बान्तुले मुस्लिम युवतीबारे कविता लेखेपछि…

एमपी सुब्बा

जीवनको दौडमा यात्रा गर्दागर्दै कता गरेँ

धेरै वर आउँदा पो भूँमरीमा परेँ ।

कवि तथा गीतकार अमर बान्तुको उल्लेखित कविताका हरफ पढ्दा लाग्छ, ‘उनी कुनै पीडाका भूँमरीमा रन्थनिएका छन्’ तर, भेट्दा ठ्याक्कै उल्टो छन् उनी । जीवन र भोगाइका गीत÷कविता कोर्ने बान्तु शृँगारिक छन् । सिर्जनामा थोरै पीडा, धेरै खुसी व्यक्त गर्ने उनी मिजासिला छन्, भेटेपछि घण्टौँ वितेको पत्तै हुन्न ।

अनामनगरस्थित एउटा रुपटपमा गफिँन सुरु नगर्दै भने, ‘मेरो नाम अमर बान्तवा राई हो । तर, मेरी भावना (श्रीमती)ले माया गरेर ‘बान्तु’ भनेपछि बान्तु भएँ ।’ यो उनको परिचय दिने शैली हो र स्पष्टिकरण पनि । ‘अमर बान्तवा’लाई श्रोता÷दर्शकले चिन्दैनन् । त्यसैले ‘म त्यही मान्छे’ भन्नलाई परिचयको गाँठो खोल्छन् उनी ।

डेढ वर्षअगाडि दुवई घुम्न गएको बेला त्यहाँ मुस्लिम युवती देखेपछि आफूलाई कविता फुरेको स्मरण गर्दै उनले भने, ‘मुख छोपेर सडक र डिपार्टमेन्ट स्टोरहरुमा हिँडिरहेका मुस्लिम युवतीहरु देख्न मेरो मनमा एक्कासी कविता फुरेको थियो । त्यसपछि कवि बान्तुले आफ्नो कविको छवि देखाउँदै मनमा उतारेका थिए, ‘फूल जस्ती कोमल होलिन्, आँखाले नै बोल्छिन्’ ।

मुस्लिल युवतीको प्रेमभाव र भित्रि सौन्दर्यलाई कल्पना गरेर उतारेको बान्तुको उक्त कविता नेपाली साहित्यबृत्तमा त्यतिखेर चर्चाको विषय बनेको थियो । उक्त कवितामाथि उनले धेरै प्रश्नहरु पनि झेल्नुप¥यो । कवितामा एक मुस्लिम युवतीको सौन्दर्य र भावनाको ब्याख्या गरेपछि चर्चित कवि तथा साहित्यकारहरुले ठट्यौलीमा सोधे ‘त्यो बुर्काभित्र कसरी छि¥यौं ?’

हो, उनी पछिल्लो समयका चर्चित कवि तथा गीतकार अमर बान्तु हुन् । पाठक÷श्रोताले यसैभन्दा मात्रै चिनिन्छन् । जीवनले करिब आधा शताब्दी कोल्टे फेरेपछि साहित्यमा कलम चलाउन सक्रिय भएका बान्तुको पीडा एउटै पीडा छ, ‘जीवन ढिलोगरी बुझिएछ ।’ तर, त्यसैले उनी कवि भए । ‘उमेर हुँदा कता हराइयो–हराइयो, हिजोआज त्यही दिन सम्झेर आफ्नो भावनाहरु गीत र कवितामा उतार्दै आएको छु ।’

‘जीवनको दौडमा यात्रा गर्दागर्दै’ कविता त्यही भोगाइको एउटा प्रमाण हो, जबकि उक्त कवितामा किशोर अवस्थामा विताएका पलहरुदेखि ५० को उमेरमा अक्षरसँग रमाइका क्षणहरु उतारेका छन् । कवि बान्तुका हरेक कविता लोकप्रिय छन् । तीमध्ये उल्लेखित कविता पनि हो ।

कविता नबुझ्ने र सुन्न नचाहनेका लागि कवि बान्तुका कविता भनेपछि पाठकले आफ्नै ठानेर पढ्छन्, सुन्छन् । उनको कविताको शक्ति भनेकै यही हो र, यसै कारण उनी छोटो समयमै कविफाँटमा चर्चित भए ।

भोजपुर, दिल्पाका बान्तुले कुराकानीकै क्रममा आफू कवि तथा गीतकार हुनको वास्तविकता खोल्दै गए । उमेरले ५० टेक्दै गर्दा कविता कोर्न थालेका बान्तुले भने, ‘सबैभन्दा महत्वपूर्ण कुरा जीवन रहेछ । तर, मैले जीवन बुझ्नै ढिलो गरेँ ।’ त्यही बुझाइहरु कविता र गीतमा उतार्दै आएको उनी बताउँछन् । उनी भन्छन्, ‘यसरी ढिलोगरी जीवन बुझ्न पनि फाइदैरहेछ । जसले कविका रुपमा चिनाइरहेको छ ।’

