RAISUJAN

54 Posts
इष्टर्न हाइड्रो पावर भोजपुरको सस्थापक शेयर खुल्यो, कस्ले कति कित्ता पाउने ?

इष्टर्न हाइड्रो पावर भोजपुरको सस्थापक शेयर खुल्यो, कस्ले कति कित्ता पाउने ?

प्राविधिको बढ्दो प्रयोग र विकास नेपालमा पनि हुन थालेसंगै भोजपुरको पिखुवा खोलामा निर्माण भइरहेको इष्टर्न हाइड्रोपावरको आजदेखि संस्थापक शेयर खुला गरिएको छ । हाईड्रोपावरको मुख्य रुपमा प्रभावित क्षेत्र पर्ने भोजपुर नगरपालिकाका वडा नम्बर ५, ६,७ र ९ वडा तथा अन्य जिल्लाबासीका लागि शेयर खुला गरिएको इष्टर्न हाईड्रोपावर लिमिटेडले जनाएको छ । प्रभावित चार वटा वडाका बासिन्दा प्रतिकित्ता एक सय र प्रभावित क्षेत्र बाहेकका अन्यले प्रतिकित्ता एक सय ५० मा कम्तीमा ५० कित्ता र बढीमा १० हजार कित्ता सम्म शेयर खरिद गर्न सक्ने कम्पनीका जनसम्पर्क अधिकृत दिपेन राईले जानकारी दिए ।शेयर प्रभु बैंक भोजपुरमार्फत लिन सकिने जनाइएको छ । शेयर आजदेखि…
Read More
नयाँ वर्षको पहिलो दिनमात्र फुल्ने र नेपालमा मात्रै पाइने यो अनौठो फूल !

नयाँ वर्षको पहिलो दिनमात्र फुल्ने र नेपालमा मात्रै पाइने यो अनौठो फूल !

नयाँ वर्षको पहिलो दिनमात्र फुल्ने र नेपालमा मात्रै पाइने यो हो अनौठो फूल ! यो संसारमा विभिन्न प्रकारका अनौठा किसिमका फूलहरु पाइन्छ । जसको आ आफ्नै फरक विशेषताहरु रहेको हुन्छ । आज हामी तपाईलाई त्यस्तै एक अचम्मको फूलको बारेमा कुरा गदै छौ । जुन नयाँ वर्षको दिन (वैशाख १ गते) मात्र फूल्छ र वेलुका झर्छ । यो सुन्दा तपाईलाई अचम्म लाग्यो होला । यो फुल नेपालको प्रदेश नं २ अन्तर्गत पूर्वपश्चिम राजमार्गको लहानबजारदेखि पश्चिम र मत्स्यपालन केन्द्रदेखि दक्षिणमा रहेको प्रसिद्ध धार्मिक एवम् ऐतिहासिक सलहेश फूलबारीमा पाइन्छ । यहाँ हरेक नयाँ वर्षको दिन (वैशाख १ गते) विहान फूल्छ र साझपख झर्छ…
Read More
स्कूल–ड्रप–आउटका आयाम तथा रोकथामको उपायहरु

स्कूल–ड्रप–आउटका आयाम तथा रोकथामको उपायहरु

–डा. चूडाबहादुर श्रेष्ठ १. शिक्षासम्बन्धी हक नेपालको संविधान, २०७२ भाग–३ मौलिक हक र कर्तव्य अन्तर्गत धारा–३१ शिक्षासम्बन्धी हक उपधारा (१) मा ‘प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुनेछ’ र उपधारा (२) मा ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तह सम्मको शिक्षा निशुल्क पाउने हक हुनेछ’ भन्ने व्यवस्था छ । त्यस्तै धारा ३९ बालबालिकाको हक उपधारा (२) मा ‘प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकुद तथा संर्वाङ्गीण व्यक्तित्व विकासको हक हुनेछ’ भन्ने उल्लेख गरिएको छ । सोही बमोजिम राज्यले कानून, नीति र कार्यक्रमहरुद्धारा सम्पूर्ण बालबालिकालाई शिक्षाको पहुँचमा पु¥याउनु पर्दछ । तथापि, मुलुकभर करीब ३ लाख १३ हजार २८९ बालबालिका…
Read More
जौ र यसका फाइदाहरु

