किरात राई समुदायमा मिथक (लेमलेम्मा)
लेमलेम्मा बान्तावा भाषा शब्द हो।लेम्लेम्मा भनेको गुलियो मिठास अर्थ मिठो बोलेर आक्रासन गर्ने र प्रभावमा पार्ने ( मानव ) रुप महिला हो ।लेमलेम्मा थरी थरी रुप धारणगर्न सक्ने दैबिक जीव हो ।किरात राई मिथकको लागी सप्पन्न छ ।यो जातीमा अनैकौ मिथक दरपुस्ता प्रचलनमा रहदै आएको छ यस्ता मिथकहरु जीव जन्तु ,रुखबिरुवा ,ढुङ्गा ,खोला नाला संग सम्बन्धित रहेको पाइन्छ भने अन्य विषयहरुमा भुत प्रेत,आत्मा ,राक्षस ,बोक्सी आदी बारेमा रहेको पाइन्छ ।पहिला पहिला मानिसको जीवन निर्बाहको लागी मुख्य माध्यम खेतिपाती ,बस्तुभाउ र सिकारी पेसा थियो ।यो पेसा बाट जीवन निर्बाह गर्नको लागी वारि र खेतीको मेलो गोठालो घाँस दाउरा गर्नु र सिकार…