बान्तु गीतकार हुनुभन्दा अगाडि कविमात्र थिए । अझैपनि उनी आफूलाई कविकै रुपमा चिनाउन चाहन्छन् । तर, उनका गीतहरुले गीतकारका रुपमा गिज्यारहेको छ । त्यसैले उनले आफूलाई ‘हो म गीतकार पनि हुँ’ भन्न बाध्य बनाएको छ । उनले भने, ‘कहिले कहिँ त आफैलाई लाग्छ, ‘के म साँच्चीकै गीतकार हुँ ।’ जब पाठक तथा श्रोताले कवि एवं गीतकार बान्तु भनेपछि झल्यास् हुन्छन्, ‘हो म गीतकार भएँ ।’

नेपाली साहित्यफाँटमा ढिलो आएपनि उनलाई पछुतो भने छैन । उनी भन्छन्, ‘जे गरेँ, राम्रै गरेँ । जीवन त बुझन पाएँ ।’ स्कुल पढ्दै कविता लेख्ने गरेको स्मरण गर्दै उनले भने, ‘जब जीवन र जगतको वास्तविकता बुझदै गएँ, अनि कविता लेख्न थालेको हुँ । तर, साथीहरुले कवितालाई गीत बनाइदिएपछि गीतकार भएँ ।’

पछिल्लो समय नेपाली साहित्यिक क्षेत्रमा उनी ‘जीवनभोगी’ कवि तथा गीतकारका रुपमा समेत परिचित छन् । हुन पनि उनका हरेक कविता र गीतमा जीवनसँग जोडिएका पल र क्षणहरु जोडिएकै हुन्छन् । आफ्नो साहित्य लेखनबारे उनी भन्छन्, ‘हो, मेरो सिर्जनाहरुमा भोगाइकै कुरा हुन्छ । म जीवनबाट टाडा भागेर न कविता लेख्न सक्छु, न त गीत नै ।’

कवि बान्तु हिँड्दाहिँड्दै कविता र गीतको थिम बनाउँछन् अनि घर पुगेर लयमा शँृगार्छन् । डेढ वर्षअगाडि दुवई घुम्न गएको बेला त्यहाँ मुस्लिम युवती देखेपछि आफूलाई कविता फुरेको स्मरण गर्दै उनले भने, ‘मुख छोपेर सडक र डिपार्टमेन्ट स्टोरहरुमा हिँडिरहेका मुस्लिम युवतीहरु देख्न मेरो मनमा एक्कासी कविता फुरेको थियो । त्यसपछि कवि बान्तुले आफ्नो कविको छवि देखाउँदै मनमा उतारेका थिए, ‘फूल जस्ती कोमल होलिन्, आँखाले नै बोल्छिन्’ ।

मुस्लिल युवतीको प्रेमभाव र भित्रि सौन्दर्यलाई कल्पना गरेर उतारेको बान्तुको उक्त कविता नेपाली साहित्यबृत्तमा त्यतिखेर चर्चाको विषय बनेको थियो । उक्त कवितामाथि उनले धेरै प्रश्नहरु पनि झेल्नुप¥यो । कवितामा एक मुस्लिम युवतीको सौन्दर्य र भावनाको ब्याख्या गरेपछि चर्चित कवि तथा साहित्यकारहरुले ठट्यौलीमा सोधे ‘त्यो बुर्काभित्र कसरी छि¥यौं ?’

त्यसो त भनाइ नै छ, ‘जहाँ रवि पुग्दैन, त्यहाँ कवि पुग्छ ।’ त्यस्तै, कवि बान्तुका लागि आँखै अगाडि उभिएकी एक मुस्लिम युवतीको सौन्दर्यलाई कल्पभावनामा उतार्नु अनौठो रहेन किनकि उनको लेखाइ नै सिर्जनामा जीवन उतार्नु हो ।

आफ्नै श्रीमतीको सौन्दर्य र भावनालाई समेत कवितामा उतार्न नछाड्ने कवि बान्तुलाई हरेक पलहरुले लेख्नलाई घच्घचाइरहेको हुन्छ । पीडामा रोइरहेका नारीका ब्याथा मात्र होइन, पे्रमिल जोडीका कथालाई समेत उस्तै मार्मिक र शृँगारिक दुवैमा उतार्न सक्ने बान्तुको विशेषता हो ।