जौ र यसका फाइदाहरु

जौ र यसका फाइदाहरु जौ अति नै पोषणयुक्त अन्न हो । यसलाई टुसा उमारेर, पकाएर, उसिनेर, भुटेर खान सकिन्छ । चिसो मौसममा तातो तरकारी र दालको झोलमा जौको पिठो हालेर खानाले हाम्रो शरीरलाई सही पोषण दिन्छ । जौले खानेकुराको स्वाद त बढाउँछ नै । यसमा म्याग्नेसियम, फस्फर जस्ता सुक्ष्म पोषणतत्वका साथै रेशादार पदार्थ पर्याप्त मात्रामा पाइन्छ । जौले मधुमेहका बिरामीलाई पनि सहायता र्पुयाउँछ । जौले आन्द्रा स्वस्थ राख्न ठूलो भूमिका निर्वाह गर्छ । यसमा रहेको रेशादार पदार्थले आन्द्रामा रहेको ‘असल किटाणु’को रक्षा गर्छ । साथै, जौमा रहेको पानी र अघुलनशील रेशादार पदार्थले शरीरमा कोलेस्टेरोल (बोसो) घटाउन मद्दत गर्छ । जौको…
Read More
इच्छा पूरा गरिदिने पाथीभरा देवी, पाथीभरा माताको उत्पति

इच्छा पूरा गरिदिने पाथीभरा देवी, पाथीभरा माताको उत्पति

पाथीभरा ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । विश्‍वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ ३७९४ मी.को उचाईमा अवस्थित छ । यहाँ फुङ्लिङ बजारबाट १ दिन पैदल हिँडेर पुगिन्छ । यो मन्दिरमा वर्षभरि भक्तजनहरुको घुइँचो लाग्‍ने गर्दछ । अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा (टुप्पोमा) देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम “पाथीभरा देवी” भनि श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ। ताप्लेजुङ्गका रैथाने लिम्बू समुदायहरू पाथीभरालाई “मुक्‍तुवुङ” भनेर चिन्दछन ।…
Read More
तामाको भाँडामा पानी पिउँदा यी २० रोग निको हुनेछन्

तामाको भाँडामा पानी पिउँदा यी २० रोग निको हुनेछन्

एजेन्सी । हिन्दु परम्परा अनुसार तामालाई पवित्र धातु मानिन्छ र वैदिक कार्यहरुमा तामाको भाँडालाई अनिवार्य मानिन्छ । दैनिक जिवनमा समेत तामाको गाग्रीमा राखेको पानी पिउनु उत्तम मानिन्छ र गाउँघरतिर तामाकै गाग्रीमा पानी भरेर राखिन्छ अझैपनि । यद्यपि सहरतिर पनि तामाको भाँडाको प्रयोग नभएको होइन । धार्मिक हिसाबले मात्र होइन वैज्ञानिक अध्ययनहरुले समेत तामाको भाँडामा राखेको पानी पिउनु स्वास्थ्यका हिसाबले निकै फाइदाजनक रहेको देखाएका छन् । आयुर्वेदका अनुसार तामाको भाँडामा राखेको पानी पिउँदा विभिन्न खाले रोगबाट बँच्न सकिन्छ । हरेक बिहान तामाको भाँडामा राखेको पानी पिउनुका फाइदा यस्ता छन्ः आयुर्वेदका अनुसार तामाको भाँडामा पानी खानाले तीनैवटा दोष (वात, कफ र पित्त)…
Read More
भोजपूर जिल्लाको भौगोलिक एवं एतिहासिक परिचय . . .

भोजपूर जिल्लाको भौगोलिक एवं एतिहासिक परिचय . . .

भोजपूर जिल्लाको भौगोलिक एवं एतिहासिक परिचय . . . किम्बदन्तीमा नामाङ्कन यस जिल्लाको पुरानो नाम सिद्धपुर रहेका थियो । हालको जिल्ला सदरमुकाममा अवस्थित प्रसिद्ध धार्मिक स्थल सिद्धकालीको नामबाट यस ठाउँको नामाकरण भएको ठानिन्छ । पृथ्वीनारायण शाहलको नेपाल एकिकरण अभियानका क्रममा माँझ किरात विजय गर्दै आउँदा यस ठाउँलाई कब्जा गरेको खुशीयालीमा सिद्धकाली मन्दिर मुन्तिरको टारमा ठूलो भोज लगाई खाएको हुनाले यस ठाउँको नाम भोजपूर रहन गएको भन्ने किम्बदन्ती छ । अर्को जनश्रुती अनुसार जिल्लाको उच्च पहाडी भेगको जङगलमा भोजपत्रका रुखहरु प्रशस्त पाईने हुनाले यस जिल्लाको नाम भोजपूर रहन गएको भन्ने जनश्रुती पाईन्छ । ईतिहासमा भोजपूर पाल्पाका राजा मुकुन्द सेनले पूर्वी नेपालको…
Read More
‘जाडोमा हुन सक्छ हृदयाघात’ कसरि जोगिने ?

