अमृत हो तीते करेला: खाएको एक हप्तामै यसरी निको पार्छ भयानक रोगहरु

थाहा पाउनुस् करेलाका फाइदाहरुः

– खानामा रुचि बढाउँछ ।

– छालाको सङ्क्रमण, चिलाउने खटिरा, घाउ आदिलाई हटाउँछ ।

– खाएको कुरा राम्ररी पचाउँछ ।

– पेटसफा राख्दछ ।

– कब्जियत हुन दिँदैन ।

– पेटसम्बन्धी विभिन्न रोगजस्तै, ग्याष्ट्रिक, अल्सर आदिलाई कम गर्दै लैजान्छ ।

– रगत शुद्धीकरण गरी सफा राख्न मद्दत गर्छ ।

– मधुमेह रोगीलाई

– इन्सुलिनको काम गर्छ ।

– यसले छाला सम्बन्धी विभिन्न रोगजस्तै यस्तै हात खुट्टाका जोर्नी दुख्ने वा बाथ रोग भएको, पिसाब पोल्ने, पत्थर भएका, अम्लपित्त, हैजा जस्ता रोगमा करेलाको सेवनबाट फाइदा गर्छ ।

– तीते करेलालाई उमाल्दा यसमा एन्टिअक्सिडेन्ट उत्पन्न हुन्छ, जसले क्यान्सरको सम्भावनालाई घटाउँछ ।

– औषधिको रूपमा तीते करेलको हरेक भाग जस्तै फल, पात, बियाँ, जरा आदि विभिन्न प्रकारका रोगको उपचारका लागि प्रयोग गरिएको पाइन्छ ।

– तीते करेलका बियाँ पेटमा जुका लागेको खण्डमा तीते करेलाको बियाँलाई पिनेर सेवन गरेमा यसले पेटमा भएको जुकालाई बाहिर निकाल्न मद्दत गर्छ ।

– साना केटाकेटीलाई झाडा वा वान्ता भइरहेमा तीनवटा करेलाको बियाँ र तीनवटा मरिच पिनेर धूलो गरी पानीसँग खुवाइदिएमा झाडा वा वान्तारोकिन्छ ।

– मधुमेह रोगीले तीतेकरेलाको धूलो बिहानबेलुका एक एक चम्चा खाइदिएमा यसले इन्सुलिनको काम गर्छ ।

– तीतेकरेलाको पात पिसेर लेप बनाएर लगाएमा छालाको रोग निको हुन्छ ।

– आगाले पोलेको ठाउँमा लगाइदिँदा फाइदा गर्छ ।

– तीते करेलाको पात आगोमा तताएर सिधेनुन सँग खानाअघि खाएमा अम्लपित्त रोगमा फाइदा गर्छ ।

– बर्षा याममा हैजा लागेको शङ्का लागेमा वाहैजाको पहिलो चरणमा छ भने करेलाको रस वा पातको रस खाएमा फाइदा गर्छ । यसका लागि -दुई चिया चम्चा रसमा त्यति नै मात्रा सेतो प्याजको रस मिलाई खानुपर्दछ ।

– तीते करेलाको जरालाई पिसेर लेप बनाएर पाइल्समा लगाए यसले फाइदा गर्छ ।

– तीते करेलाको जराको रसमा बराबरमात्रामा मह वा तुलसीको रस मिसाएर दिनहुँ राति एक महिना जति खाएमा श्वासप्रश्वास समबन्धी रोग जस्तै चिसो लाग्ने, दम, ब्रोन्काइटिस, घाँटीको रोग आदिबाट मुक्ति पाउन सकिन्छ । अन्य उपयोगिता: तीते करेलाको दिनहुँ सेवनले शरीरको तौल कम गर्न वा घटाउन मद्दत गर्छ ।

Facebook Comments
  • Related Posts

    स्वास्थ्यका लागि उपयोगी तीतेपाती र ज्वानो

    “साढे दुई वर्षको बालकलाई दूध ख्वाइरहेकी आमाले मसँग कसरी शिशुको दूध ख्वाउने बानी छुटाउने होला’ भनेर सोधिन्। मैले हरेक पल्ट दूध ख्वाउँदा तीतेपातीको रस स्तनमा लगाइदिनू भनेर सल्लाह दिएँ। दुई…

    भिटामिन झोल र चक्की किनेर खानु पैसाको बर्बादी मात्र ?

    भिटामिन झोल र चक्की किनेर खानु पैसाको बर्बादी मात्र ? बेलायत र अमेरिकाका क्रमशः वारविक विश्वविद्यालय र जन हपकिन्स विश्वविद्यालयका वैज्ञानिकहरूले भनेका छन्,” भिटामिन झोल र चक्की किनेर खानु पैसाको…

    You Missed

    स्वास्थ्यका लागि उपयोगी तीतेपाती र ज्वानो

    स्वास्थ्यका लागि उपयोगी तीतेपाती र ज्वानो

    भिटामिन झोल र चक्की किनेर खानु पैसाको बर्बादी मात्र ?

    भिटामिन झोल र चक्की किनेर खानु पैसाको बर्बादी मात्र ?

    पृथ्वीनारायण शाहको पालामा सिन्धुलिको लडाइँमा अंग्रेजलाई परास्त गर्ने सिकारीको सर्दार बंसु गुरुङ-वंशु गुरुङ- बंस गुरुङ- वंस गुरुङ वा वंश गुरुङ को थिए ?

    Gufa Pokhari, Tinjure and Menchhayem hill

    Gufa Pokhari, Tinjure and Menchhayem hill

    यसरी किरात/बौद्ध र हिन्दुहरुले आ-आफनै संस्कृति अनुसार संयुक्त रुपमा तिहार मनाऊन सकिन्छ

    • By RAISUJAN
    • November 15, 2020
    • 38 views
    यसरी किरात/बौद्ध र हिन्दुहरुले आ-आफनै संस्कृति अनुसार संयुक्त रुपमा तिहार मनाऊन सकिन्छ

    किरात खालिङ राई र चुला

    किरात खालिङ राई र चुला
    error: Content is protected !!