उपेक्षामा नेपालमै पहिलो सिक्का ‘टक’ छापिएको ठाउँ
कालिगढ अभावमा मूर्तिकला र हस्तकला उद्योग पनि संकटमा भोजपुर : नेपालमै पहिलो धातुकाे सिक्का (टक) छापिएको ठाउँ पूर्वी पहाडी जिल्ला भोजपुरको ऐतिहासिक टक्सार बजार उपेक्षामा परेकाे छ । ऐतिहासिक कलामा पोख्त कालिगढ समेत पलालन भएपछि नेपालकै महत्त्वपूर्ण सम्पदा टक्सार बजार अहिले नाममा मात्र सीमित बन्दै जान थालेको हो । भोजपुर नगरपालिकाको वडा नम्बर १२ मा रहेको ऐतिहासिक टक्सार बजारलाई चिनाउन गत २०७२ साल पुस महिनामा महोत्सवको आयोजना गरिएको थियो । तर तत्पश्चात् पनि टक्सार बजारको अवस्था उस्तै नै छ । टक्सार स्थापनाको दुई सय वर्ष पुगेको अवसरमा टक्सारमा रहेका धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण सम्बद्र्धन, टक्सारको इतिहासको प्रचारप्रसार, पर्यटकीय स्थलहरूको…