‘जाडोमा हुन सक्छ हृदयाघात’ कसरि जोगिने ?

काठमाडौं- कुनै न कुनै कारणले हामी सबै मुटुरोगको जोखिममा छौं। पहिल्यै मुटुरोगको जोखिममा रहेकाहरूका लागि त जाडो मौसम झनै जोखिमपूर्ण मानिन्छ। जाडो मौसममा मुटुरोगबाट कसरी बच्ने ? यस विषयमा नागरिक दैनिककी पवित्रा सुनारले काठमाडौंस्थित ग्रान्डी इन्टरनेसनल हस्पिटलका मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलसँग कुराकानी गरेकी छन् : यो सेवामा लागेको कति वर्ष भयो ? विशेषज्ञका रूपमा काम गर्न थालेको मात्र सात वर्ष भइसक्यो। नेपालमा मुटुरोग बढिरहेको छ भन्ने सुनिन्छ नि ? यथार्थ के हो ? अन्तराष्ट्रिय रूपमै मुटुरोग बढेको छ। यस आधारमा नेपालमा पनि मुटुरोगीको संख्या बढेको छ। तर अहिले यसको एकिन तथ्यांक छैन। एकातिर मुटुरोग बढेको पनि हो। तर उपचार…
Read More
यति_महत्व_छ_कर्कलोको_नफालौँ_है_कर्कलोलाई …

यति_महत्व_छ_कर्कलोको_नफालौँ_है_कर्कलोलाई …

कर्कोलोलाई गाभा पनि भनिन्छ । हाम्रो खेत बारि लगायत ओसिलो जंगल वा खोला किनारमा प्रसस्तै पाइने कर्कलोको बैज्ञानिक नाम चांहि कलोकेसिया एस्कुलिन्टा हो। यसलाई अंग्रेजिमा तारो भनिन्छ। पात डाँठ र जमिन मुनि हुने जरा, जसलाई पिडाँलु, भनिन्छ तरकारिको रुपमा उपयोग हुन्छ। कर्कलोका बिभिन्न जात हुन्छन् र सबै जात खान योग्य हुदैनन्। खान योग्य जात पनि राम्रोसंग पकाउन नजाने कोक्याउने हुन्छ। कर्कलोमा धेरै प्रकरका तत्वहरु पाइन्छन् जुन हाम्रो शरिरको लागि अति उपयोगि हुन्छ। उत्तरपूर्बि एशियाको रैथाने यो तरकारि नेपाल, भारत देखि लिएर उत्तरि अमेरिका सम्म पाइन्छ। कर्कोलोमा पोटासियम, फोस्फोरस, मग्नेसियम, मङानेसे र कपर भरपुर मात्रामा पाइन्छ। यी बाहेक यसमा क्याल्सियम भिटामिन…
Read More
हाई ब्लड प्रेसर भएको ब्यक्त्तीले के खाने ? के नखाने ?

हाई ब्लड प्रेसर भएको ब्यक्त्तीले के खाने ? के नखाने ?

------------------------------------------------------------------------- हाई बीपी हृदय रोगको इशारा हुन सक्छ । डायटमा सैचुरेटिड फैट जस्तो कि मक्खन, घ्यू, तर आदि कम गर्नुस् । किनकी यसले मुटुको नली बन्द हुने खतरा बढ्छ । जति सकिन्छ, लो फैट डायट लिनुस् । – कैल्शियम, मैग्नीशियम र पोटैशियम आदि प्रचुर मात्रामा खानुस् । यो तत्व दूध, हरियो साग, सब्जीहरू, दाल, सुन्तला, स्ट्राबेरी, बदाम, केरा र सीताफल आदिमा खूब पाईन्छ । – सूप, सलाद, अमिलो फलफूल, कागती पानी, नरिवल पानी, चना, भटमास आदि खानु फाईदाजनक छ । – गाजर, बन्दागोभी, ब्रोकाउली, पालुङ्गो, कटहर, टमाटर, लहसुन, प्याज, हरियो सागपात र मौसमी फल खूब खानुस् । – पानी खूब…
Read More