Year: 2019

जौ र यसका फाइदाहरु

जौ र यसका फाइदाहरु

जौ र यसका फाइदाहरु जौ अति नै पोषणयुक्त अन्न हो । यसलाई टुसा उमारेर, पकाएर, उसिनेर, भुटेर खान सकिन्छ । चिसो मौसममा तातो तरकारी र दालको झोलमा जौको पिठो हालेर खानाले हाम्रो शरीरलाई सही पोषण दिन्छ । जौले खानेकुराको स्वाद त बढाउँछ नै । यसमा म्याग्नेसियम, फस्फर जस्ता सुक्ष्म पोषणतत्वका साथै रेशादार पदार्थ पर्याप्त मात्रामा पाइन्छ । जौले मधुमेहका बिरामीलाई पनि सहायता र्पुयाउँछ । जौले आन्द्रा स्वस्थ राख्न ठूलो भूमिका निर्वाह गर्छ । यसमा रहेको रेशादार पदार्थले आन्द्रामा रहेको ‘असल किटाणु’को रक्षा गर्छ । साथै, जौमा रहेको पानी र अघुलनशील रेशादार पदार्थले शरीरमा कोलेस्टेरोल (बोसो) घटाउन मद्दत गर्छ । जौको…
Read More
इच्छा पूरा गरिदिने पाथीभरा देवी, पाथीभरा माताको उत्पति

इच्छा पूरा गरिदिने पाथीभरा देवी, पाथीभरा माताको उत्पति

पाथीभरा ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । विश्‍वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ ३७९४ मी.को उचाईमा अवस्थित छ । यहाँ फुङ्लिङ बजारबाट १ दिन पैदल हिँडेर पुगिन्छ । यो मन्दिरमा वर्षभरि भक्तजनहरुको घुइँचो लाग्‍ने गर्दछ । अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा (टुप्पोमा) देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम “पाथीभरा देवी” भनि श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ। ताप्लेजुङ्गका रैथाने लिम्बू समुदायहरू पाथीभरालाई “मुक्‍तुवुङ” भनेर चिन्दछन ।…
Read More
तामाको भाँडामा पानी पिउँदा यी २० रोग निको हुनेछन्

तामाको भाँडामा पानी पिउँदा यी २० रोग निको हुनेछन्

एजेन्सी । हिन्दु परम्परा अनुसार तामालाई पवित्र धातु मानिन्छ र वैदिक कार्यहरुमा तामाको भाँडालाई अनिवार्य मानिन्छ । दैनिक जिवनमा समेत तामाको गाग्रीमा राखेको पानी पिउनु उत्तम मानिन्छ र गाउँघरतिर तामाकै गाग्रीमा पानी भरेर राखिन्छ अझैपनि । यद्यपि सहरतिर पनि तामाको भाँडाको प्रयोग नभएको होइन । धार्मिक हिसाबले मात्र होइन वैज्ञानिक अध्ययनहरुले समेत तामाको भाँडामा राखेको पानी पिउनु स्वास्थ्यका हिसाबले निकै फाइदाजनक रहेको देखाएका छन् । आयुर्वेदका अनुसार तामाको भाँडामा राखेको पानी पिउँदा विभिन्न खाले रोगबाट बँच्न सकिन्छ । हरेक बिहान तामाको भाँडामा राखेको पानी पिउनुका फाइदा यस्ता छन्ः आयुर्वेदका अनुसार तामाको भाँडामा पानी खानाले तीनैवटा दोष (वात, कफ र पित्त)…
Read More
नचाहिने औषधि

नचाहिने औषधि

मैले केही वर्षअघि डा. रमेशकान्त अधिकारी (वरिष्ठ बालरोग विशेषज्ञ) संँग भिटामिनका चक्की झोल र बालबालिकाको स्वास्थ्यबारे जिज्ञासा राखेकी थिएँ । ‘पोषणयुक्त खानाको सट्टा मान्छेले सिसीमा भएको महँगो भिटामिनको झोल खान्छन् । कुनै पनि वैज्ञानिक अनुसन्धानले भिटामिन झोलका रूपमा खानुपर्छ भनेर पुष्टि गर्दैन ।हामी स्वास्थ्यकर्मीले भिटामिन बोतलका झोल वा औषधिका रूपमा प्रयोग गर्नु पर्दैन, तिनको औचित्य छैन भन्ने जानकारी दिनसकेकाछैनौं । धेरै जनालाई यसबारे भ्रम छ,’ उनको भनाइ थियो । बिरामको चापले होला, स्वास्थ्यकर्मीले झोल भिटामिन चाहिँदैन भनेर बुझाउनुको सट्टा त्यही भिटामिन औषधि लेखेर दिन्छन् । घरमा पाइने र स्थानीय रूपमा उपलब्ध हुने खाद्य वस्तुको उचित प्रयोग गरेर प्राय: सबै किसिमका…
Read More