RAISUJAN

42 Posts
अपराध अनुसन्धान, बालबालिकाको उद्धार र सम्पत्तिको संरक्षण

अपराध अनुसन्धान, बालबालिकाको उद्धार र सम्पत्तिको संरक्षण

–डा. चूडाबहादुर श्रेष्ठ१. अपराध अनुसन्धाननेपालमा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को अनुसूची १ मा सरकारवादी फौजदारी मुद्दा र अनुसूची–२ मा सरकारवादी हुने मुद्दाहरुको सूची समाबिष्ट गरिएको छ । अनुसूची–१ मा उल्लेख भएका मुद्धाहरुको अनुसन्धान प्रहरीद्धारा गरिन्छ । सोबाहेक भ्रष्टाचारजन्य कार्य बन, बन्यजन्तु, राजस्व र भन्सार छलीजस्ता मुद्धाहरुको अनुसन्धान तहकिकात राज्यका अन्य निकायहरुबाट हुने गर्दछ । सरकारवादी हुने फौजदारी मुद्दा÷अपराधको अनुसन्धान तहकीकातका साथै त्यस्ता अपराधबाट पीडित व्यक्तिको उद्धार, सेवा र अपराध नियन्त्रणमा खटिने कर्तव्य प्रहरीको हुन्छ । समाजमा घट्ने कुनै पनि अपराध सामाजिक र राजनीतिक चासोका विषय हुन्छन् । अनुसन्धान भनेको अपराधिक घटनासम्बन्धी चिन्तन र त्यसका कारणहरु पत्ता लगाउने प्रक्रिया हो ।…
Read More
गर्मीमा असाध्यै तिर्खा लाग्दा के खाने?

गर्मीमा असाध्यै तिर्खा लाग्दा के खाने?

गर्मीसँगै शरीरलाई मनग्ये पानी चाहिन्छ। ठीक यही बेला अस्वस्थकर अनि महँगो चिसो पेय पदार्थको बिक्री पनि बढ्छ। यस्ता पेय पदार्थले हड्डी कमजोर बनाउँछन्। त्यसो भए गर्मीमा असाध्यै तिर्खा लाग्दा के खाने? प्रश्न हुन सक्छ। ‘कागतीको सर्बत’ सबैभन्दा प्रभावकारी उत्तर यही हो। सर्बतलाई हामी गर्मी वा जाडो, तातो वा चिसो जेमा पनि मिलाएर खान सक्छौं। म कागतीलाई ‘औषधिको डल्लो’ भन्छु र दिनहुँ कमसेकम दुई वटा कागतीलाई चिया, सर्बत, दाल आदिमा मिलाएर खाने गर्छु। कागतीमा भिटामिन सी पाइन्छ। यो भिटामिनले रोग प्रतिरोधात्मक शक्ति बढाउँछ। कागतीको त्यही शक्तिलाई चिनेर नै हुनुपर्छ, हाम्रा पुर्खाले गर्मी शुरू हुने अक्षय तृतीयामा कागतीको सर्बत र जौको सातु…
Read More
पर्यटकको मुख्य आकर्षण केन्द्र पुरन्धरा झरना

पर्यटकको मुख्य आकर्षण केन्द्र पुरन्धरा झरना

दाङको बबई गाउँपालिका–५ मा पर्ने झरना यतिखेर पर्यटकको मुख्य आकर्षण केन्द्र बन्न पुगेको छ । तीनतिरबाट वनजङ्गलले घेरेको पश्चिमतर्फ भने कलकल बग्ने बबई नदी र त्यही नदीको करीब १० मिटर टाढा पूर्वतर्फ रहेको प्राकृतिक पुरन्धरा झरना छ । पैँतालीस उचाइको सो झरनाबाट पानी तल खस्ने गरेको मनमोहक दृश्यले त्यहाँ पुग्ने सबैलाई नै लोभ्याउने गरेको छ । विगतका वर्षमा त्यहाँ कर्मचारीको व्यवस्था थिएन, अहिले स्थानीय सरकार आएपछि बबई गाउँपालिकाले संरक्षण तथा पर्यटकको सुविधा तथा सुरक्षाका लागि त्यहाँ एक कर्मचारीको व्यवस्था गरिएको गाउँपालिकाका उपाध्यक्ष सावित्रा विकले बताउनुभयो । उहाँले झरनाको अवलोकन तथा वनभोज खान आउनेले ल्याउने सवारीसाधनबाट भएको आम्दानीबाट कर्मचारीलाई तलब खुवाउन…
Read More
च्याउ खाँदा स्मरणशक्ति बलियो हुने

