“राई” शब्द पृथ्वीनारायण शाहले दिएको पद होइन किताबढुँगाबाट यस्तो तथ्य खुलेको छ- पृथ्वीनारायण शाहले माझकिरात जितेपछी किरातीहरुलाई राईको पदवी दिएका थिए भन्ने गलत साबित भएको छ । किनभने, त्योभन्दा अगाडि बि. सं. १८०४ मा मृत्यु भएको मझुवा गढिका राजा रणविर राईको सन्तानले बनाएको चौताराको किताबढुँगामा रणविर राई र आमा आफ्नी राईनी भनेर उल्लेख गरिएको छ । जबकि, पृथ्वीनारायण शाहले माझकिरात जितेको वि. सं. १८२९ मा मात्र हो । यसले गर्दा ‘राई’ पदवी नभएर किरातहरुले राजाको रुपमा नै राई शब्द प्रयोग गरेको पाइन्छ । राई शब्द राजाबाटै उत्पन्न भएको हो । यो पदवी खम्बुवानमा आधिपत्य भएपछि पृथ्वीनारायण शाहबाट खम्बु प्रमुखलाई दिएको थियो भनिन्छ तर त्यसभन्दा अघि पनि पुर्व नेपालका सेन शासकहरुले त्यस प्रकारको सम्बोधन गरेका थिए ।
माथिका तथ्य अनुसार “राई” शब्दको प्रयोग राजालाई बुझाउन प्रयोग भएको पाइन्छ । किताबढुँगामा रबविर राई उल्लेख हुनुले रणविर राई मझुवागढीका राजा थिए भन्ने प्रमाणित हुन्छ । यसर्थ मझुवागढी किरात स्वशासित क्षेत्रको केन्द्र थियो । र, त्यहा भएका दरवार भएको भग्नावशेष अहिले पनि भएको हुँदा मझुवागढी एउटा महत्वपूर्ण ऐतिहासिक स्थल भएकोमा दुईमत हुन सक्दैन ।
मझुवा गढिको ऐतिहासिक आधार:
क ) इतिहासकार एबम स्थानियका अनुसार मझुवा गढिको स्थापना आजभन्दा करिब ३०० बर्ष अगाडि तत्कालीन किरात राजा रणविर हाङले गरेका हुन भन्ने अध्यायनले देखाएको छ । यिनै राजा रणविर हाङका सन्तानहरु लाफेहँछा हुन । यहि लाफेहँछा पाछाबाट लफ्याङ गाउको नाम राखिएको पाइन्छ । यसैको आधारमा गाबिसको नाम नै लफ्याङ भएको स्थानीय बुढापाकाहरुको भनाई छ ( साबिक दिक्तेल नगरपालिका वडा नं. १०,११,१२ ) । मझुवा गढी तत्कालीन माझकिरातको अति उत्तम सामरिक महत्वको ठाउँ भएकोले यसलाई सातसय मझुवा पनि भनिन्थ्यो । यसको अर्थ मझुवा गढिको आसपासका सातसय क्षेत्र मझुवा गढिको शासनमा चलेको थियो । यसैले मझुवा त्यसको केन्द्र्बिन्दु भएको देखिन्छ । स्थानीयबासीका अनुसार यो सामन्य गढी मात्र नभएर राजधानीजस्तै महत्वपूर्ण मानिएको थियो । नेपाल खाल्डोमा ३२ पुस्ता शासन गरेपछि किरातहरु पुर्वतर्फ सिमित भएका थिए । काठमाडौबाट ( तत्कालीन नेपाल ) बिस्थापित भएपछि किरातहरुले पुर्वमा स्थानीय ( प्रादेशिक ) राज्य स्थापना गरेका हुन कि, त्यसपुर्व पनि थियो ? यसबारे गोपालराजबंशावली र अन्य भाषा बंशावलीहरु केहि पनि बताउदैनन् । तर मानदेबको चाँगुनारायणको चर्चित अभिलेखले लिच्छविकालको सुरुतिरै किरातहरुको स्थानीय राज्य थियो भन्ने देखाउछ । पुर्वमा कोशी क्षेत्रको इतिहास लामो छ – कोशी क्षेत्रको पहाड खण्डमा सातौं सताब्दी देखिनै किरातीहरुको समुहगत क्षेत्र थियो ।
