Month: September 2018

अनारको सेवन – किड्नी सफाई देखि अनुहारमा निखार ल्याउन

अनारको सेवन – किड्नी सफाई देखि अनुहारमा निखार ल्याउन

 मिठो हुने रातो रङको अनारको दाना या जुस सबैले मन पराउछन् । अनार स्वाथ्यको लागि निकै हितकर मानिन्छ । बिरामीहरुलाई अनार बढि खान दिईन्छ । यसले इनर्जी दिने हुँदा असक्त तथा बिरामीहरुलाई दिईएको हो । अनारमा भिटामिन , मिनीरल्स जस्ता तत्वहरु हुन्छ । अनारको जुसले कलेजोको रक्षा मात्र गर्दैन मदिरा वा अन्य पर्दाथले कलेजोमा कुनै प्रकारको हानी गरेमा उपचारको काम पनि गर्छ । कलेजोलाई प्रभावकारी ढंगले कार्य गर्न सहयोग गर्छ । यसको जुसले भोक बढाउँछ, तिर्खा नियन्त्रण गर्छ, पाचन प्रणालीलाई सुधार गर्छ र कब्जियतको समस्या हटाउँछ । चाउरी, आँखा मुनि आउने कालो धब्बा, पिम्पल लगायतका समस्या बाट बचाँउछ । नियमित…
Read More
टाउको दुखाईदेखि उच्च-रक्तचाप नियन्त्रण, जान्नुहोस् कागती पानीका १२ फाइदा

टाउको दुखाईदेखि उच्च-रक्तचाप नियन्त्रण, जान्नुहोस् कागती पानीका १२ फाइदा

काठमाडौं -नेपालको जुनसुकै भेगम प्रायः सहजै पाइने कागती बहुउपयोगी फलफुलहरूमध्ये एक हो । यद्यपि यसलाई फलफुलका रूपमा भन्दापनि सर्वत र अचार बनाउने काममा बढी प्रयोग गरिन्छ । आउनुस् जानौँ कागतीका फाइदाहरू : क. अपच र कब्जियत : अपच र अब्जियतमा कागतीको प्रयोग अचुक हुन्छ । खानामा केही थोपा कागतीको रस हाल्नुहोस् । यसले पाचनलाई धेरै सहयोग पु-याउनेछ । कागतीले र रगत शुद्धिकरण र शरीरका अन्य विकार हटाउनमा महत्त्वपूर्ण भूमिका खेल्छ । यदि खानामा कागति राख्नु भएको छैन भने खानाको आधाघण्टापछि कागतीको सर्वत खाँदा पनि उत्तिकै हितकारी हुन्छ । कागतीको जुस बनाउनका लागि कागती, सम्भव भएसम्म सखर नभए चिनी र बिरेनुन…
Read More
हराएको मोबाइल खोज्ने सजिलो तरिका, प्रहरीकहाँ धाउनु पर्दैन्

हराएको मोबाइल खोज्ने सजिलो तरिका, प्रहरीकहाँ धाउनु पर्दैन्

    अहिले महंगा मोवाइल प्रयोग गर्ने एक प्रकारको फेसन नै बनेको छ । साथै मानिसहरुले मोवाइलाई बहुउपयोगी साधानका रुपमा पनि प्रयोग गर्छन् । मोवाइलमा फोन नम्बर मात्रै हैन, जिन्दगीका कतिपय अविस्मरणीय पल पनि राखिएका हुन्छन् । जब मोवाइल हराउँछ एकतर्फ पैसाको क्षति हुन्छ भने अर्कोतर्फ मोवाइलमा रहेका उपयोगी सामग्री नष्ट हुन्छन् । तरपनि मोबाइल हराउने खतरा जहिले पनि हुन्छ । यस्तोमा हराएको मोबाइल कसरी फेला पार्ने ? यो आलेखमा हराएको मोवाइल फेला पार्ने उपयोगी उपाय उल्लेख गरिएको छ । यो उपायले एन्ड्रोइड फोनमा मात्रै काम गर्छ । यसका लागि निम्नखिखित उपायहरु अपनाउनुहोस् । पूर्वसावधानी फोन हराउनुभन्दा अगाडि नै तपाईंले…
Read More
काँक्रोको बारेमा १० रोचक, स्वास्थ्यवर्धक तथ्य!!

काँक्रोको बारेमा १० रोचक, स्वास्थ्यवर्धक तथ्य!!

