुणस्तर नष्ट हुन्छ । नेपाली चलनअनुसार चम्सुर र पालुङ्गो मिलाएर पकाउने गरिन्छ । व्रत बसेको बेलामा त झन् चम्सुरको साग खानु शुद्ध र हल्का मानिन्छ । पालुङ्गो, फलफूल, बदाम, दही मिलाएर सलाद पनि बनाउन सकिन्छ । यसमा नून…