इतिहासकार ज्ञानमणी नेपालका अनुसार बि. सं. ५२२ भन्दा केही अघि राजा मानदेबले त्यहाका किरातहरुलाई आफ्नो अधिनस्थ तुल्याएका थिए । बि. सं. १८२९ मा माझकिरात पृथ्वीनारायणले जित्नुअघि माझकिरात किराती राजा सेनहरुको नाम मात्रका अधिनस्थ थिए र तिनीहरुका स्वशासित क्षेत्रहरू थिए । यतिमात्र होइन किरातीहरुले मकवानपुरको सेन बंशिय राज्यमा बंशाणुगत चौतारीया ( प्रधानमन्त्री ) पद समेत सम्हालेका थिए । बि. सं. १८२९ मा पृथ्वीनारायण शाहले पठाएको फौजले माझकिरात जितेको समयमा मझुवा गढिमा पनि आक्रमण गरि बिजय गरेको र आक्रमणमा प्रयोग भएका हातहतियार मझुवा गढिको उत्तरपुर्वमा रहेको कुवामा ( हाल दिक्तेल बजारको हाटडाँडाको पुर्वतर्फ ) धोएको हुँदा यस क्षेत्रका किरात राईहरुले हालसम्म पनि त्यो कुवाको पानी नखाएको स्थानीय शिक्षक जसराज किरातीको भनाई छ । मझुवा गढिमा आक्रमण भएको इतिहासकार बाबुराम आचार्यले उल्लेख गरेका छन । पृथ्वीनारायण शाहले रामकृष्ण कुँवर र अमरसिंह थापालाई बिक्रम सम्बत १८३० माघ १ गते पठाएको चिट्ठिमा लेखेका छन- “मझुवा, कुलुम महादिग्ला पौवामा बैरीलाई काट्यौं” । पृथ्वीनारायण शाहले मझुवा गढी जित्नु अघि बि. सं. १८०४ सम्म लाफेहँछाका पुर्ख रणविर राई मझुवा गढिका राजा थिए भन्ने किरातीहरुको सस्कृतीअनुसार बनाइएको चौतारामा राखिएको किताप ढुँगा / शिलालेख हालै गरिएको अध्ययनको क्रममा फेला परेको छ । किरात राई यायोक्खा खोटाङका पुर्व अध्यक्ष तथा स्थानियबासी प्रश्नराज राईले दिएको सुचनाको आधारमा यो लेखको खोजकर्ता हालको दिक्तेल नगरपालिका वडा नं. १२ ( दिक्तेल नगरपालिका बन्नु अघि लफ्याङ गाबिस वडा नं. ६ ) पुरानो गाउमा पुगेर चौतारामा राखिएको अबस्थाको किताबढुङ्गा पाइएको छ । उक्त किताबढुँगाको भाषा प्राचीन खस-नेपालीमै छ ।
यस शिलालेखको आधारमा “आजभन्दा तिनसय बर्ष अगाडि रणविर राई मझुवा गढिका राजा थिए” भन्ने पुष्टि भएको छ ।
रणविर राईका १३ पुस्ताका सन्तान लफ्याङका राजेन्द्र राईका अनुसार उनका पुर्खा रणविर राई मझुवा गढिका राजा थिए । पुर्खाहरुबाट भन्दै आइएको यो भनाईबाट पनि मझुवा गढिको राजा रणविर थिए भन्ने प्रष्ट बुझिन्छ । लफ्याङ र दिक्तेलमा प्रचलित जनश्रूति अनुसार मझुवा गढी नजिकै रहेको बुढेश्वरगुफा पत्ता लगाउने पनि यिनै रणविर राईबाट भएको र उक्त गुफाको पुजाआराधणा गर्ने अधिकार उनका समकालीन बिरन्ची आचार्यलाई दिएका थिए । रणविर हाङका सन्तान प्राध्यापक डा. नोवलकिशोर राई लाफेहँछाका अनुसार “नौपुस्ता अगाडिको आमाको गर्भमा रहेको पुर्खा, पृथ्वीनारायण शाहको आक्रमणबाट बाँच्नको लागि आमा भागेपछी जन्मेका