पात्लेपानी पोखरी संरक्षणको प्रखाइमा

नयाँ-ठाउँहरू


आम्चोक गाउँपालिका ६ मा रहेको पात्लेपानी पोखरी एउटा इतिहास बोकेर पनी अझैसम्म ओझेलमा र संरक्षण प्रखाइमा रहेको पाइन्छ ।
मिथकहरु अनुसार ,सत्ययुग ,त्रेतायुग द्वापरयुगहरुमा बढीरहेको पोखरी समय युगहरु परिवर्तन हुदै कलियुग प्रबेशभए संगै पोखरी आकार बढन कलियुगमा पुर्ण बन्दभएको पोखरी आकारमा सिमित रहेको भनाइहरु पाइन्छ ।
यहाँ पोखरीबाट नदी बन्दाबन्दै कलियुग लागेर नदीपोखरी छेउबाट बन्न नसकेको मिथकहरु बुढापाका जनमानसमा अझैसम्म पाइन्छ भूगोलको अध्यनगर्दा पनी पोखरी छेउछाउमा नदीबन्दैगरेको जस्तो आकृति खोल्साहरु पाइन्छ ।
यहाँ पोखरी कहिले नसुक्ने घनाजङ्गलको बीचमा जो कोही एक्लै जान नसक्ने ,कुनै समयमा रहेको पाइन्छ ,यहाँ पोखरीमा भित्रमा कहिलेकाही तामाको गाग्री तैरिरहेको छुन र सममाउन खोजे नसकिने अलपहुने गरेको मिथकहरु अझैसम्म पाइन्छ यस पोखरी भएर यहाँको बाटो कुनै समयमा खोटाङ ,सोलु सम्मको यात्रुहरुले पैदलमार्गको रूपमा प्रयोग तराईसंग गर्ने गरेको पाइन्छ पोखरी नजिकै सिलाढुङ्गा रहेको हुनाले यात्रुहरुले पाती चढाएर यात्रा सफलताको कामना गर्ने गरिएको पाइन्छ यहाँ कुनै समय घनाजङ्गल भएको हुनाले यात्रुलाई एक्लैहिंड्न जो कोही डराउने गर्दथ्यो भने पोखरी कालो न कालो भएको हुनाले नजिकै जान झन डराउने गर्दथ्यो ,जङ्गलमा कहिलेकाही चोरी लुटपाट हत्या सम्म जघन्य अपराध हुने गरेको इतिहास पाइन्छ । यहीँ जङ्गल बीचमा गल्छेडाे बाटो भएको हुनाले लुटपाट गर्न सजिलो रहेको अपराधी मासनिक्ता रहेको ब्याक्ती पाइन्छ ।तर हिजोआज त्यो अवस्था छैन जङ्गल पातलिएको छ भने गल्छेडाेबाटो ग्रामिण सडक निर्माण संगै पुरिएको छ ।
यहीँ अपराधी गतिविधिमा वृद्धिभए संगै पुरानो तिर्ते र बयाङमा यात्रुहरु जम्मा भएर जङ्गलको बाटो काटने गरेको बुढापाकाहरु बताउनु हुन्छ ।
यहीँ अपराधी गतिविधिमा वृद्धि भए संगै स्थानीय जनताहरुको माग अनुसार बयाङ बजारमा प्रहरीपोस्ट स्थापना भएको पाइन्छ भने अझैसम्म पनी इलाका प्रहरी कार्यालय बिधमान रहेको छ।
पोखरी २०६७/८ ग्रामीण सडक अवधारणा आम्चोक ,हतुवा ,सुनबालुवा मुगा अवधारणा बाटो निर्माण संगै पोखरीको माथिल्लो भागबाट ग्रामीण सडक निर्माण संगै डाेजरको प्रभाब र असरबाट कहिले नसुकेको पोखरी हिउँदमा सुक्ने गरेको पाइन्छ ।
अब बैलैमा संरक्षणमा ध्यानाकर्षण नहुने हो भने पोखरी अबको केही बर्ष भित्रमा सिमित मिथक कथामा मात्र हुने देखिन्छ ।

Facebook Comments