मोबाईल वर्तमान समयमा हामीलाई नभई नहुने आवश्यकता मध्ये एक भएको छ । यदि हाम्रो मोबाइलमा थोरै पनि समस्या आयो भने हामी एकदमै चिन्तित बन्छौं । जब हामी हाम्रो मोबाइललाई धेरै कार्य एकै साथ गर्दा हाम्रो मोबाइल हिट हुने गर्छ
आज हामी तपाईहरुलाई केहि यस्तो तरीका बताउने छौं जसको प्रयोगले तपाई आफनो मोबाईल हिट हुनबाट थोरै भएपनि रोक्न सक्नुहुन्छ ।
१. कुनै पनि ठुलो प्लीकेशन यदि तपाई चलाइराख्नु भएको छ भने ध्यान दिनुहोस कि बैकग्राउंड भित्र अरु एप्लीकेशंस ओपन भएर बसेको छ कि छैन ।
२. यदि तपाई बारम्बार बैकग्राउंड एप्सलाई बन्द गर्न सक्नुहुन्न भने तपाई कुनै पनि बैटरी कूलर ऐप यूज गर्न सक्नुहुन्छ । बैटरी कूलर ऐप मोबाइललाई अलग तरीकाले चिसो गर्दैन तर बैकग्राउंडमा चलिरहेका एप्सलाई बन्द गरिदिने काम गर्छ ।
३. यदि तपाई आफनो मोबाईललाई हिट हुनबाट बचाउन चाहनुहुन्छ भने ध्यान राख्नुहोस कि मोबाईलमा रहेको सफ्टवेयर फुल्ली अपडेटेड भएको छ कि छैन । किनकी लेटेस्ट सफ्टवेयर मोबाईलको हार्डवेयरलाई राम्रो तरीकाले प्रयोगमा ल्याउछ ।
४. तपाईलाई कुनै पनि समयमा लाग्यो कि मोबाईल हिट भैरहेको छ भने तुरन्त फोनलाई चिसो हुनका लागि राखिदिनुहोस ।
५. वाईफाई र ब्लू टूथलाई आवश्यक पर्दा मात्र खोल्नुहोस नभए यिनिहरुलाई बन्द नै गर्दा राम्रो किनकी सिग्नल एंटीनाले मोबाईलमा ज्यादा हिट हुने गर्छ ।
६. आफनो मोबाईललाई पुन सुरुवात (Restart) गर्दिनुस
मोबाइलमा ब्याट्री नटिकेर हैरान हुनुहुन्छ ?
पछिल्लो समय मोबाईल फोन खाना जस्तै दैनिक उपभोग को साधन भनेको छ। एसले घडि, क्यामरा, रेडियो लगायतका विविन्न काम गर्ने भएको छ । धेरैको दिनभरकिो सहारा बन्दै आएको छ मोबाईल सेट । तर, धेरै जसो स्मार्टफोनको प्रयोगकर्ताहरु ब्याट्री नटिक्ने समस्याले गर्दा हैरानीमा हुन्छन । केहि सामान्य कुरामा ध्यान दिन सकियो भने यो तनावबाट केहि छुटकारा पाउन सकिन्छ ।
१) पटक–पटक चार्जिङ नगर्नुहोस : हामी धेरैको मोबाईल लत भैसकेको छ । लोड्सेडिङको समस्या भनेको बेलामा चार्ज गर्न नपाइने होकी भन्ने चिन्ताले थोरै चार्ज कम हुने बित्तिकै चार्जमा हाल्छौ । यदि तपाईले पनि यस्तो गर्ने गर्नु भएको छ भने सावधान हुनुहोस् । पटक–पटक यस्तो गर्दा ब्याट्री बिग्रदै जान्छ र आयु कम हुन्छ ।
२) रातभर चार्जिङ नगर्नुहोस : दिनभरी मोबाईल चलाइन्छ । ब्यस्त जिन्दगी भोली विहानै कतै दौडनु पर्ने हुनसक्छ । त्यसैले हामी धेरैले राती सुत्नेबेलामा मोबाईल चार्जमा राखेर सुत्छौ । रातभरी चार्जमा छाड्दिन्छौ । तपाईको यस्तो बानी छ भने आजैबाट छाड्दिनुहोस् । यसले ब्याट्री सबैभन्दा चाँडै बिगार्छ । यसो गर्दा शक्ति निरन्तर ब्याट्रीमा जान्छ र आयु कम हुन्छ जसले गर्दा ब्याट्री नटिक्ने समस्या देखा पर्छ ।
३) जिपिएस लगातार अन नगर्नुस : ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) लगातार अन गरेर राख्दा ब्याट्री निकै तातो हुने गर्छ । लगातार अनलाइन रहिरहँदा ब्याट्री डिस्चार्ज हुने गर्छ । यी दुई कारणले ब्याट्रीमा नराम्रो असर पर्छ ।
४) धेरै भाइब्रेसन मोडमा नराख्नुस : धेरै जसोले मोबाइल लाई साइलेन्समा राख्नका लागि भाइब्रेसन मोडमा लैजान्छन् । लगातार भाइब्रेसनमा राखेर चलाइने फोनको ब्याट्री चाँडै डिस्चार्ज हुने गर्छ । ब्याट्रीको आयु कम हुने एक प्रमुख कारण यो पनि हो ।