आजभाेलीका मानिसहरूका लागि माेवाइल पानी जत्तिकै जरूरी भईसकेकाे छ । माेवाइलबिना एकछिन पनि बस्न सक्दैनन् आजभाेलीका युवापुस्ता । अधिकांश मानिसहरु मोबाइल त्यो पनि स्मार्टफोनको व्यापक प्रयोग गर्ने गर्दछन् ।
त्यसमध्ये पनि कतिपय यस्ता मानिसहरु हुन्छन् जो सुत्नुभन्दा अघि अध्यारोमा वा रातको समयमा स्मार्टफोनमार्फत काम गर्ने गर्छन् । जसबाट आँखा र मस्तिष्कमा नराम्रो असर पर्ने गर्दछ । अनुसन्धानले अध्यारोमा स्मार्टफोन चलाउनु खतराजनक हुने बताएका छन् ।
यी हुन् अनुसन्धानमा पाइएका अध्यारोमा स्मार्टफोन चलाउदा हुने हानीहरु
१. आँखाको ज्योतिमा कमि आउनु
रातिमा सुत्नुअघि मोबाइल चलाएमा आँखाको रेटिनामा गम्भीर असर पर्छ । अमेरिक मस्कुलर डिजेनेरेशन फाउन्डेशनका अनुसार यसबाट आँखाको ज्योति कमजोर हुन जान्छ ।
२. निन्द्रामा कमी आउनु
रातको समयमा सुत्नुअघि मोबाइल चलाएको खण्डमा शरीरमा मेलाटोनिन (Melatonin) नामक हर्मोनमा कमी आउन थाल्छ । हार्भड युनिभर्सिटीले गरेको अनुसन्धानका अनुसार शरीरमा मेलाटोनिन हर्मोनको कमी आएमा राति अबेरसम्म निन्द्रा नलाग्ने समस्या आउँछ ।
३. तनाब बढ्नु
युनिभर्सिटी अफ ओरसेष्टर बेलायतले गरेको अध्ययनले राति अबेरसम्म स्मार्टफोन चलाएमा शरीरमा मेलाटोनिन हर्मोनको कमी आउँदा तनाब बढ्ने देखाएको छ ।
४. मस्तिष्कमा असर पर्नु
राति अबेरसम्म स्मार्टफोन चलाएमा ब्रेन ट्युमर अर्थात मस्तिष्कको क्यान्सर पनि हुन सक्छ । युनिभर्सिटी अफ बोर्डेक्स (University of Bordeaux) फ्रान्सले गरेको एक अध्ययनले यसबाट मस्तिष्कको स्मरण शक्तिमा पनि असर पार्ने देखाएको छ ।
५. थकान महशुस हुनु
राति अबेरसम्म मोबाइल चलाएमा शरीरले पुरा निन्द्रा पाउन सक्दैन । यसले दिनभर नै थकानको महशुस हुन्छ ।
६. ग्लूकोमा
राति अबेरसम्म मोबाइलको प्रयोग गर्नाले मस्तिष्कसम्म सन्देश लैजाने अप्टिक नर्भ (स्नायु)मा असर पर्छ । यसबाट ग्लूकोमा नाम रोगको शिकार हुन सकिन्छ ।
७. आँखाको सिलियरी मांसपेशीमा असर पर्नु
राति लामो समयसम्म मोबाइल चलाएमा त्यसले आँखाको सिलियरी मांसपेशीमा असर पर्दछ । जसले आँखाको फोकस गर्न सक्ने शक्ति कमजोर हुन्छ । र आँखालाई कुनै कुरामा फोकस गर्न समस्या आउँछ ।
८. आँखा रातो हुनु
राति लामो समयसम्म मोबाइल चलाएमा मोबाइलको प्रकाशले आँखामा असर गर्छ । जसबाट आँखा रातो हुने समस्या देखिन्छ ।
९. डार्क सर्कल
राति अबेरसम्म मोबाइल चलाएमा यसबाट आँखा दबाव पर्न जान्छ । यसबाट डार्क सर्कलको समस्या देखिन सक्छ ।
हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै
मोबाइलको अत्यधिक प्रयोगले हामीलाई धेरै नै हानी पुर्याइरहेको हुन्छ ! के असर गर्छ त, जान्नुहोस्
