Sujan Rai

14 Posts
रुघाखोकीले ग्रसित हुनुहुन्छ? क्षणभरमै छुटकारा पाउन अपनाउनुस् यी घरेलु उपचार

रुघाखोकीले ग्रसित हुनुहुन्छ? क्षणभरमै छुटकारा पाउन अपनाउनुस् यी घरेलु उपचार

पछिल्लो केही दिनदेखि चिसो बढेको छ। चिसोका कारण बालबालिका, महिलादेखी वृद्धवृद्धामात्र नभइ सबै उमेर समूहका मानिसलाई विभिन्न स्वास्थ्य समस्या देखिने गर्छ। निमोनिया, दम, रूघाखोकी, टन्सिल, ब्रोन्काइटिसजस्ता समस्याबाट ग्रस्त हुने मानिसको संख्या दिनानु दिन बढ्दै गएको छ। चिसोका कारण बिरामी परेर अस्पताल र स्वास्थ्य केन्द्रहरूमा पनि प्रभावितहरूको संख्या बढिरहेको चिकित्सकहरू बताउँछन्। चिसो मौसममा सबैभन्दा बढी देखिने समस्या हो, रूघाखोकी। चिसोका कारण नाकबाट पानी बग्ने, सुक्खा खोकी लाग्ने, टाउको दुख्ने, हल्का ज्वरो आउने, घाँटी खसखसाउने, हाच्छिँउ आउने, खान मन नलाग्ने, थकाइ महसुस हुने लगायतका समस्या देखिन्छ। चिसोबाट बच्न सके रूघाखोकीबाट बच्न सहज हुन्छ। चिसोबाट बच्न र रूघाखोकीबाट छुटकारा पाउनका लागि बजारमा पाइने…
Read More
पर्यटकलाई आकर्षित गर्दै तिम्बुपोखरी

पर्यटकलाई आकर्षित गर्दै तिम्बुपोखरी

पाँचथर : पाँचथर र ताप्लेजुङको सिमानामा पर्ने तिम्बुपोखरी पर्यटकीय स्थलको रुपमा परिचित छ। पोखरीमा पछिल्लो समय घुम्न जाने पर्यटकको संख्यामा समेत वृद्धि हुन थालेको छ । लेकाली स्थान तथा मानवीय गतिविधि कम हुने हुँदा फूल फुल्ने दुई महिना तिम्बुपोखरी जाने उचित समय मानिन्छ। बर्सेनि कठिन भूगोल छिचोलेर यहाँ पुग्नेको संख्या उल्लेख्य हुन्छ। हिमाली क्षेत्रमा पर्ने तिम्बुपोखरी आफैँमा सुन्दर छ। तिम्बुसँगै जोडिएका अन्य ठाउँ पनि आकर्षक छन्। चट्टानयुक्त पहाडले घेरिएको तिम्बुपोखरी आकर्षक छ। समुद्र सतहदेखि चार हजार ४८० मिटरको उचाइमा रहेको उक्त पोखरीले धार्मिक महत्त्व पनि बोकेको छ। यसलाई विष्णुपोखरीसमेत भनिन्छ। यहाँ पूजा गर्न जानेहरु प्रशस्तै भेटिन्छन्। तिम्बुपोखरीसँगै हिमाली र उच्च…
Read More
सुन्दर उदयपुर_रौतामाई : जहाँबाट हेर्न सकिन्छ तराईका फाँट र हिमालका मनोरम दृश्य

सुन्दर उदयपुर_रौतामाई : जहाँबाट हेर्न सकिन्छ तराईका फाँट र हिमालका मनोरम दृश्य

उदयपुर जिल्लामा पर्यटकीय क्षेत्रको उच्च सम्भवान भए पनि लाभ लिन सकेको छैन। पर्यटनलाई आम्दानीको मुख्य स्रोत बनाउने उद्देश्यले रौतामाई गाउँपालिकाले गुरुयोजना बनाउन गाउँपालिकामा रहेका धार्मिक तथा ऐतिहासिक महत्त्वको पर्यटकीय क्षेत्रको भिडियो र फोटो ड्रोन क्यामेराले खिचेर सम्भाव्यता अध्ययन सुरु गरेको हो। आम्दानीको मुख्य स्रोत पर्यटन क्षेत्रलाई बनाए मात्र समग्र गाउँपालिका अार्थिक रुपमा बलियो हुने भएकाले गुरु योजना बनाउन लागिपरेको रौतामाई गाउँपालिका–२ का वडाध्यक्ष खविन्द्र ठकुरीले बताए। ‘रौतामाईमा आन्तरिक तथा बाह्य पर्यटक ल्याउन सकिने क्षेत्र हो,’ उनले भने, ‘यहाँको स्थानीय उत्पादन, यहाँका धार्मिक, प्राकृतिक सुन्दरता र स्थानीय संस्कार संस्कृतिलाई समेटेर गुरु योजना बनाउन लागिपरेका छौं।’ गाउँपालिकाभित्र धार्मिक, प्रकृतिक, कृषि, पर्यटन क्षेत्रको…
Read More
यी हुन् तोरीको तेलका उपयोगी फाइदा

यी हुन् तोरीको तेलका उपयोगी फाइदा

तोरीको तेल खासगरी भारत, रोम र ग्रिसमा हजारौं वर्षदेखि लोकप्रिय रहँदै आएको छ । सबैभन्दा पहिले यो ३ हजार बीसीमा भारतमा खेति गरिएको अनुमान गरिएको छ । दार्शनिक हिप्पोक्रेटसले तोरीका दानालाई केही निश्चित खालका औषधि बनाउन प्रयोग गर्थे । रोमनहरुले यसलाई रक्सी बनाउन प्रयोग गर्थे भने ग्रिकका प्रख्यात गणितज्ञ पाइथागोरसले बिच्छीले टोकेको उपचारमा प्रयोग गर्थे । यसका साथै तोरीको तेल भारत तथा नेपालमा खाना पकाउन प्रयोग हुँदै आएको छ । तोरीको तेलमा ६० प्रतिशत मोनोस्याचुरेटेड फ्याट (मुफा), २१ प्रतिशत पोलीअनस्याचुुरेटेड फ्याट (पुफा) र १२ प्रतिशत स्याचुुरेटेड फ्याट पाइन्छ । यी फ्याटी एसिडलाई असल फ्याट भनिन्छ । यी चिप्लो पदार्थ मुटुको…
Read More