मुलुक बेथिति र अव्यवस्थाको भूमरीमा

सम्भवत ः धेरै नेपालीमा यस्तो भ्रम थियो, राजतन्त्रको अन्त्यपछि जनताद्धारा निर्वाचित दलका नेतृत्व÷सरकारद्धारा जनअपेक्षित नमूनादायक कार्यशैली र व्यवहार अवलम्वन गर्नेछन् । जसले राज्यका सबै संयन्त्रहरुमा निष्पक्ष, पारदर्र्शी, समावेशी ढंगबाट इमान्दारीपूर्वक मुलुकमा सुशासन कायम राख्नेछन् । त्यस्तै परिवर्तित सन्दर्भअनुसार राज्यद्धारा उपलब्ध सेवाहरु पनि सर्वसाधारणहरुले सहजै पाउने अपेक्षा थियो । वास्तविक रुपमा त्यसो भएको पाइएन । प्रथमत ः हिजोसम्म निम्नस्तरीय आर्थिकस्थिति भएका दलगत प्रतिनिधित्व गर्दै निर्वाचित भएका कतिपय उपल्लो तहका नेतृत्ववर्ग जसले राज्यसत्ता चलाए, तिनीहरुमा सामन्ती बिलासिताका झलक देखिएका छन् । तिनीहरुबाटै आर्थिक र सामाजिक बेथितिहरु भित्रिन थालेको देखिन्छ । बाहालवाला वा भूतपूर्व जोसुकै भएपनि राज्यका स्रोत र साधनहरुको दोहन गर्नमा केन्द्रित देखिए । अधिकांश संबैधानिक पदाधिकारीहरुले त नैतिकता छाड्दै राज्यबाट दोहोरो सुविधा लिइरहेका छन् । उता सर्वहारा वर्गबाट प्रतिनिधित्व गर्ने भनिएका एकै परिवारका व्यक्तिमध्ये नै कोही प्रधानमन्त्री, मन्त्री, सांसद, मेयर हुने पटकपटक अवसर पाइरहेका छन् भने कतिपय सहकर्मीको अवस्था यद्यपी दयनीय छ । तथाकथित विशिष्ट पदाधिकारी एवं दलीय आसेपासेहरुको लागि सबै क्षेत्रमा पहुँच छ । तर, अधिकांश सर्वसाधारणले आधारभूत स्वास्थ्य सेवा पाउन सकेका छैनन् ।

बर्खा लागेपछि विकट क्षेत्रका वासिन्दाहरु काठ र बाँसको फड्के(अस्थायी पुल) बनाएर जोखिमपूर्ण खोलानाला तर्न बाध्य छन् । अर्कोतर्फ जनताबाट निर्वाचित ३३४ जना सांसदहरु प्रत्येकलाई रु.१ लाख पर्ने ल्यापटप अदूरदर्शी निर्णय गरिन्छ । त्यसको सट्टामा त्यस्ता दुर्गम र अपायक क्षेत्रका जनतालाई सेवा र सुविधा दिनेतर्फ संसद लाग्नुपर्ने हो । पदीय पहुँच र नहुनेबीचको असामनता कति कहालीलाग्दो छ । त्यस्तो खाँडल पूरा गर्न आवश्यक छ । त्यसतर्फ सत्ता÷पदासीनहरुको संबेदनशील हुनुपर्ने हो । अफसोच! राजतन्त्र तथा कुलीनतन्त्रजस्तै कतिपय राजनीतिक दल र संस्थामा एउटै तथाकथित व्यक्ति एकैपटक आजीवन विभिन्न संस्थाका नेतृत्व÷अध्यक्ष÷सभापति हुने÷बन्ने कुसंस्कारले नेपाललाई आक्रान्त पारेको छ । तथाकथित प्रजातान्त्रिक दलहरु भनिने राजनीतिक दलमा अप्रजातान्त्रिक ढंगबाट एकै व्यक्ति र समूहको नेतृत्वमा हालीमुहाली भइरहेको छ । सीमित व्यक्ति र गुटको परिधिमा कार्यकारी प्रधानमन्त्री रहन्छन् (मंगलबार, नयाँ पत्रिका, असार ३, २०७६ ः १) । त्यसले जनताको हित गरिरहेको छैन । सबै क्षेत्रमा दिनहँु भ्रष्टाचार र बेतिथि मौलाएको छ । नक्कली प्रमाणपत्रधारी न्यायाधीश हुने र न्यायपरिषद्ले केही न्यायाधीशविरुद्ध कानूनी कारबाहीका निर्णय, जिल्ला प्रशासनका कर्मचारीकै मिलेमतोमा गैरनेपालीलाई नागरिकता दिने (वहिबार राजधानी, असार ५, २०७६ ः १) जस्ता गतिविधि अनगिन्ती छन् । राजधानीकै बालमन्दिरको टहरामा रहेका अनाथ बालबालिकामध्ये निमोनियाँले ६ महिनाका बालिका वितिन् ( विहिबार, कान्तिपुर, असार ५, २०७६ ः १) । त्यसतर्फ सम्बद्ध पक्ष कति संवेदनशील हुनुपर्छ ।