फोनलाइ पाइन्टको खल्तीमा सकेसम्म नराख्नुस यसले तपाईँको प्रजनन् क्षमता घटाउछ । मोबइललाइ मुटु नजिक पनि नराख्नुस् यसले मुटुको धड्कनलाई प्रभाव पर्छ ।
धातुका कोठाहरु जस्तो कि गाडी, एलिभेटर, हवाइजहाज, रेल आदिमा मोबाइलबाट निस्कने रेडियसनको परिमाण बढ्ने हुँदा यस्तो स्थानमा मोबाइल प्रयोग नगर्नुस् ।
इयरफोन, हेडसेटको प्रयोग नगर्नुस् किनभने यसबाट निस्कने रेडियसनको प्रभाव कान नजिक मोबाइल फोन ल्याँउदा हुने रेडियसनको प्रभाव भन्दा तीन गुणा बढी हुन्छ ।
गर्भवती हुँदा मोबाइल फोनको प्रयोग नगर्नुस् । किनकी यसको असर विकसित हुँदै गरेको बच्चामा इलेक्ट्रोम्याग्नेटिक रेडियसनले नराम्रोसंग असर गर्न सक्छ ।
पन्ध्र वर्ष भन्दा कम उमेर समुहका बालबलिकालाई मोबाइलफोन चलाउन नदिनुस् किनभने उनीहरुको बिकसित मस्तिष्कमा रेडियसनको धेरैनै नराम्रो प्रभाव पर्छ ।
बालबालिकाको मृत्युको दोस्रो कारण मस्तिष्कको क्यान्सर (ट्यूमर) भइसकेको छ र यसको हुनुको पछाडी मोवाइलको अव्यवस्थित प्रयोग हो ।
मोबाइल फोनलाई भर्खर जन्मिएका बच्चादेखि टाढा राख्नुस् बालबालिकाको तालु पातलो हुनेहुँदा रेडियसन उनीहरुको मस्तिष्कबाट छिटो प्रशारण भई मस्तिस्क क्यान्सरको संभावना बढाउछ ।
स्वास्थ्यका लागि कति धेरै खतरनाक मोबाइल फोनको रेडिएसन ?
मानिसको जीवनको अभिन्य अंग बनिसकेको मोबाइल फोनको रेडिएसनबारेमा तपाईँलाई कति थाहा छ त ? मोबाइलको प्रयोगमा अभ्यस्त हुनेहरुले रेडिएसनबारेमा पनि ज्ञान राख्नु जरुरी छ । यो रेडिएसन कयौँ किसिमको हुन्छ भने यसले नै मानिसलाई बिरामी पनि बनाउन सक्छ ।
आधुनिक जीवनशैलीमा मोबाइल फोन सबैभन्दा बढी प्रयोग हुने बस्तु भइसकेको छ। हामी मोबाइलबिना थोरे समय पनि रहन सक्दैनौँ । तर तपाईँले कहिले यी मोबाइल फोनबाट निकाल्ने रेडिएसनबारे जान्नु भएको छ ? जसले केवल वातावरणमा रहने पशुपंक्षी मात्रै होइन मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पुर्याउँछ ।
रेडिएसनबाट कसरी जोगिने ?
साधरणतया हामीले प्रयोग गर्ने मोबाइल फोनमा एक विशेष प्रकारको तरङ्ग (इलेक्ट्रो म्याग्नेटिक रेडिएसन) निक्लिन्छ । जसलाई आम जनजीवनका लागि हानिकारक मानिन्छ । मोबाइल रेडिएसनबाट मानसिक असर समेत कयौँ घातक बिरामी हुने आशंका गरिन्छ । यदि तपाईँ आफ्नो मोबाइल फोनको रेडिएसन थाहा पाउन चहानुहुन्छ भने यसका लागि मोबाइलबाट *#07# डायल गर्नु जरुरी हुन्छ ।
यो नम्बर डायल गरेपछि मोबाइलको स्क्रीनमा रेडिएसनसम्बन्धी जानकारी देख्न सकिन्छ । यसमा दुई किसिमबाट रेडिएसनको स्तर देखाइन्छ। एक ‘हेड’ र अर्को ‘बडी’। हेड अर्थात फोनमा कुराकानी गर्ने क्रममा मोबाइल रेडिएसनको स्तर के हो र बडी अर्थात् फोनको प्रयोग गर्ने क्रममा या गोजीमा राखेका बेला रेडिएसनको स्तर कति हुन्छ भन्ने यसबाट थाहा पाउन सकिन्छ ।
कति हुनुपर्छ मोबाइलको रेडिएसन ?
