पृथ्वीनारायण शाहको पालामा सिन्धुलिको लडाइँमा अंग्रेजलाई परास्त गर्ने सिकारीको सर्दार बंसु गुरुङ-वंशु गुरुङ- बंस गुरुङ- वंस गुरुङ वा वंश गुरुङ को थिए ?
डा. जगमान गुरुङ ।। पृथ्वीनारायण शाहको पालामा सिन्धुलिको लडाइँमा अंग्रेजलाई परास्त गर्ने सिकारीको सर्दार बंसु गुरुङ-वंशु गुरुङ- बंस गुरुङ- वंस गुरुङ वा वंश गुरुङ को थिए ? ।।अहिले सिन्धुलिमा अघि पृथ्वीनारायण शाहको पालामा सिन्धुलिको लडाइँमा अंग्रेजलाई परास्त गरेका वीर लडाकाहरुको शालिक स्थापना गर्न लागिएको रहेछ।राष्ट्रको निर्माणमा योगदान दिएका वीर योद्धाहरुको सम्मान गर्नु अति महत्त्वपूर्ण प्रशंसनीय काम हो तर यस्तो काम ज्यादै संवेदनशिल हुन्छ।त्यसकारण यस्तो काममा ज्यादै होस पुय्राउनु पर्छ।ईति-हि- आस= अघि यस्तो थियो।यो नै इतिहासको व्युत्पत्ति र अर्थ हो।त्यसकारण ईतिहास अघि जस्तो थियो, त्यस्तै लेखिनु पर्छ।पृथ्वीनारायण शाहको पालामा सिन्धुलिमा अंग्रेजसंग सिकारीको सर्दार एक जना गुरुङले बीरतापूर्वक लडेर अंग्रेजलाई परास्त गरेका…