अपराध अनुसन्धान, बालबालिकाको उद्धार र सम्पत्तिको संरक्षण
–डा. चूडाबहादुर श्रेष्ठ१. अपराध अनुसन्धाननेपालमा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को अनुसूची १ मा सरकारवादी फौजदारी मुद्दा र अनुसूची–२ मा सरकारवादी हुने मुद्दाहरुको सूची समाबिष्ट गरिएको छ । अनुसूची–१ मा उल्लेख भएका मुद्धाहरुको अनुसन्धान प्रहरीद्धारा गरिन्छ । सोबाहेक भ्रष्टाचारजन्य कार्य बन, बन्यजन्तु, राजस्व र भन्सार छलीजस्ता मुद्धाहरुको अनुसन्धान तहकिकात राज्यका अन्य निकायहरुबाट हुने गर्दछ । सरकारवादी हुने फौजदारी मुद्दा÷अपराधको अनुसन्धान तहकीकातका साथै त्यस्ता अपराधबाट पीडित व्यक्तिको उद्धार, सेवा र अपराध नियन्त्रणमा खटिने कर्तव्य प्रहरीको हुन्छ । समाजमा घट्ने कुनै पनि अपराध सामाजिक र राजनीतिक चासोका विषय हुन्छन् । अनुसन्धान भनेको अपराधिक घटनासम्बन्धी चिन्तन र त्यसका कारणहरु पत्ता लगाउने प्रक्रिया हो ।…