हामीले सामान्य सलादका रुपमा खाने काँक्रो स्वास्थ्यको लागि निकै महत्वपूर्ण छ र यसको सेवनले शरीरलाई निकै फाइदा गर्दछ । वैज्ञानिकहरुद्वारा पुष्टि गरिएका काँक्रोका केही फाइदाहरु : १) काँक्रो भिटामिन बी को राम्रो स्रोत हो । स्वास्थ्य तथा तन्दुरुस्तीका लागि भिटामिन बी निकै महत्वपूर्ण हुन्छ । यसका अलावा काँक्रोमा शरीरलाई चाहिने भिटामिनहरु पर्याप्त मात्रामा हुन्छ । २) काँक्रोमा पानीको मात्रा ९५ प्रतिशत हुन्छ जसले गर्दा शरीरमा पानीको अभाव हुन दिँदैन र शरीरमा रहेका विषादी हरु कम गर्न मद्दत गर्छ । ३) काँक्रोको बोक्रामा रहेको भिटामिन सी ले आँखा तेजिलो बनाउनका साथै छालालाई चम्किलो पार्दछ । ४) काँक्रोको बोक्राले छालाका समस्याहरु कम…
Read More
लागुऔषध दुव्र्यसनी न्यूनीकरण तथा अपराध रोकथाममा  स्थानीय सरकारको भूमिका

लागुऔषध दुव्र्यसनी न्यूनीकरण तथा अपराध रोकथाममा स्थानीय सरकारको भूमिका

डा. चूडाबहादुर श्रेष्ठ c2shrestha@gmail.com 9851100892 १. लागूऔषध दुव्र्यसनको पृष्ठभूमि नेपालमा वि.सं. २०२०–२५ सालसम्म गाँजा, चरेस, अफिमजस्ता लागूऔषध मठमन्दिरमा बस्ने र शिवरात्रीमा पशुपतिनाथको दर्शनमा आउने जोगीहरुमा सीमित थियो । त्यस्ता चाडपर्वमा पुगेका कतिपय युवाहरुले जोगीहरुसँग गाँजा÷चरेस किनेर सेवन गथ्र्ये । सन् १९६५–७० ताका अंग्रेज र भेयतनामबीचको युद्धमा आफू सहभागी हुन नपरोस् भन्ने अभिप्रायले केही अमेरिकी युवाहरु हिप्पीको रुपमा नेपाल प्रवेश गरे । त्यसबेला काठमाण्डौंको झोँछे, दरवारस्क्वायर, ठमेल, स्वयम्भु, बौद्ध आदि स्थानहरुमा खुल्ला रुपमा गाँजा÷चरेश बिक्री र सेवन गर्ने चलन थियो । जसलाई ‘‘पोष्ट–भेयतनाम वार सिन्ड्रम’’को परिणति हो भन्ने ठानिन्थ्यो । हिप्पीजम्को सिको समकालीन कतिपय नेपाली युवाहरुले पनि गरे । त्यसपछि सन्…
Read More
शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेतालाई ५० लाख

शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेतालाई ५० लाख

काठमाडौँ, भदौ ३१ गते । चार वर्षपछि हुन लागेकोे शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको विजेता टोलीले रु ५० लाख पाउने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विजेता टोलीलाई रु ५० लाख दिने निर्णय भएको एन्फाका महासचिव इन्द्र्रमान तुलाधरले जानकारी दिनुभयो । प्रतियोगितामा उपविजेता हुने टोलीले रु ३५ लाख पाउनेछन् भने तेस्रो हुनेले रु २५ लाख पाउनेछन् । चौंथोले रु १५ लाख, पाँचांैले रु सात लाख र छैटौंले रु पाँच लाख पाउनेछन् । प्रतियोगितामा फेयर प्ले टोलीले रु एक लाख पाउने छन् । प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई रु ५० हजार दिनेछ…
Read More
पर्यटकलाई आकर्षित गर्दै तिम्बुपोखरी

पर्यटकलाई आकर्षित गर्दै तिम्बुपोखरी

पाँचथर : पाँचथर र ताप्लेजुङको सिमानामा पर्ने तिम्बुपोखरी पर्यटकीय स्थलको रुपमा परिचित छ। पोखरीमा पछिल्लो समय घुम्न जाने पर्यटकको संख्यामा समेत वृद्धि हुन थालेको छ । लेकाली स्थान तथा मानवीय गतिविधि कम हुने हुँदा फूल फुल्ने दुई महिना तिम्बुपोखरी जाने उचित समय मानिन्छ। बर्सेनि कठिन भूगोल छिचोलेर यहाँ पुग्नेको संख्या उल्लेख्य हुन्छ। हिमाली क्षेत्रमा पर्ने तिम्बुपोखरी आफैँमा सुन्दर छ। तिम्बुसँगै जोडिएका अन्य ठाउँ पनि आकर्षक छन्। चट्टानयुक्त पहाडले घेरिएको तिम्बुपोखरी आकर्षक छ। समुद्र सतहदेखि चार हजार ४८० मिटरको उचाइमा रहेको उक्त पोखरीले धार्मिक महत्त्व पनि बोकेको छ। यसलाई विष्णुपोखरीसमेत भनिन्छ। यहाँ पूजा गर्न जानेहरु प्रशस्तै भेटिन्छन्। तिम्बुपोखरीसँगै हिमाली र उच्च…
Read More
स्वर्ग भन्दा कम छैन रारा ताल

