पूर्वी नेपालको भोजपुर जिल्लामा पर्ने दिल्पा गाउँ ।

दिल्पा गाउँ पूर्वी नेपालको मात्र नभएर नेपाल मण्डलकै निम्ति उल्लेखनिय छ । नागी र अन्नपूर्ण नामको दुई गाविस यहि गाउँमा पर्दछ । नेपाल एकिकरण ताका यहाँको ‘गढिटार’ भन्ने स्थलमा ‘लाजाहाङ’ नामका राजाले राज्य गर्दथे । त्यसबेला पूर्वी किरात क्षेत्रमा साना साना किरात राज्यहरु थियो । ती राज्यहरुलाई गोर्खाले आक्रमण गरी आफूमा मिलाउने क्रममा यहाँका राजा ‘लाजाहाङ’ लाई पूर्व सिक्किमसम्म खेद्न नछोडेको कुरालाई यहाँका बासिन्दाहरुले अझै सम्म ताजै राखेका छन् । उता पूर्व तिर पुगेका लाजाहाङका सन्तानहरुले पनि आफना पूर्वजले राज्य तथा राज्यको धर्म संस्कृतिको रक्षाको निम्ति गरेको युद्ध कथालाई ताजै राखेका छन् ।

पछि बिक्रम सम्वत २००७ को जनक्रान्तिमा पनि यस गाउँको उल्लेखनिय भुमिका रहेको छ । त्यस बेला यस गाउँमा पर्शुराम राई, बालाजित राई, मखान सिंह राई, समान सिंह राई, सरदार दलजीत राई, थाम प्रसाद राई, कुविरमान राई जस्ता केही ब्याक्तिको बोल्बाला थियो । सरदार दलजीत राई उबेला त्रियुगा नदीमा नहर निर्माण गर्ने ब्याक्ती भएकाले उल्लेखनिय ब्याक्तिमा पर्नुहुन्थ्यो । त्यस बेला थुप्रै जागरुक तथा जुझारु ब्याक्तिहरु त्यस जनक्रान्तिका योद्धा भएर राणा शासन बिरुद्धको अभियानमा पूर्व सर गर्दै उपत्यकासम्म आएका थिए । ती जागरुक र जुझारु योद्धाहरु मध्य एक हुनुहुन्छ दिल्पा पाटी गाउँका बल बहादुर राई ।

पछिल्लो कालमा यस गाउँले थुप्रै विशिष्ट ब्याक्तिहरुलाई जन्म दियो । उहाँहरुको राष्ट्रको शिक्षा, प्रशासन, कला, अर्थ, साहित्य आदिको क्षेत्रमा विशिष्ट योग्दान रहेको छ। पञ्चायत कालका बाग्मती अञ्चलको शक्तिशाली अञ्चलाधीश मकर बहादुर बान्तावा यसै गाउँको माटोमा हुर्कनु भएको हो । प्रहरी सेवाका भूपू AIG रामकाजी बान्तावा, भूपू DIG ज्ञानेन्द्र राज राई, कार्यरत AIG दुर्ज कुमार राई, भूपू SP प्रताप बान्तावा र कार्यरत DSP नविन राई यहींका हुनुहुन्छ । नेपाली सेनामा सेनानी गङ्गा राज राई र सह सेनानी नवीन राईले यसै गाउँलाई प्रतिनिधित्व गर्नुहुन्छ । प्रशासन क्षेत्रमा भूपू CDO प्रेम बान्तावा, भूपू उपसचिव महेन्द्र बान्तावा, माननीय जिल्ला न्यायाधीश इन्द्र चोङ्तेली, विशेष सरकारी वकिल कार्यालयकी अधिकृत कल्पना राईले पनि यसै गाउँलाई प्रतिनिधित्व गर्नुहुन्छ । यस्तै उच्च ओहदामा पुग्ने यहाँका ब्याक्ति मध्ये चक्रप्रसाद रेग्मीको नाम नलिई रहन सकिदैन ।

