दिउँसो टोक्ने लामखुट्टेबाट सर्तक हुन काठमाडौं र अन्य जिल्लालाई आग्रह रोगबाट बच्ने के कस्ता उपाय छन् ?
बिबिसी । लामखुट्ट्टेको टोकाइबाट सर्ने डेङ्गी रोग काठमाण्डू उपत्यकासहित मुलुकका विभिन्न स्थानमा देखा परेको छ। डेङ्गी भाइरसका कारण हुने उक्त रोग प्रकोपकै रूपमा फैलिन सक्ने हुँदा तत्काल सतर्कता अपनाइनुपर्ने धारणा जनस्वास्थ्यविज्ञहरूले राखेका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दिएको पछिल्लो विवरणअनुसार काठमाण्डूमा मात्र करिब एक दर्जन व्यक्ति उक्त रोगबाट सङ्क्रमित भएका छन्। तर यो विवरण राजधानीका केही अस्पतालहरूबाट सङ्कलित सूचनामा मात्र आधारित भएकाले त्यो सङ्ख्या झन् बढी हुन सक्ने अनुमान गरिएको छ। विषेशतस् उष्ण क्षेत्रमा देखा पर्ने उक्त रोग केही समययता जलवायु परिवर्तनका कारण बढ्दै गएको तापमानका कारण काठमाण्डू उपत्यका र पहाडी भूभागसहित ४५ भन्दा बढी जिल्लामा देखा परेको सरकारी अधिकारीहरू…