स्वर्ग भन्दा कम छैन रारा ताल

२०२० साल चैत महिनाको उखरमाउलो मौसममा मुगुको रारा ताल पुगेका तत्कालिन राजा महेन्द्रलाई राराले शितलो मात्रै दिएन, कविता कोर्न बाध्य पा¥यो । संसारकै राजा महाराजाहरू कठोर हुन्छन, कतै त झुक्न र पग्लिन पनि सक्नुपर्छ भन्ने सभ्यताले राजदरबारमा प्रवेश पाएकै हुँदैन । उतिखेर राजा महेन्द्र पनि झुक्नका लागि होइन, बहादुरी प्रदर्शन गर्न रारा पुगेका थिए । [embedyt] https://www.youtube.com/watch?v=YZALZG1ysDk[/embedyt] काठमाडौंबाट घोंडा चढेर बिकट मुगुको रारा पुग्नु पछाडि महेन्द्रको खास उद्देश्य थियो, रारा राष्ट्रिय निकुञ्जमा बदेलको शिकार गर्नु । तर, जब रारा तालको किनारमा महेन्द्रले घोंडा रोके, घोंडाबाट झरेर धुपिको रुखमुनी सुस्ताए र राराको निलो पानीमा एकटक हेरिरहे, तब उल्टै राराले शिकार खेल्यो…
Read More
एतिहासिक र प्रेमको प्रतिक रानीमहलको इतिहास

एतिहासिक र प्रेमको प्रतिक रानीमहलको इतिहास

[embedyt] https://www.youtube.com/watch?v=alnl73l7SBU[/embedyt] तिर्थस्थल कालिगण्डकी किनारस्थित एकसय एक्काइस वर्ष पूरानो ऐतिहासिक, पुरातात्विक र वास्तुकलाको नमूना सम्पदा रानीमहलको जग्गा व्यक्तिहरुले निजी बनाइसकेका छन् । रुरु क्षेत्र गुल्मी, पाल्पा र स्याङ्जा जिल्ला एवं लुम्बिनी र गण्डकी अञ्चलको संगममा अवस्थित छ । यही रुरुक्षेत्रको महत्वपूर्ण सम्पदा हो रानीमहल । यसको लामो समयसम्म संरक्षण र प्रबद्र्धनको लागी ठोस पहल नभएकाले यसको जग्गा अतिक्रमित भएको छ । अहिले महलको जीर्णोद्धार कार्य तिव्र गतिमा चलिरहेपनि गुठीको जग्गा खोजी र संरक्षणका लागी ठोस पहल भएको छैन । रानीमहल संरक्षण तथा पर्यटन विकास समितिले यसको जग्गा खोजी कार्य गरिरहेको समितिका अध्यक्ष देविप्रसाद भट्टराईले बताए । उनले भने –‘यसको वरीपरीको…
Read More
सुन्दर उदयपुर_रौतामाई : जहाँबाट हेर्न सकिन्छ तराईका फाँट र हिमालका मनोरम दृश्य

सुन्दर उदयपुर_रौतामाई : जहाँबाट हेर्न सकिन्छ तराईका फाँट र हिमालका मनोरम दृश्य

उदयपुर जिल्लामा पर्यटकीय क्षेत्रको उच्च सम्भवान भए पनि लाभ लिन सकेको छैन। पर्यटनलाई आम्दानीको मुख्य स्रोत बनाउने उद्देश्यले रौतामाई गाउँपालिकाले गुरुयोजना बनाउन गाउँपालिकामा रहेका धार्मिक तथा ऐतिहासिक महत्त्वको पर्यटकीय क्षेत्रको भिडियो र फोटो ड्रोन क्यामेराले खिचेर सम्भाव्यता अध्ययन सुरु गरेको हो। आम्दानीको मुख्य स्रोत पर्यटन क्षेत्रलाई बनाए मात्र समग्र गाउँपालिका अार्थिक रुपमा बलियो हुने भएकाले गुरु योजना बनाउन लागिपरेको रौतामाई गाउँपालिका–२ का वडाध्यक्ष खविन्द्र ठकुरीले बताए। ‘रौतामाईमा आन्तरिक तथा बाह्य पर्यटक ल्याउन सकिने क्षेत्र हो,’ उनले भने, ‘यहाँको स्थानीय उत्पादन, यहाँका धार्मिक, प्राकृतिक सुन्दरता र स्थानीय संस्कार संस्कृतिलाई समेटेर गुरु योजना बनाउन लागिपरेका छौं।’ गाउँपालिकाभित्र धार्मिक, प्रकृतिक, कृषि, पर्यटन क्षेत्रको…
Read More