यसरी किरात/बौद्ध र हिन्दुहरुले आ-आफनै संस्कृति अनुसार संयुक्त रुपमा तिहार मनाऊन सकिन्छ
नेपालमा मनाईने चाडपर्वहरु विजयदशमी दशै र तिहारको समयमा यी दशै र तिहार हिन्दुहरुकै मात्र चाड हुन की? यहाँको गैरहिन्दु मुलवाशी/आदिवाशी किरातीहरुको पनि चाड हो ? भन्ने विषयमा बहस चर्चा छलफल व्यापक रुपमा चलेको देखिन्छ।भारतमा मनाईने विजयदशमी दसहरा/दसेरा र नेपालमा मनाईने दशैँ मुख्यत:-महिसा असुरको कथा र दुर्गा पुजा सम्बन्धित देखिन्छ।नेपालमा मनाईने दशैमा निधारमा चामलको टिका लगाऊने र जमरा लगाऊने संस्कृति बाहेक मुलभुत रुपमा दुर्गापुजा संग सम्बन्धित रहेको छ।त्यस्तै भारतमा मनाईने त्योहार दिवाली/दिपावली बौदमार्गीको होकी ? हिन्दुको ? त्यस्तै नेपालमा मनाऊने तिहार/बलिहाङ तङ्नाम/चानुचा/बुफैनाम हिन्दुहरुकै मात्र हो की?यहाँको मुलवाशी/आदिवाशी किरात मगरहरुको पनि हो भन्ने बहस छलफल र तर्कवितर्क रहेको देखिन्छ। भारतको मौर्यवंशी महान…