प्रायः आफ्नै जीवनका भोगाइहरु कविता र गीतमा उतार्ने कविता बान्तु भन्छन्, ‘कविता सिर्जना गर्दै गर्दा मेरै भावना पोख्छ, तर, कविता भएर बाहिर आएपछि सबैको हुन्छ । आखिर जीवन र भोगाइ त सबैको उस्तै रहेछ नि ।’

बान्तुका दुई दर्जनभन्दा बढी गीतहरु नेपालका ख्यातीप्राप्त गायक÷गायिकाले गाइसकेका छन् । ती गीतहरु आफ्नै लागि लेखेको सुनाउँदै उनले भने, ‘तर, श्रोतासम्म पुग्दा त्यो मेरो गीत रहेन । जसले सुन्यो, हे¥यो, उसले आफ्नै ठान्यो किनकि ती सबै गीतमा जीवन भोगाइका छन् ।’ हुन पनि गीतकारको भावना समेटिएको गीत श्रोता÷दर्शकले आफ्ना ठानेनन् भने कसरी त्यो स्रष्टा सफल होला र ? कवि बान्तु यही मान्यता राख्छन् । तर, कुनै यस्ता कविता र गीत सिर्जना गर्छन्, जो आफ्नै होस् भन्ने ठान्छन् । तर, सुन्नेवित्तिकै जो–कोहीले भन्छ, ‘ठ्याक्कै मेरो जीवनसँग मेल खाने कविता रहेछ ।’

कवि बान्तुका हालै दुई गीत सार्वजनिक भएको छ । जसमा एउटा तीज गीत ‘हर हर महादेव’ र एउटा आधुनिक ‘तिम्रो सहर’ । ती दुईटै गीतका गायिका सहिमा श्रेष्ठले स्वर दिएकी छन् । ‘तिम्रो सहर’ सुनेपछि उक्त गीत सबै सहरियाले आफ्नै गीत ठानेँ, तर ‘हर हर महादेव’बाट भने आफ्नो समुदायबाट गाली समेत आएको उनीसँग तितो अनुभव छ । ‘राईको छोराले तीज गीत लेख्यो’ भनेर आफूमाथि केहीले ब्यंग्य गरेको सुनाए । तर, उनी भन्छन्, ‘म राईको मात्र होइन, सारा नेपालीको गीतकार हुँ ।’ उनले कुराकानीको बिट मार्नेक्रममा भने, ‘आफ्नै जीवनबारे धेरै कविता र गीत लेखेँ, अ मेरी आमाप्रति समर्पित एउटा गीत लेख्दैछु, जुन सबैको आमाको गीत बनोस् ।’

Src: drishtinews

Facebook Comments
  • Related Posts

    बेला बखतका कुरा- डा. जगमान गुरुङ

    बेला बखतका कुरा- डा. जगमान गुरुङ आज २०७७ भदौ १२ गते, शुक्रवार। जेठ, असारमा बाडि आएर खोला बढे पछि आफ्नो अस्तित्त्व जोगाउन माछाहरु ठूलो खोलाबाट ठाडो खोलातिर लाग्दछन्।त्यसकारण जेठको निख्लदोदेखि…

    Province no 1 name entitled ‘Kirant’ प्रदेश नो १ को नाम किराँत अधिकारिक र उपयुक्त हो।

    Kirant is an ancient people with flourishing traditional and cultural era. Property elevate poverty so it is better to keep name Kirant Province than Koshi and Sagarmatha. Because there are…

    You Missed

    भिटामिन झोल र चक्की किनेर खानु पैसाको बर्बादी मात्र ?

    भिटामिन झोल र चक्की किनेर खानु पैसाको बर्बादी मात्र ?

    पृथ्वीनारायण शाहको पालामा सिन्धुलिको लडाइँमा अंग्रेजलाई परास्त गर्ने सिकारीको सर्दार बंसु गुरुङ-वंशु गुरुङ- बंस गुरुङ- वंस गुरुङ वा वंश गुरुङ को थिए ?

    Gufa Pokhari, Tinjure and Menchhayem hill

    Gufa Pokhari, Tinjure and Menchhayem hill

    यसरी किरात/बौद्ध र हिन्दुहरुले आ-आफनै संस्कृति अनुसार संयुक्त रुपमा तिहार मनाऊन सकिन्छ

    यसरी किरात/बौद्ध र हिन्दुहरुले आ-आफनै संस्कृति अनुसार संयुक्त रुपमा तिहार मनाऊन सकिन्छ

    किरात खालिङ राई र चुला

    किरात खालिङ राई र चुला

    “राई” शब्द पृथ्वीनारायण शाहले दिएको पद होइन

    “राई” शब्द पृथ्वीनारायण शाहले दिएको पद होइन
    error: Content is protected !!