किरात समुदायका विभिन्न जातीहरु र्राई, लिम्बू, याक्खा, सुनवार आदिको मौलिक मुन्धुमहरुमा खुवालुङ को प्रशङ्ग जबरजस्त रुपमा आउँदछ । किरातीहरुको होमे, बिजुवा, फेदाङवा, पासुङ, यटाङवा, न्वाँसो, ग्यामी आदिले आफ्नोर् इष्ट शक्तिहरुको पुकार गर्दा वा भनौ मुन्धुम गाउँदै जाँदा समथर/मैदानबाट सुरुगरीे मैदानी शक्तिहरुको पुकार पछि रुइयुवा -शप्तकोशी) हुँदै खुवालुङ पुग्दछन् । त्यहाँ खुवालुङ पुगेपछि आ-आफ्नो हिड्ने खेल्ने बाटो पच्छ्याउँदै पहाडतर्फअगाडी बढी हिमालसम्म पुग्दछन् । किराती धामीहरुले गाउँने मुन्धुममा यो खुवालुङ अनिवार्य रुपमा आउँदछ । त यो धामी, फेदाङवाहरुले गाउँने मुन्धुमको खुवालुङ कहाँ पर्छ – यो खुवालुङ भनेको के हो – यस विषयमा भने आजका प्रायजसो किरातीेहरु बेखबर जस्तैछन् ।
हिजआजका धामी, बिजुवा, फेदाङवा, न्वाँसोहरुले पनि खुवालुङ केवल मुन्धुममा गाउनेमात्रै हो यथार्थमा त्यो कँहा पर्दछ उनीहरुलाई थाहासम्म पनि हुँदैन किनकि उनीहरु आफु भौतिक रुपमा खुवालुङ कहिले पुगेकै हुँदैनन् । ‘खुवालुङ’ अर्थःबराहक्षेत्र न.पा. २ का किरातर् इतिहासविद बिमल र्राईको अनुसार “किरात भाषामा ‘ख्वा’ वा ‘खुवा’ को अर्थ बारम्बार गईरहिने ठाउँ भन्ने हुन्छ । पछि यहि ख्वा बाट खेवा भएको हुनसक्दछ” । बोलचालको भाषामा कोहि व्यक्ति एकै ठाउँमा बारम्बार गईरह्यो भने “त्यहाँत त्रि्रो खेवा नै भयो” भन्ने चलन हिजआज पनि छ । ‘लुङ’ को अर्थ ढुङ्गा भन्ने हुन्छ । यर्सथ बारम्बार गईरहिने विशेष ढुङ्गा भएको ठाँउ नै खुवालुङ हो । खुवालुङ कहाँ पर्दछ – कसैकसैले खुवालुङ सुनसरी, उदयपुर र धनकुटा जिल्लाको सिमाना कोकाखोला र सप्तकोशी नदीको दोभानमा अवस्थित बाराहाङधाम पछि हिन्दुकृत नाम बराहक्षेत्रलार्इृ भनेको पाईन्छ तर त्यो खुवालुङ होइन बाराहाङ चाहि हो ।
खुवालुङ त एक नं. प्रदेश -किरात प्रदेश) को धनकुटा, भोजपुर र उदयपुर जिल्लाको सिमाना जहाँ अरुण, तमोर र दुधकोशी नदीको संगम स्थल ‘त्रिवेनी’ मा रहेकोछ । यसरी समग्रमा भन्नुपर्दा धनकुटा, भोजपुर र उदयपुर जिल्लाको सिमाना रहेको तीन ठूलो नदीहरुको संगम स्थल त्रिवेनी नै खुवालुङ हो । तर वास्तविक लुङ चाहि तमोर र अरुण-दुधकोशी ठिक भेट हुने स्थानकोपानी मुनी अवस्थित छ । जुन चैत बैशाख महिनामा नदीको पानी घटेको अवस्थामा अलिअलि दिेखिन्छ त्यो पनि पानी माथि कहिले आउैन जहिले पानी मुनिनै रहन्छ । स्थानिय वासिन्दाहरु दर्ुगालाल र्राई, शंकर तामाङ र मेघराज र्राईको अनुसार उक्त लुङ ताँबे रंगको र आकृति सापले फँडा फुलाएर ठडिए जस्तोगरी दक्षिणतर्फठडिएर पानी भित्र बसेको बताउँदछन् । खुवालुङ को संक्षिप्तर् इतिहासः किरात मुन्धुम र अग्रज