शिक्षाको ज्ञानमन्दिर, त्रिभुवन विश्वविद्यालयमा बेतिथिको चाङ थुप्रिएको छ । त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थानका सहायक डिन प्राध्यापक डा. शम्भुप्रसाद पटेल ५० हजार घुससहित पक्राउ पर्छन् ( विहिबार, कान्तिपुर, असार ५, २०७६ ः ३) । जुम्लाको गुठीचौर गाउँपालिका–४ बाउलीगाउँस्थित ५९० रोपनी जग्गा व्यक्तिको नाममा दर्ता गराउने मालपोत कर्मचारीसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा ( मंगलबार, नयाँ पत्रिका, असार ३, २०७६ ः ३) । त्यस्तै कानून कार्यान्वयन गर्ने महत्वपूर्ण निकायका प्रहरी अधिकृत नै करीब १० लाख रकम लिई सवारी दुर्घटनाका मुख्य आरोपीलाई उम्काउँदै नक्कली चालक खडा गरेविरुद्ध भ्रष्टाचार मुद्दामा परेको छ । यस्तै बेतिथिले गर्दा नेपालबाट हरेक वर्ष ४ लाखको हाराहारीको युवाजनशक्ति बैदेशिक रोजगारमा जान बाध्य छन् । बैदेशिक रोजगारमा गएकामध्ये पछिल्लो एकदशकमा ७ हजार ३ सय ४ जना मृत्यु भएका छन् । त्यसो हुनुमा अपर्याप्त आराम, न्यून पारिश्रमिक, स्वास्थ्यमा लापरबाही, पारिवारिक झमेला तथा दबाब, समयमा खाना र पानीको समस्या आदिका कारणबाट मृत्यु हुने गरेका छन् ( विहिबार,, अन्नपूर्ण असार ५, २०७६ ः १) । समग्रमा मुलुकको राजनीति र प्रशासनका अगुवाहरु जनभावना अनुकूल हुन सकेका छैनन् । देशलाई बेतिथि र अव्यवस्थाबाट माथि उठाउन स्वार्थ त्यागको आवश्यक छ ।

Facebook Comments
  • Related Posts

    बेला बखतका कुरा- डा. जगमान गुरुङ

    बेला बखतका कुरा- डा. जगमान गुरुङ आज २०७७ भदौ १२ गते, शुक्रवार। जेठ, असारमा बाडि आएर खोला बढे पछि आफ्नो अस्तित्त्व जोगाउन माछाहरु ठूलो खोलाबाट ठाडो खोलातिर लाग्दछन्।त्यसकारण जेठको निख्लदोदेखि…

    Province no 1 name entitled ‘Kirant’ प्रदेश नो १ को नाम किराँत अधिकारिक र उपयुक्त हो।

    Kirant is an ancient people with flourishing traditional and cultural era. Property elevate poverty so it is better to keep name Kirant Province than Koshi and Sagarmatha. Because there are…

    You Missed

    स्वास्थ्यका लागि उपयोगी तीतेपाती र ज्वानो

    स्वास्थ्यका लागि उपयोगी तीतेपाती र ज्वानो

    भिटामिन झोल र चक्की किनेर खानु पैसाको बर्बादी मात्र ?

    भिटामिन झोल र चक्की किनेर खानु पैसाको बर्बादी मात्र ?

    पृथ्वीनारायण शाहको पालामा सिन्धुलिको लडाइँमा अंग्रेजलाई परास्त गर्ने सिकारीको सर्दार बंसु गुरुङ-वंशु गुरुङ- बंस गुरुङ- वंस गुरुङ वा वंश गुरुङ को थिए ?

    Gufa Pokhari, Tinjure and Menchhayem hill

    Gufa Pokhari, Tinjure and Menchhayem hill

    यसरी किरात/बौद्ध र हिन्दुहरुले आ-आफनै संस्कृति अनुसार संयुक्त रुपमा तिहार मनाऊन सकिन्छ

    • By RAISUJAN
    • November 15, 2020
    • 29 views
    यसरी किरात/बौद्ध र हिन्दुहरुले आ-आफनै संस्कृति अनुसार संयुक्त रुपमा तिहार मनाऊन सकिन्छ

    किरात खालिङ राई र चुला

    किरात खालिङ राई र चुला
    error: Content is protected !!