राईहरू कहिलेदेखि लिम्बू भए ?
काजीमान कन्दङ्वाकाे याे लेख सान्दर्भिक लागेकाले हामीले यस सार्वजनिक डटकममा जस्ताकाे तस्तै प्रकाशित गरेका छाैं । काठमाडौं र यसको दक्षिण तथा पूर्वमा पर्ने क्षेत्रहरुमा किरातहरु छरिएर बसेको आजसम्म पनि पाइन्छ । नेपालमा किरातहरुको चर्चा गर्दा सेनहरुको चर्चा गर्नु पनि आवश्यक हुन्छ । सेनहरुको राज्य स्थापनाका समयमा जिल राई र अजिल राईको कथा आउँछ । उनीहरु दुवै भाई त्यस समयका स्थानीय राजा कर्मसिंहको सेवा चाकरीमा बाईस वर्षसम्म बसेका थिए । बाईस वर्षपछि जिल राई र अजिल राईहरुले कर्मसिंह राजाको राज्य आफ्नो अधिकारमा पारे । यिनै अजिल राई पछि हिन्दुकृत भएकाले अजिल सेन भए । अजिल सेनको शेषपछि उनका छोरा तुला सेन…