थिए” । र, प्रा. डा. राईको पुर्खाहरु इलाममा बसेका थिए । यस कुराबाट पनि मझुवा गढिका शासक रणविर राई थिए भन्ने प्रष्ट हुन जान्छ । प्राप्त किताबढुँगाबाट यस्तो तथ्य खुलेको छ- पृथ्वीनारायण शाहले माझकिरात जितेपछी किरातीहरुलाई राईको पदवी दिएका थिए भन्ने गलत साबित भएको छ । किनभने, त्योभन्दा अगाडि बि. सं. १८०४ मा मृत्यु भएको मझुवा गढिका राजा रणविर राईको सन्तानले बनाएको चौताराको किताबढुँगामा रणविर राई र आफ्नी रायनी भनेर उल्लेख गरिएको छ । जबकि, पृथ्वीनारायण शाहले माझकिरात जितेको वि. सं. १८२९ मा मात्र हो । यसले गर्दा ‘राई’ पदवी नभएर किरातहरुले राजाको रुपमा नै राई शब्द प्रयोग गरेको पाइन्छ । राई शब्द राजाबाटै उत्पन्न भएको हो । यो पदवी खम्बुवानमा आधिपत्य भएपछि पृथ्वीनारायण शाहबाट खम्बु प्रमुखलाई दिएको थियो भनिन्छ तर त्यसभन्दा अघि पनि पुर्व नेपालका सेन शासकहरुले त्यस प्रकारको सम्बोधन गरेका थिए ।
माथिका तथ्य अनुसार “राई” शब्दको प्रयोग राजालाई बुझाउन प्रयोग भएको पाइन्छ । किताबढुँगामा रबविर राई उल्लेख हुनुले रणविर राई मझुवागढीका राजा थिए भन्ने प्रमाणित हुन्छ । यसर्थ मझुवागढी किरात स्वशासित क्षेत्रको केन्द्र थियो । र, त्यहा भएका दरवार भएको भग्नावशेष अहिले पनि भएको हुँदा मझुवागढी एउटा महत्वपूर्ण ऐतिहासिक स्थल भएकोमा दुईमत हुन सक्दैन ।
ख ) एकीकरणको मझुवागढी :
स्थानियबासी बबि चाम्लिङका अनुसार मझुवागढी राणाकालीन समयको प्रशासनिक निकाय “मझुवाथुम” थियो । यश थुमभित्र लफ्याङ, खाल्ले, बाम्राङ, दिक्तेल, नेर्पा, दोर्पा र लामाखु पर्दथे । बि. सं. १९६८ को राणाकालीन प्रशासनिक ब्याबस्थाअनुसार खोटाङ बजारमा रहेको इलाका अदालत अन्तर्गत मझुवा थुमलाई राखियो । . गढीको भौतिक अबस्था:
संरक्षणको अभावमा मझुवागढिको मुख्य भाग खुम्चदै गएको छ । हालै गरेको स्थलगत अवलोकनको क्रममा गढीको मुख्य भागको नापजाँच गर्दा लम्बाई १३० मिटर मात्र रहेको छ । यो दुरी नर्सिङ्गे ढुँगादेखी दरवारको भग्नावशेषबाट बारुदढुँगासम्मको हो । गढीको मुख्य भागमा दरवारको भग्नावशेषको रुपमा १० मिटर लम्बाई र ७ मिटर चौडाइको ढिस्को छ । दरवारको आकार प्रकार कस्तो थियो भन्ने चाहिँ प्रष्ट हुदैन । मुख्य दरवारको उत्तरतर्फ दरवार भएको ढिस्कोदेखी ४५ मिटरको दुरीमा अर्को सुरक्षाकर्मी बस्ने भनिएको अर्को भग्नावशेष छ । यसको लम्बाइ १८ मिटर र चौडाई १२ मिटर छ । गढीको समग्र चौडाई चाहिँ सागुरिदै गएको छ । गढीको चौडाई २०-२५ मिटरसम्मको छ । सशस्त्र प्रहरी बलको क्याम्प २०६८ सालमा गढिको पुर्वी मोहडामा बसेपछि गढीको क्षेत्रफल घटेको छ ।