भारतको सञ्चार तथा सूचना प्रौद्योगिक मन्त्रालयको ‘स्पेसिफिक एब्जर्प्सन रेट’ (सार) का अनुसार कुनै पनि स्मार्टफोन, ट्याबलेट या अन्य स्मार्ट डिभाइसको रेडिएसन १.६ वाट प्रति किलोग्राम भन्दा माथि हुनुहुँदैन । शरीरबाट डिभाइसको १० मिलिमिटरको दूरीमा पनि यही नियम लागू हुन्छ । यदि फोनमा कुराकानी गरिरहँदा या गोजीमा राखेका बेला तपाईँको डिभाइसले रेडिएसनको यस सीमालाई पार गरेमा यो तपाईाको स्वास्थ्यका लागि खतरनाक हुन्छ ।
के हो मोबाइल रेडिएसन ?
प्रविधि विशेषज्ञका अनुसार डिभाइसलाई रेडिएसनबाट पूर्णरुपमा मुक्त गर्न सकिँदैन । तर केही समयका लागि यसबाट जोगिन भने सकिन्छ । विशेषज्ञका अनुसार फोनलाई चार्जमा राखेर कहिले पनि कुरा गर्नु हुँदैन। यसबेला मोबाइल रेडिएसन १० गुणासम्म बढ्न पुग्छ । सिग्नल कमजोर हुँदा या ब्याट्री डिस्चार्ज हुँदा पनि कल गर्नु हुँदैन। यस क्रममा पनि रेडिएसन स्तर बढेको हुन्छ ।
चार्ज भएका बेला बोल्न आवश्यक परेका बेला ईयरफोन या हेडफोनको प्रयोग गर्नुस् । यसले शरीरमा रेडिएसनको असर कम पर्छ । मोबाइलको रेडिएसनको मानक अधिकतम १.६ वाट प्रतिकिलोग्राम भन्दा बढी हुनु हुँदैन । तर नेपाली बजारमा कुनै अनुगमनबिना जस्ता पनि स्मार्टफोन भित्रिने क्रम जारी छ । रेडिएसनको स्तर मापन नगरी नै नेपालमा चीन र भारत तथा तेस्रो मुलुकबाट जुनसुकै मोबाइल फोन धमाधम आइरहेका छन् ।
यति कुरा याद गरेर दिनरात मोबाइल कम्युटर चलाए पनि आँखालाई केहि हुदैन, जानिराखाैँ
आजभोली आँखा कमजोर नभएको मानिसहरु हुदैनन् । बच्चाको आँखामा समेत चस्मा लगाएकै हुन्छन् । कम्प्युटरमा लगातार बसी रहदा आँखा कमजोर हुने समस्या हुन्छ । निरन्तर मोवाइलमा हेरी रहदा पनि आँखा कमजोर हुन्छ । आँखाको महत्व कति हुन्छ भन्ने कुरा देख्न नसक्नेलाई थाहा हुन्छ । तै पनि आँखा मानव जिवनको लागि निकै महत्वपुर्ण र नभई नहुने अंग हो ।
आँखाको ज्योती राम्रो बनाउन घरेलु खानेकुरामा ध्यान दिन आवश्यक छ । आँखा कमजोर हुने कारण खानेकुराले गर्दा पनि हो । त्यसकारण घरमै पाइने यी सामग्रीबाट प्राकृतिक रूपमै आँखाको ज्योति राम्रो बनाउनुहोस ।