कुनै बेला गाउँघरमा गरिबले बाच्नको लागि दुई छाक टार्न सिस्नुको उपभोग गर्ने गरिन्थ्यो तर पछिल्लो समय सिस्नो औषधि सावित भएपछि यसको माग विदेशमा निकै महँंगो दरमा भएको पाइन्छ । धनीहरुले यसलाई बढी प्रयोग गरिरहेका छन् । सिस्नो पछिल्लो समयमा सिस्नोको महत्वलाई बुझेर यसको कारोबारमा ओइरिने सङ्घ-संस्थाहरूको पनि लर्को लागेको छ ।
खेती गर्न र स्याहारसुसार गर्न नपर्ने जंगल, भीर र पाखामा त्यत्तिकै खेर गइरहेको सिस्नोबाट बनेको धुलो राम्रो मूल्यमा बिक्री हुनका साथै विदेश समेत निर्यात हुन थालेपछि सिस्नो उत्पादन र प्रशोधनमा लागेकाहरू पनि हौसिन थालेका छन् ।
सिस्नोको धुलोलाई दाल, ढिंडो, सुपको रूपमा बनाएर खाने गरिन्छ भने हरियो सिस्नोको मुन्टा तरकारीको रूपमा खानेहरूको सङ्ख्या बढ्दो छ । सिस्नो पोषिलो हुनुका साथै शरीरको रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने भएकाले पनि यसको माग बढेको छ । सिस्नु खाँदा हाडजोर्नीलगायतका शरीरका विभिन्न रोगको निदान हुने विश्वास गरिन्छ ।
सिस्नोमा के के पाइन्छ ?
रायोको सागमा ३ सय ५० आई.यू.भिटामिन मात्रै पाइन्छ भने सिस्नोमा १२ सय आई. यू. भिटामिन ए, र भिटामिन सी अत्यधिक रुपमा पाइन्छ । तस्तै आइरन, फमिक एसिडलगायतका अन्य तत्वहरु पनि यसमा पाइन्छन् । भिटामिन पाइने अन्य तत्वहरु भन्दा सिस्नोमा सबभन्दा बढी भिटामिन हुन्छ ।
सिस्नोको नियमित प्रयोगबाट किड्नीको समस्या, पिसाब पोल्ने, दम, बाथ रोग, डाइटब्यालेन्सलगायत रगत उत्पादन गर्ने, रगतमा हेमोग्लोबिनको मात्रा बढाउने काम गर्छ । यसका साथै सिस्नोको मेहन्दी बनाएर कपालमा लगाउँदा कपाल झर्नबाट रोक्छ भने कपालको चाँया पनि हटाउँछ ।
महिनावारी अनियमीत हुने ग्यास्ट्रिक, स्त्रीरोग, बाथ, खाना नरुच्ने, मधुमेह, उच्च रक्तचाप, सुगर, जण्डिस, प्यारालाइसिस, पथरी, ग्याष्टिक, बाथ, अल्सर, कब्जियत, पायल्स, मधुमेह, जुका, युरिक एसिड, मुत्ररोगी, रक्तअल्पता, नपुसंकता, बाझोपन भएका बिरामीलाई उपयोगी मानिन्छ ।
त्यसैगरी पुरुषको शुक्रकिट उत्पादन, भाँचिएको र मर्केको हाडहरुलाई जोडन, आँखालाई तेजिलो र अनुहारलाई चम्किलो, शरिरलाई फुर्तिलो, छरितो र आकर्षक बनाउन, ढाँड दुख्ने, घुँडा र जोर्नी दुखेको, झस्को पसेको, सर्को पसि सोला हान्ने जस्ता रोग निको पार्न सिस्नोको पाउडर प्रयोग हुने गरेको छ ।
यसलाई झोल बनाएर खाना सँगै प्रयोग गर्न पनि सकिन्छ र उमालेर खान सकिन्छ । यसमा हुने रौ जस्तो झुसमा हुने फर्मिक अम्लले पोल्ने र हिस्टामाइनले सुन्निने भएकोले पीडादायक हुन्छ तर पानीमा उमालेपछि ती तत्वहरू नास भएर जान्छन् ।
यसको सोहि दुर्गुणको कारण पहिले पहिले यातना दिन तथा सजाय दिन यसको प्रयोग गरिन्थ्यो । यसमा हुने भिटामिन ए, भिटामिन सी, भिटामिन डी लौहतत्व, पोटासियम, म्यागानिज, क्याल्सियम जस्ता पौष्टिक पदार्थको कारण उत्तरी तथा पूर्वी युरोपमा यसको झोल लामो समयदेखि प्रचलित रहेको छ । यसमा २५५ सम्म प्रोटिन हुन्छ त्यसैले यो शाकाहरीहरूको लागि अति उत्तम भोजन हो ।
सिस्नुको जरालाई घोटेर कुकुरले टोकेको ठाउमा लगाउदा इन्फेच्शन हुदैन भन्ने जनबिस्वस रहेको छ।