फडके र तुइनको अन्त्य कहिले ?
नेपालमा पटकपटकको राजनीतिक परिवर्तनपछि संघीय संरचनामा राज्य रुपान्तरणसँगै संघमा राष्ट्रप्रमुख (राष्ट्रपति) सरकारप्रमुख (प्रधानमन्त्री) प्रदेश र स्थानीय सरकारलगायत अधिकांश संबैधानिक निकायहरुमा सत्तासीन राजनीतिक दलमा झुकाउ राख्ने व्यक्तिहरुले नै अवसर पाइरहेका छन् । एकातर्फ यस्ता पदाधिकारीहरुको सानसौगात, सुविधा हेर्दा शाहीतन्त्रको झलक र धङधङे देखिन्छ । झण्डावाल विशिष्ट व्यक्तिको सवारी चल्दा वाटोघाटोमा हिड्ने पैदलयात्रीसमेत रोकिनुपर्ने अवस्था हुनआउँछ । आकाशमा समेत जहाजहरु हेल्डिङमा पर्छन्÷राखिन्छ । यसो हेर्दा लाग्छ नेपालका विशिष्ट व्यक्तिहरु निकै शक्तिशाली र सम्पन्न छन् । यस्ता विशिष्टहरुका लागि भूतपूर्व भएपनि राज्यले वर्षेनी अरबौ खर्चिएर पाल्नुपरिरहेको छ । अर्कोतर्फ यही देशका राजधानीकै छेउछाउलगायत नेपालको उत्तरी भेगका नागरिकहरुका लागि ठूल्लाठूल्ला जोखिमीपूर्ण नदिनाला वारपार गर्न…