च्याउ खाँदा स्मरणशक्ति बलियो हुने

बिबिसि । हालै सिङ्गापुरमा गरिएको एउटा अनुसन्धानले हप्तामा दुई चोटिभन्दा बढी च्याउ खाए त्यसले ६० वर्षमाथिका व्यक्तिमा स्मृति र भाषासँग सम्बन्धित समस्याहरू हुन नदिने देखाएको छ। च्याउमा हुने एउटा विशेष एन्टिअक्सिडन्टले मस्तिष्कमा सुरक्षात्मक प्रभाव पार्ने सो अध्ययनले पत्ता लगाएको हो। मानिसहरूले जति धेरै च्याउ खाए उनीहरूले सोच्ने र मानसिक प्रक्रियासम्बन्धी जाँचमा उति धेरै परिणाम प्राप्त गरे। तर अनुसन्धानकर्ताहरूले च्याउ र मस्तिष्कको कार्यबीच कुनै सोझो सम्बन्ध प्रमाणित गर्न भने सम्भव नभएको बताएका छन्। न्याश्नल युनिभर्सिटी अफ सिङ्गापुरमा भएको सो अध्ययनमा लागि ६६३ जना ६० वर्षमाथिका चिनियाँ मूलका मानिस समाविष्ट थिए। सन् २०११ देखि २०१७ सम्म उनीहरूको आहार र विहारको अध्ययन गरिएको…
Read More
सामाजिक सञ्जालको दूरुपयोग रोक्न आउँदैछ कडा साइबर कानुन

सामाजिक सञ्जालको दूरुपयोग रोक्न आउँदैछ कडा साइबर कानुन

काठमाडौं : फेसबुक, ट्विटर, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालको जथाभावी प्रयोग गरे ठूलै सजायको प्रस्तावसहित सरकारले कानुनको मस्यौदा संसद्मा पठाएको छ। सामाजिक सञ्जालको प्रयोग व्यवस्थित र मर्यादित बनाउन भन्दै सरकारले सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसद्मा पठाएको हो। ‘कुनै व्यक्तिलाई जिस्क्याउने, झुृक्याउने, होच्याउने, हतोत्साहित गर्ने, हप्काउने, घृणा तथा द्वेष उत्पन्न गराउने वा प्रापकलाई भ्रमित पार्ने आसयले सन्देश सम्प्रेषण गर्न पाइने छैन’, विधेयकको दफा ९४ को (ग) मा छ। यस्तो काम गरे १५ लाख जरिवाना वा ५ वर्षसम्म कैद हुने प्रस्ताव विधेयकमा छ। विद्युतीय प्रणालीमा रहेका सूचना अनधिकृत तवरबाट प्राप्त गर्ने, परिवर्तन गर्ने, मेटाउने वा निष्क्रिय पार्न कुनै दुरासययुक्त प्रोग्राम सम्प्रेषण…
Read More
यो कथा जति पुरानो किन नहोस जति बेला पढे पनि छाती चिरिन्छ

यो कथा जति पुरानो किन नहोस जति बेला पढे पनि छाती चिरिन्छ

लडाई सकिए पछि एक सिपाहीले क्याप्टेन सँग भन्यो -: सर मेरो साथि युद्ध मैदानमा छट्पटिरहेको छ । म उसलाइ लिन जान्छु । क्याप्टेन-:के लिन जान्छस् छोड्दे । यति बेला सम्म त्यो मरिसक्यो । क्याप्टेनको कुरा नसुनि उ साथि भएतिर जान्छ र केही समय पछि उक्त साथीको लास लिएर आउँछ। तब क्याप्टेनले भनेछन-:मैले भनेको थिएँ ऊ मरिसक्यो भनेर । सिपाही भन्छ – सर जब म त्यहाँ पुगें,तब उ सँग अन्तिम ढुकढुकी मात्र बाकी थ्यो, तब साथीले मुस्कुराउँदै भन्यो ‘साले, मलाइ थाहा थ्यो, तँ जरूर आउँनेछस्’ यति भनेर मलाई अङ्गालो हाल्यो अनि प्राण त्याग्यो । सर, मैले मेरो साथीलाई बचाउन सकिन तर…
Read More
नेपाली कामदारलाई जापान जाने बाटो खुल्यो, न्यूनतम तलब दुई लाख रुपैयाँ

नेपाली कामदारलाई जापान जाने बाटो खुल्यो, न्यूनतम तलब दुई लाख रुपैयाँ

काठमाडौं, ११ चैत । नेपाल र जापानबीच आउँदो अप्रिल १ तारिखबाट कामदार लाने प्रक्रिया थाल्ने गरी आज सहकार्यको समझदारीमा हस्ताक्षर भएको छ । ललितपुरस्थित होटेल हिमालयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टको उपस्थितिमा दुई देशबीच कामदार आपूर्तिबारे ‘सहकार्यको समझदारी’ (एमओसी)मा हस्ताक्षर भएको हो । समझदारी पत्रमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरे र नेपालका लागि जापानी राजदूत मासामिची साइगोले हस्ताक्षर गरेका छन्। एमओसीमा हस्ताक्षरपछि बोल्दै मन्त्री बिष्टले जापान नेपाली श्रमिकका लागि आकर्षक र रुचीपूर्ण गन्तब्य भएको बताउँदै यो समझदारीका लागि तयार भएकोमा जापान सरकारलाई धन्यवाद ज्ञापन समेत गरे । कामदार संकट गहिरिएपछि जापान सरकारले…
Read More
किरात मुन्दुमको अस्तित्व जोगाऊनु,आजको आवश्यकता