साहित्य क्षेत्रका श्रवण मुकारुङ र राजन मुकारुङ परिचय गराई राख्नु नपर्ने ब्याक्तिहरुमा पर्नुहुन्छ । प्रज्ञा पुरस्कार, मदन पुरस्कार आदि राष्ट्रिय पुरस्कार द्वारा सम्मानित उहाँहरु नेपालका सशक्त साहित्यकारहरु हुनुहुन्छ । पुरस्कार र कदरपत्र भित्र समेट्न नसकिने उहाँ श्रष्टाहरुको आफ्नै विशिष्ट लेखकिय सौन्दर्य, शिल्प र गुरुत्वाकर्षण छ । सङ्गीत र गायनको क्षेत्रमा त यो गाउँलाई केन्द्र नै मान्न सकिन्छ । भिषण मुकारुङ, पारस मुकारुङ, आभा मुकारुङ, बुलु मुकारुङ, वसन्त मुकारुङ र अन्य कैयौं स्थापित तथा उदियमान कलाकारहरुले यहींको माटो, पानी, प्राकृतिक सौन्दर्य र सांस्कृतिक निधीहरुलाई संगीत र गायनको माध्यमले लोकमा ख्याती प्रदान गरिरहनु भएको छ । सारङगी वादन र जनवादी गीतहरुको गायन द्वारा अमिट छाप छाड्ने शेषा हाङ राई बिदेशमा रहने भए पनि सम्झनामा आइरहने ब्याक्ती भित्र पर्नुहुन्छ ।
राजनीतिको क्षेत्रमा भूपू स. मन्त्री हेम राज राई, सांसद जयन्ती राई, प्रखर बक्ता नेता अजम्बर काङ्माङ, पञ्चायतकालको भूमिगत कम्युनिष्ट विद्यार्थी नेता राम सिंह राई र बिराट्नगर उपमहानगरपालिकाका पूर्व उपमेयर भूराज राई उल्लेख्निय हुनुहुन्छ । ‘किरात राई बिद्यार्थी संघ’ का संस्थापक सभापति तथा अखिल क्रान्तिकारीको तत्कालिन सचिवालय प्रमुख नविन राई राजनैतिक क्षेत्रका उज्वल नक्षत्र थिए । दुर्भाग्यबस राज्यद्वारा बेपत्ता पारिदा अपुरणिय क्षति भएको छ । नेपाली काङ्ग्रेसका तर्फबाट संविधान सभाको लागि उम्मेदवारी दिने धर्म राज राई र नन्दमणि राई यहिका हुनुहुन्छ । नेबिसं केन्द्रीय सदस्यद्वय बिनोद बान्तावा र शक्ति राज राई पनि यसै गाउँका हुनुहुन्छ । समाजसेवामा समर्पित दिल्पालिहरुको नाम उल्लेख गर्ने हो भने त लामै लहरो देखा पर्दछ । 
नेपालको शिक्षाक्षेत्रमा अग्रणी भूमिका राख्ने युनाइटेड एकाडेमी यहीँका उपप्राध्यापक डा. कविराज बान्तावा र नरहाङ राईद्वारा संचालित संस्था हुन् । त्यसै गरी स्थापना भए पछिको छोटो अवधिमा नै शिक्षा क्षेत्रमा उपत्यकामा विशिष्ट परिचय बनाउन सफल लिभरपूल इन्टरनेशनल कलेजका संस्थापक संचालक निमा हाङ बान्तावा यहिका मध्य पर्नुहुन्छ । यस्तै गरी उपप्राध्यापक ज्ञानमणि अधिकारी र भोजपुर बहुमुखी क्याम्पसका प्रमुख हेमन्त राई शिक्षा क्षेत्रमा उल्लेखनिय हुनुहुन्छ । अन्यमा उपत्यकाका ग्रामर कलेज, बृटिश गोर्खा कलेज जस्ता कलेजहरुका संचालक सदस्यहरु यहींका हुनुहुन्छ । स्मरणीय छ बिक्रम सम्वत २०६९ सालको एस एल सी परीक्षामा नेपाल प्रथम (९३.८६%) हुने अषिम घिमिरेको परिवार केहि अघिसम्म यहीँ थलोमा रहन्थे । उनी हाल काठमाण्डु नयाँ बानेश्वर स्थित लिभरपूल इन्टरनेशनल कलेजमा अध्ययनरत छन् ।
बैकिङ तथा बित्तिय क्षेत्रका विभिन्न बैंक, फाइनान्स कम्पनी, सहकारी आदिमा लगानी निरन्तर बढ्दो छ । संस्थापक शेयरहोल्डर, साधरण शेयर होल्डर र दोश्रो शेयर बजारको लगानीकर्ता भै लगानी गर्ने क्रम बढ्दो छ । व्यापार तथा उत्पादनमुखी लगानीले समाजको पहुँचलाई निश्चित गर्दै लैजान्छ भन्ने तथ्य प्रति यहाँका मानिसहरु चनाखो हुँदै गएको पाउदछौ । दिल्पाली मानिसहरुले लगानी गरी संचालन गरेको बैंक तथा फाइनान्स क्षेत्रका संस्थाहरुमा केहिको नाम लिनु पर्दा गोर्खा बिकास बैंक, गोर्खा मिलेनियम बचत तथा ऋण सहकारी, सगरमाथा मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, शुभबिहानी बचत तथा ऋण सहकारी, आन्काओ बचत तथा ऋण सहकारी आदिको लिनु सकिन्छ । यी लगायत दिल्पालीहरुद्वारा संचालित अन्य कैयौं अनौपचारिक सहकारीहरु उपत्यकामा छन् । यस दिल्पा गाउँमा मूल रुपमा बसोबास गर्ने रुङमाङछा, एवैछा, काङ्माङ्छा, मुकारुङ, रुच्छेनबुङ, माङ्पाङ आदि राईका बङ्शजद्वारा संचालित सहकारिहरु काठमाण्डौ उपत्यकामा थुप्रै छन् । पारस्परिक हातेमालो र सांगठनिक एकताबाट मात्र सामाजिक तथा आर्थिक उन्नती गर्न सकिन्छ भन्ने कुरा प्रतिको सजगता बढ्दो छ ।