किरात मुन्धुमी पर्ुखाहरुले बखान गरिल्याए अनुसार खम्बूहों वंशका सन्तानहरु -भुसुरी, मेहों र मेत्ना) ले वर्षपिच्छेको तर्राईको उत्पात गर्मिको कारण पहाडको सितल हावापानी भएको स्थलतर्फजाने मनसाय राखे । यस मनसायको साथ उनीहरु गर्मीलाग्नु अगावै मैदानबाट शप्तकोशीको किनार पच्छ्याउँदै उत्तर पहाडतर्फअघीबढे । मैदान छोडेर नदिको किनारैकिनार उत्तरतर्फकेहि अघी बढेपछि ठूलो ढुङ्गको ढोकालागि बाटो बन्दभएको पाए । तीनै जनाले सबै जुक्ति, बलबुद्धि लगाउँदा पनि ढोका खोलिएन । उनीहरुले सोंचे यो त मुडेबल र जुक्तिबुद्धिले हुनेकुरा हैनरहेछ । यो त दैविय शक्ति, माङशक्ति पो रहेछ । यति थाहापाएर उनिहरुले त्यहि जंगलमा पाईने कन्दमुलहरुको सेवा -पूजा) सामग्रीहरु जुर्टाई नुहाईधुवाई, सुग्घरसफाभई उक्त दैविय ढोकाको खुब भक्तिको साथ सेवा, आरधना गर्नलागे । साँच्चै सेवा लगाएपछि उक्त ढुङ्गेढोका खोलियो उनीहरु दंगपर्दै अगाडीतर्फबढे । उक्त दिन मकर संक्रान्तिको दिन थियो । ढोकाबाट अघीबढेपछि उनीहरुले शप्तकोशीको तीनवटा हाँगाहरु छुट्टएिर आएको पाए । त्यसठाउँ जहाँ तीनवटा ठूलानदिहरुको संगम रहेको अति रमणिय त्रीवेणी र केहि समथर जग्गा पाएपछि त्रीवेनीमै उनिहरु केहि दिनसम्म बसे ।
त्रीवेनीको केहि समयको बर्साईपछि उनिहरुले अझ अगाडी बढ्ने निश्चय गरे । त्यसपछि कान्छा मेत्नाले अलि सानो सजिलो तमोर नदीलाई रोजे, माईला मेहोंले अरुण रोजे अनि स्वाभाविक रुपमा जेठोको भागमा दुधकोशी पर्याे । यसरी आ-आफ्नो भागको नदीहरु पच्छ्याउँदै तीनै दाजुभाईहरु अघीबढ्ने भए तर छुटिनुभन्दा पहिला उनीहरुले हरेक मकर संक्रान्तिको दिनमा त्यहाँको ढुङ्गाको ढोका भएको ठाउँमा सबै दाजुभाईहरु भेलाभई पहिलेको जस्तै नुहाईधुवाईगरी सेवा/पूजा गर्ने भनेर परस्पर सहमती गरेर छुट्टएि । त्यहि समयदेखि मकर संक्रान्तिमा कोशीमा गई नुहाईधुवाई, सेवा/पूजागरी कन्दमुलहरु माङलाई चर्ढाई पर्सर्ााो रुपमा आफुले पनि खाने प्रचनल रहि आएको हो । जुन आजपर्यन्त यो चलन कायमनै रहिआएको छ ।खम्बूहोंका तीनभाई छोराहरु आ-आफ्ना परिवारहरु सहित तीन नदीहरु पच्छ्याउँदै अघी बढे । अघी बढ्ने क्रममा उनीहरु एकैचोटी टाढा माथि लेकमा पुगेनन् । उनीहरु क्रमश र्सदै फैलिदै गए । यसरी अघीबढ्दै जाँदा उनीहरु सालको एकपटक त्रिवेनी वा ठूलो दैवियशक्तिवाला ढुङ्गा को पूजागर्न र मकर नुहाउन आउने, आफ्ना दरदाजुभाई दिदिवहिनिहरुसंग भेटघार्टगर्ने गर्दथे । वर्षपिच्छे ठूलोढुङ्गा भएको ठाउँमा गईरहनर्ुपर्ने भएकोले त्यो एउटा ‘ख्वा’, ‘खुवा’ अथवा खेवा बन्नगयो । यसरी गैरहनर्ुपर्ने दैवियशक्तिवाला ठूलोढुङ्गा भएको ठाउँलाई नै अन्तत ‘खुवालुङ’ भन्नथालियो । खुवालुङको दैविक महत्वः किरातीहरुमाझ खुवालुङको दैविक महत्व एकदमै ठूलो छ । यसको महत्व ऐतिहासिक वा धार्मीक हिसावले पनि अतुलनिय छ । तीनवटा ठूलो नदीको संगम आफैमा एउटा दर्ुलभ घटना पनि हो । तीन अंकले किराती परम्परा धर्म संस्कृतिमा मात्र हैन सिंङ्गो आध्यात्मिक क्षेत्रमै ठूलो अर्थ र महत्व राख्दछ । त्यसमा पनि तीन नदीको संगम स्थलको पानी मुनी रहेको साँप आकृतिको ताँबे रंगको बिशाल ढुङ्गा र किरात मुन्धुममा पाईने त्यसको वर्ण्र्ाापनि अभूतपर्ूव लाग्दछ । खुवालुङ एउटा दैविय शक्तिको स्रोत हो । त्यसैकारण किराती होमे, बिजुवा, फेदाङवा, पासुङ, यटाङवा, न्वाँसो, ग्यामीहरुले मुन्धुम गाउँदा खुवालुङको पुकार अनिवार्य रुपमा नर्गर्ेगर्दछन् । त्यतिमात्र हैन दैबिशक्तिको स्रोत भएकै कारण प्रत्येकवर्षमाघेसंक्रान्तिको दिन खुवालुङ गई उक्त होमे, बिजुवा, फेदाङवा, पासुङ, यटाङवा, न्वाँसो, ग्यामीहरुले आफ्नो दैविशक्तिको नविकरण गर्ने, शक्ति तथा बलमाग्ने कार्यहरु गर्नर्ेगर्दछन् । तर हिजआज धामीहरु खुवालुङमा पुग्नेगरेको त्यति पाईदैन । खुवालुङको सट्टामा बराहक्षेत्र -हिन्दुकृत) गई र्फकने गरेको पाईन्छ । कोहि सप्तकोशी वा कुनैपनि खोलामा गई र्फकन्छन् । यो सब खुवालुङ महत्व र खुवालुङ कहार्ँपर्दछ थाहा नभएर पनि भएको हुनसक्दछ । तर खुवालुङ को नाममा जहातहिं गएर खुवालुङ पुकार्नुको कुनै अर्थ छैन । हिजआज कोही धामी, विजुवाहरु खुवालुङ जानेगरेको पाईदैन त्यसैले ति धामी, फेदाङवाहरुको शक्तिपनि कमहुँदै गएको हराउँदै गईरहेको अनुभूति हुनथालेको छ । त्यतिमात्र हैन सत्य खुवालुङको विस्मरणसंगै समग्र किरातीहरुको रापताप मात्र हराएर गएको छैन आज समग्र अस्तित्वनै धरापमा परेको र्छलङ्ग छ । त्यसैले किरातीहरुले जबसम्म आफ्नो नाभी वा भनौ शक्तिको केन्द्र देख्ने, बुझ्ने र मान्ने छैनन् तवसम्म किरातीहरुको उन्नती र प्रगतीको सम्भावना छैन । हिन्दूकरणको शिकार बन्ने खतरामा खुवालुङ ः किरातीहरुले केवल राज्यमात्र गुमाएनन् राज्यसत्ताको साथसाथै मौलिक भाषा, धर्म, संस्कृतीहरु पनि गुमाए । हिन्दू शासकहरुले किराती मौलिकताका सम्पर्ूण्ा अवशेषहरु मेेटाउँदै आए/आईरहेकाछन् । होलैसुङ लाई हलेसीमाहादेव, बाराहाङलाई बराहक्षेत्र, चतरालाई प्राचिन हरिद्वार, विसुनु पाउन अदुकोलाई विष्णुपाउ, र्राईघाटलाई गाईघाट, लेगुवालाई रामबजार, खिकामाछालाई भोजपुर आदि हिन्दु अतिक्रमणका केहि उदाहरणहरुमात्र हुन् ।