गढीको सुरक्षाकर्मी बस्ने भनिएको उत्तरतर्फ ३०-४० मिटरको लम्बाई र ३ मिटर चौडाईको एउटा दुवैतर्फ खोल्सी परेको देखिन्छ । त्यसलाई गढिको सुरक्षा गर्न र लडाइँको बेला लुकेर हतियार चलाउने ट्रेन्च ( नाली ) छ । त्यस्तै पश्चिमतर्फ पनि ३० मिटर लम्बाई र ३ मिटर चौडाईको नाली छ । दरवारको दक्षिण पश्चिमतर्फको नाली र पुर्बतर्फको नाली चाहिँ पुरिएर नचिनिने अबस्थामा छ । गढिको मुख्य भागको उत्तर देबिस्थान मन्दिरतर्फ ३०० मिटरको दुरीमा तारा खसेको खाल्डो छ । अहिले पनि यो गोलो आकारको खाल्डो प्रष्टसंग देखिने तत्कालीन बङ्कर हो भन्ने देखिन्छ । त्यसैगरी गढिको दक्षिण-पश्चिम करिब हेर्दा २५० मिटरको दुरीमा रागा आहाल चाहिँ पुरीसकेको छ । यसरी हेर्दा देबिस्थान छेउको बङ्करदेखी गढिको मुख्य भागसमेत र रागा आहालसम्मको जम्मा दुरी करिब ६०० मिटर हुन आउँछ । यो गढिको बृहत् क्षेत्र हो । गढिको पश्चिमतर्फ केही भिरालो भागमा जंगल र पुर्बी मोहडामा सशस्त्र प्रहरी बलको क्याम्प छ । सशस्त्र क्याम्प बसेपछि गढिको पुर्व मोहडको भाग ओगटिएको छ । गढिमा गएर अवलोकन गर्दा गढी क्षेत्रलाई दुईभागमा बाँडेर हेर्न सकिन्छ । गढीको मुख्यभाग सिमित रहेको छ भने बाहिरी भागले धेरै क्षेत्रफल ओगटेको छ । मझुवागढिको मुख्यभागमा उभिएर हेर्दा पुर्वमा टेम्केडाँडा हुँदै रतन्छा, खिदिमा, मात्तिम, बाँझे-च्यानडाँडा, लामाखु, दोर्पा लगायतका गाउहरु छर्लङै देखिन्छन भने दक्षिणतर्फ याम्खा, टेम्मा, बतासे र उदयपुरको केही क्षेत्रहरु देखिन्छन । पश्चिमतर्फ बुईपा हुँदै हलेसी र क्षितिजमा टाढासम्म थुप्रै पहाडका श्रृङखलाहरु देख्न सकिन्छ । गढिको उत्तरतर्फ रुपाकोट, नुनथला हुँदै हिमाली श्रृङखलाहरु देखिन्छन । यो गढी धेरै डाँडाहरुको बिचभागमा रहेकोले मझुवा भनिएको भनाई सत्य रहेको अनुभव हुन्छ ।
४. गढीप्रति राज्यको चासो :
बिगत लामो समय एकात्मक केन्द्रीकृत शासन ब्यबस्था चलेको कारण किरात राईहरुसंग सम्बन्धित ऐतिहासिक गढिप्रती राज्य पूर्णत : उदासिन देखिन्छ । राज्यले ऐतिहासिक सम्पतिको संरक्षण सम्बर्द्धन गर्नुपर्नेमा उल्टै अतिक्रमण गरि यस्ता ऐतिहासिक धरोहरहरुको अस्तित्व नामेट गर्नसमेत तितोसत्य समेत हामीले भोगेका छौं । तर, किरात समुदाय, स्थानीयबासी, विभिन्न संघसंस्था एबम सन्चार माध्यमले मझुवागढिको संरक्षणमा महत्वपूर्ण योग्दान गरेका छन । आर्थिक बर्ष २०७३/७४ मा दिक्तेल नगरपालिकाले मझुवागढी क्षेत्रको बृहत गुरुयोजना बनाउने काम सम्पन्न गरेको छ । मझुवागढीको ऐतिहासिक स्थललाई कुनै असर नपार्नेगरी तयार पारिएको गुरुयोजना निर्माणमा संलग्न पत्रकार डम्बरसिं राई हम्रुङको भनाई छ । विभिन्न निकायबाट बिनियोजित बजेट तथा कार्यक्रमहरु यसै गुरुयोजनाको आधारमा मात्र लागू गराइने दिक्तेल नगरपालिकाका कार्यकारी अधिकृत अनिल किरातीको भनाई छ ।