(यहाँ उल्लेख गर्नु पर्ने धेरै ब्याक्तिहरु हुनुहुन्छ । उहाँहरूको नाम यहाँ उल्लेख नगरिएकोमा क्षमा पार्थी छु ।)

निनामहाङ वान्तवा

Facebook Comments

Related Posts

बेला बखतका कुरा- डा. जगमान गुरुङ

बेला बखतका कुरा- डा. जगमान गुरुङ आज २०७७ भदौ १२ गते, शुक्रवार। जेठ, असारमा बाडि आएर खोला बढे पछि आफ्नो अस्तित्त्व जोगाउन माछाहरु ठूलो खोलाबाट ठाडो खोलातिर लाग्दछन्।त्यसकारण जेठको निख्लदोदेखि…

Province no 1 name entitled ‘Kirant’ प्रदेश नो १ को नाम किराँत अधिकारिक र उपयुक्त हो।

Kirant is an ancient people with flourishing traditional and cultural era. Property elevate poverty so it is better to keep name Kirant Province than Koshi and Sagarmatha. Because there are…

You Missed

स्वास्थ्यका लागि उपयोगी तीतेपाती र ज्वानो

स्वास्थ्यका लागि उपयोगी तीतेपाती र ज्वानो

भिटामिन झोल र चक्की किनेर खानु पैसाको बर्बादी मात्र ?

भिटामिन झोल र चक्की किनेर खानु पैसाको बर्बादी मात्र ?

पृथ्वीनारायण शाहको पालामा सिन्धुलिको लडाइँमा अंग्रेजलाई परास्त गर्ने सिकारीको सर्दार बंसु गुरुङ-वंशु गुरुङ- बंस गुरुङ- वंस गुरुङ वा वंश गुरुङ को थिए ?

Gufa Pokhari, Tinjure and Menchhayem hill

Gufa Pokhari, Tinjure and Menchhayem hill

यसरी किरात/बौद्ध र हिन्दुहरुले आ-आफनै संस्कृति अनुसार संयुक्त रुपमा तिहार मनाऊन सकिन्छ

  • By RAISUJAN
  • November 15, 2020
  • 28 views
यसरी किरात/बौद्ध र हिन्दुहरुले आ-आफनै संस्कृति अनुसार संयुक्त रुपमा तिहार मनाऊन सकिन्छ

किरात खालिङ राई र चुला

किरात खालिङ राई र चुला
error: Content is protected !!