“राई” शब्द पृथ्वीनारायण शाहले दिएको पद होइन
“राई” शब्द पृथ्वीनारायण शाहले दिएको पद होइन किताबढुँगाबाट यस्तो तथ्य खुलेको छ- पृथ्वीनारायण शाहले माझकिरात जितेपछी किरातीहरुलाई राईको पदवी दिएका थिए भन्ने गलत साबित भएको छ । किनभने, त्योभन्दा अगाडि बि. सं. १८०४ मा मृत्यु भएको मझुवा गढिका राजा रणविर राईको सन्तानले बनाएको चौताराको किताबढुँगामा रणविर राई र आमा आफ्नी राईनी भनेर उल्लेख गरिएको छ । जबकि, पृथ्वीनारायण शाहले माझकिरात जितेको वि. सं. १८२९ मा मात्र हो । यसले गर्दा ‘राई’ पदवी नभएर किरातहरुले राजाको रुपमा नै राई शब्द प्रयोग गरेको पाइन्छ । राई शब्द राजाबाटै उत्पन्न भएको हो । यो पदवी खम्बुवानमा आधिपत्य भएपछि पृथ्वीनारायण शाहबाट खम्बु प्रमुखलाई दिएको…