किरात मुन्दुमको अस्तित्व जोगाऊनु,आजको आवश्यकता

सेवा, यहाँहरु सम्पुर्ण किरातीहरुलाई उपरोक्त सम्बन्धमा यहि मिती २०७५ साल चैत्र १६ गते शनिबारको दिन उपत्यका यलखोम/काठमाण्डौ स्थित (Kirat Mundum Study Centre) ले किरात जन्य संघ संस्था,मुन्दुम सम्बन्धि अध्ययन/अनुसन्धान गरीरहनु भएका मुन्दुमी अध्येताहरु,बुद्धिजिबी सर्कलका प्राज्ञिक व्यक्ती व्यक्तीत्वहरुको ऐतिहासिक उपस्थितीमा ऐतिहासिक रुपमा मुन्दुमी प्राज्ञिक बहस तथा विचारगोष्टि कार्यक्रम राख्ने भएकोले यहाँहरु सम्पुर्ण किरात संस्कृति र मुन्दुमको अस्तित्व जोगाऊन चाहाने किरातीहरुलाई यस ऐतिहासिक कार्यक्रममा उपस्थित भईदिनु हुन हार्दिक अनुरोध गर्दछौ।हाम्रो संस्कृती र मुन्दुमको अस्तित्व लोप भएर जाने अवस्थामा छ,तसर्थ किरातीहरुको संस्कृती र मुन्दुमको अस्तित्व जोगाऊनको निमित्त हामीले आधिकारीक रुपमा (Kirat Mundum Study Centre/किरात मुन्दुम अध्ययन केन्द्र)स्थापना गरेका छौ।किरातीहरुको संस्कृती र मुन्दुमका अध्ययनरत…
Read More
नेपालभरका यी अस्पतालहरूबाट मिर्गौला रोगको उपचार र निःशुल्क डायलाइसिस सेवा पाइन्छ

नेपालभरका यी अस्पतालहरूबाट मिर्गौला रोगको उपचार र निःशुल्क डायलाइसिस सेवा पाइन्छ

काठमाडौं/ नेपालमा कुल जनसंख्याको १० प्रतिशत अर्थात झन्डै ३० लाख मानिसमा कुनै न कुनै रुपमा मिर्गौलाको समस्या रहेको अनुमान गरिएको छ। यीमध्ये तीन लाखको मिर्गौला बिग्रीरहेको छ। नेपालमा प्रत्येक वर्ष मिर्गौला उपचारमा ३ हजार नयाँ बिरामीहरु थपिने गरेका छन्। यस्तै, ४ हजार भन्दा बढी मानिसले डायलाइसिस गरिरहेका छन्। सरकारले मिर्गौला फेल भएका विपन्न बिरामीलाई निःशुल्क डायलाइसिस, निशुल्क मिर्गौला प्रत्यारोपण र आवश्यक उपचार तथा औषधिका लागि १ लाख सहुलियत रकम सहयोग गर्दै आइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिर्गौला प्रत्यारोपण र डायलाइसिस तथा उपचारका लागि अस्पतालहरुलाई सूचिकृत गरेको छ। मिर्गौलाको उपचार र डायलाइसिसका लागि मन्त्रालयले ५५ वटा अस्पताललाई सूचिकृत गरेको छ।…
Read More
क्यान्सर लाग्न नै नदिने तरकारी र फलफुलहरु

क्यान्सर लाग्न नै नदिने तरकारी र फलफुलहरु

(डा. हेमराज कोइराला) १.ओखर: पेन्सल्भिनियाको स्क्रेन्टन विश्वविद्यालयले गरेको एक अनुसन्धानले ओखरमा प्रसस्त पॉलीफेनोल्स भन्ने एण्टीअक्सिडेन्ट हुने कुरा पत्ता लगाएका छन् । एण्टीअक्सिडेन्टले शरीरमा हुने ऑक्सीडेटिवे स्ट्रेस कम गरी डी. एन. ए. डैमेज हुन दिँदैन फलतः क्यान्सर रोग लाग्नबाट बचाउँछ। अमेरिकन इंस्टिट्यूट ऑफ़ कैंसर रिसर्च का अनुसार ओखरमा कॉपर, मगैनेस, मैग्नीशियम जस्ता सुक्ष्म पोषक तत्व हरु पनि पईन्छ जून कैंसर प्रतिकारी छन। कैंसर रोग लगेकाले दैनिक ३० ग्राम ओखर खानु पर्छ। २.गोलभेँड़ा: गोलभेँड़ामा लाइकोपेन भन्ने तत्व पाइन्छ। जानवरहरुमा गरिएको अध्ययनले गोलभेँड़ाको सेबनले प्रोस्टेट कैंसरबाट बचाउने तथ्य सार्वजनिक भएको छ। विभिन्न प्रयोगशालाहरुमा भएका अनुशंधानले गोलभेडामा पाइने लाइकोपेन र रेड फैमेली वर्गमा पर्ने…
Read More