सशस्त्र प्रहरी बलको क्याम्पले मझुवागढीको अस्तित्व नामेट हुने भन्दै त्यसको संरक्षण र पर्यटन बिकास गर्न २०६७ सालमा स्थानीयबासी बबि चाम्लिङको अध्यक्षतामा मझुवागढी संरक्षण तथा पर्यटन बिकास समिति पनि बनेको छ । यसैगरी २०६७ मंसिरमा खोटाङ बिजयखर्कका किरात चाम्लिङ भाषा, सस्कृती र इतिहासका खोजकर्ता तथा लेखक टंक बहादुर राईको नेतृत्वमा गढिको अवलोकन तथा दिक्तेलमा एक कार्यक्रम गरि बढी अतिक्रमणको बिरोध गरेको थियो । यस्तै प्राध्यापक डा. नोवलकिशोर राई, जितपाल किराती लगायत बरिस्ठ किरात ब्यक्तित्वहरुले मझुवागढीको संरक्षण र सशस्त्र प्रहरी बल राखिएको प्रती बिरोध गर्न गढीमै कार्यक्रम गरिएको थियो । त्यस कार्यक्रमको प्रत्यक्ष प्रशारण स्थानिय रुपाकोट रेडियोले गरेको थियो । त्यस्तै स्थानिय रुपाकोट पत्रीका लगायत बिभिन्न्न सञ्चार माध्यमहरुले गढी अतिक्रमण बारेमा समाचार तथा लेखहरु प्रकाशन गरेका थिए । यस्ता थुप्रै प्रयास र दबाबका कारण मझुवागढिको मुख्यभाग जोगिएको छ । तर गढिको पुर्बी मोहडा भने सशस्त्र प्रहरीबाट गुमाइएको छ ।
किरात राईहरुको मात्र होइन, मझुवागढीको संरक्षण गर्नु राज्यको दायित्व हो । हालसम्म भएको मझुवागढीको संरक्षणले पर्यटन बिकासलाई अगाडि बढाएको छ । हरेक बर्ष बैशाखे पुर्णिमाको दिन उभौली पर्वको अबसरमा किरात राईहरुले साकेला सिलि यहि गढीबाट गर्ने गरेका छन । गढीको संरक्षणले खोटाङ जिल्लामै आर्थिक बिकास र सस्कृतिको बिकासमा टेवा पुगेको छ ।
६. निष्कर्ष र सुझाव :
किरातहरुको इतिहास, सस्कृती, सभ्यता तथा पुरातत्व र पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थलहरु मध्ये मझुवागढी एक ऐतिहासिक थलो हो । देशकै पुरातात्विक महत्वका बिषय भएकोले यसको संरक्षण गर्नु राज्यको दायित्व हो । मझुवागढीको बारेमा थप तथ्य र प्रमाणहरुको लागि पुरातात्त्विक बिभग एबम पुरातत्वशास्त्रीहरुले अध्यनलाई ब्यबस्थित रुपमा अगाडि बढाउनुपर्ने देखिन्छ ।
(थुप्रै बेखबर किरात क्षेत्रका गढीहरुबारे उत्खनन गर्ने पुस्तकमा उल्लेख गरिएमध्ये एउटा गढी “मझुवा गढी” लाई मैले यहाँ सम्प्रेषण गर्दा “किराती गढी : मझुवागढी” भनेर शिर्षक दिएको छु । सानो ग्याजेटले टाइप गर्दा केही शब्दहरु छुट्ने वा गलत हुनसमेत सक्ने साथै पुस्तकमा समाबेश गरिएका तस्विरहरु खिचेर समाबेश गर्दा कमबेस फरक पर्न गएमा क्षमा चाहन्छु – रकम चाम्लिङ)
साभार गरिएको कृती : किरात क्षेत्रका गढी ( स्थलगत अध्ययन र ऐतिहासिक कागजपत्रहरु )
सम्पादक : भोगिराज चाम्लिङ / डा. तारामणि राई
Facebook Comments
Related Stories
October 29, 2020
August 21, 2020