खुवालुङ दैविशक्तिको कारणले गर्दा पनि हुनसक्दछ हिन्दु अतिक्रमणको शिकार बनीसकेको अवस्था छैन । तर त्याहाँपनि हिन्दूहरुबाट हात हाल्न बाँकि भने रहेकोछैन । अघिल्लो वर्षयानिकि २०७५ सालमा एकजना हिन्दु अतिक्रमणकारी गई त्यहाँको वस्तुगत निरिक्षणगरी त्यहाँ ढुङ्गाको पर्खालहाली बारिएको स्यानो थानलाई श्री कौशीकीमाताको मन्दिर भनि नयाँ हिन्दुकृत नामाकरण गरेछन् र अन्य स-साना ढुङ्गाहरु ठड्याएर राखेकोलाई समेत कसैलाई गणेश, कसैलाई विष्णु, कसैलाई दर्ुगा आदि नामाकरण गर्न भ्याईसकेको रहेछ । उक्त जानकारी त्यहिका एक किरातीले गराउनु भयो । किरात धर्म संघ ले किरातीहरुको ऐतिहासिक तथा आध्यात्मिक अतिनै महत्वको स्थल खुवालुङको संरक्षण र सर्म्बर्धन गर्ने भन्ने सोंचराखी त्यसबारे चासो राख्दा खुवालुङ पनि अतिक्रमणको शिकार बन्नलागेको, केहि व्यक्तिहरु त्यहाँ गई अबलोकन गरि र्फकेको र चाँडै त्यहाँ एउटा कौशीकीमाता मन्दिरको समिति बन्न लागेको साथै स्थानिय निकायहरुमा पनि त्यस मन्दिरको संरक्षणको लागि बजेट माग गरिएको बारे किरात धर्म संघका एक शुभचिन्तकले बताए । सो कुरा थाहा भएपछि अविलम्ब किरात धर्म संघको एक टोली मिति २०७६ अशोज ५ गते झरी, वाडी, पहिरो नभनिकन जाने काम भयो । किनकि यदि स्थानिय निकायबाट बजेट छुट्याएकै भए यस आर्थिक वर्षो वजेट कार्यान्वयन हुने समय आईसकेको थियो । यदि त्यसोहोभने त्यो कामहुननदिन हामी त्यहाँ पहिले पुगेर स्थानीयहरुमाझ छलफलचलाई सत्यतथ्य बुझाई त्यस कार्यलार्इर्र्रोक्नर्ुपर्दछ अन्यथा कौशीकी माता मन्दिरको नाममा बजेट छुटिएर मन्दिर निर्माणको काम सुरुभए हाम्रो केहि जोड जल्नेछैन । पछि गएर विरोध जनाउनु धार्मिक सहिष्णुता खल्बलाउने गतिविधि आदिको लान्छना व्यहोर्नु बाहेक अरु केहि हुनेछैन । यहि निस्कर्षो साथ किरात धर्म संघको अध्ययन टोली खुवालुङ पुग्यो र पुगी बुझ्दा कौशिकीमाता मन्दिरको समिति बन्ने चर्चा चलेको थाहा भयो तर बजेटको कुराचाहि समितिनै निर्माण नभैसकेकोलेगर्दा छुट्टएिको रहेनरहेछ । यति थाहाभएपछि केहि ढुक्कभएर भोजपुर, धनकुटा र उदयपुरका स्थानीय किराती दाजुभाईहरुसंग छलफल परामर्शगरी उहाँहरुकैसाथ सहयोग लिएर थानमागई सरसफाईगरी त्यहाँ संस्थाको झण्डा र त्रिशुल राख्ने अनि संस्थाको ३ दिन पछि अध्ययन टोली फिर्ता भयो । हाल त्यहाँका स्थानीय वासिहरुसंग सर्म्पर्क र भेटघाट गर्नेक्रम जारीनै छ । आगामी दिनमा पनि संस्थाले खुवालुङको संरक्षण सर्म्बर्धनको कुरालाई निरन्तरता दिनेछ । यसै क्रममा यहि २०७६ माघे संक्रन्तिको दिन किरात धर्म संघको सेवासाम -पूजारीहरु) सहित समित खुवालुङ गई सेवा/पूजा गर्ने कार्यक्रम तय भएको छ । हिन्दुकरण हुनबाट बचाउन संघको तर्फबाट चाँडै एउटा खुवालुङ संरक्षण समिति बनाउने प्रयास पनि भर्इर्र्हेको छ । यसरी प्राचिन खुवालुङलाई इतिहासको गर्तबाट निकाल्ने काम हुँदैछ । अःमाङ सेवाः
साभार फेसबुक