
–डा. चूडाबहादुर श्रेष्ठ
१. शिक्षासम्बन्धी हक
नेपालको संविधान, २०७२ भाग–३ मौलिक हक र कर्तव्य अन्तर्गत धारा–३१ शिक्षासम्बन्धी हक उपधारा (१) मा ‘प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुनेछ’ र उपधारा (२) मा ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तह सम्मको शिक्षा निशुल्क पाउने हक हुनेछ’ भन्ने व्यवस्था छ । त्यस्तै धारा ३९ बालबालिकाको हक उपधारा (२) मा ‘प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकुद तथा संर्वाङ्गीण व्यक्तित्व विकासको हक हुनेछ’ भन्ने उल्लेख गरिएको छ । सोही बमोजिम राज्यले कानून, नीति र कार्यक्रमहरुद्धारा सम्पूर्ण बालबालिकालाई शिक्षाको पहुँचमा पु¥याउनु पर्दछ । तथापि, मुलुकभर करीब ३ लाख १३ हजार २८९ बालबालिका विद्यालय बाहिर रहेका देखिन्छन् । प्राथमिक तहमा नै ८८ हजार २ सय ७ बालबालिका विद्यालय पुग्न सकेका देखिन्दैनन् । यस पृष्ठभूमिमा स्कूल जाने उमेरका ४ लाख १ हजार ४ सय ९६ बालबालिका विद्यालय जान पाएका छैनन् (रुबी रौनियार, ‘किन बिचैमा विद्यालय छाड्छन् विद्यार्थी’, नागरिक, शुक्रबार बैशाख २८, २०७५ ः पृ. ३) । त्यस्तै आर्थिक अवस्थाको कमजोरीले गर्दा राजधानीकै बालबालिका विद्यालयमा छैनन् । भर्ना भएका पनि पाठ्यपुस्तक खरिद गर्न नसकेका कारणले (सुदीप कैनी, ‘राजधानीकै बालबालिका विद्यालय बाहिर’, कान्तिपुर, आइतबार ३० बैशाख २०७५ ः पृ. १४) विद्यालय जान सकेका छैनन् ।
२. विद्यालय भर्नाको अभियान
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा २ वर्षभित्र निरक्षरता उन्मूलन गर्ने अभियानको (नववर्ष वि.सं.२०७५ बैशाख १ गते, शनिबार (अप्रिल १४, २०१८) कर्णाली प्रदेश रारामा आयोजित कार्यक्रमबाट मुगु जिल्लाका ‘मुगुम कर्मारोङ्ग’ बालिकालाई विद्यालय भर्ना गराई अभिभावकत्व लिएका थिए । त्यस अभियानसँगै मुलुकभर पूर्वप्रधानमन्त्री, मन्त्रीगण, जनप्रतिनिधि, सिनेकलाकार, सामाजिक संघसंस्थालगायत समाजसेवीहरुद्धारा उत्साहपूर्वक बालबालिकालाई विद्यालय भर्ना गराउने अभिभावकत्व लिए । ‘विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरणसम्बन्धी अभियान’बारे शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको भनाइमा– ‘यो विद्यार्थी भर्ना अभियान हो, फेसबुक प्रचार अभियान होइन’ प्रत्येक नागरिकले आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निशुल्क पाउने अधिकारलाई मौलिक हकको रुपमा सुनिश्चित, र ‘कोही पनि शिक्षाको पारिलो घामबाट बञ्चित नहुन् भनेर अभियान संचालन गरिएको हो’ (साप्ताहिक खबरपत्रिका हिमाल, ९–१५ बैशाख २०७५ ः पृ.१०) । अपेक्षा गरौं अभियानले सार्थकता पाओस् । अभियानको रुपमा नलिए पनि विगतमा नेपालका राजपरिवार, समाजसेवी एवं विभिन्न सामाजिक संघसंस्थाहरुद्धारा विपन्न, अनाथ, द्धन्द्ध तथा अपराध पीडित, बन्दीका आश्रित बालबालिकालाई शिक्षा तथा पालनपोषणको अभिभारा लिएका थिए । त्यस्ता संख्या हजारौं थिए । राजसंस्था अन्त्यपछिको यस्ता जिम्मेवारी सत्तासीन नेतृत्व एवं सम्बद्ध सक्षम व्यक्तिहरुले लिनु आवश्यक छ । तर, जसरी विद्यालय भर्नाको अभियान तामझामका साथ सत्प्रतिशत बालबालिकालाई स्कूल भर्ना गराउने अठोट राखिएको छ, त्यसरी नै उनीहरुलाई विद्यालयमा निरन्तरता (रिटेन) दिने व्यवस्था हुनुपर्दछ ।
३. स्कूल–ड्रप–आउटका प्रकृति
नेपालमा जुनसकै काम पनि सुरुसुरुमा अभियानको रुपमा बाजागाजासहित प्रारम्भ गरिन्छ । जसरी यतिखेर बालबालिकालाई विद्यालय प्रवेश गराउनमा सबैको ध्यान केन्द्रीत छ । तर, विद्यालय पुगेकामध्ये कति प्रतिशत बालबालिकाले माध्यमिक÷आधारभूत शिक्षालाई निरन्तरता दिइरहेका छन् । तीमध्ये कति? कहिले ? के–कारणले? विद्यालय छाड्छन् (स्कूल–ड्रप–आउट हुन्छन्) । स्कूल–ड्रप–आउट हुने बालबालिकाको अवस्था÷भविष्य कस्तो हुन्छ ? त्यस्ता बालबालिकाले परिवार÷समाजलाई कस्तो प्रभाव पारिरहेका छन् ? सम्बद्ध परिवार÷अभिभावक, विद्यालय तथा राज्य संयन्त्रबाट बुझ्न÷जान्न आवश्यक छ । साधारणतया ः अध्ययन पूरा नगरी नै विद्यालय छाड्ने (ड्रप–आउट) का संख्या वर्षेनी बढिरहेका छन् । भनिन्छ, ‘पारिवारिक विखण्डन,’ ‘गरिबी र अभिभावकमा शैक्षिक चेतनाको अभाव’, ‘ घरदेखि टाढा विद्यालय’ ‘भौगोलिक दुर्गमता’ ‘साँस्कृतिक अवस्था’ ‘विद्यालयमा बुलिङ्ग’, ‘पक्षपात एवं, अपमानजन्य व्यवहार’, ‘परीक्षामा असफल’ आदि कारणले गर्दा विद्यार्थीहरु– स्कुल ड्रप–आउट हुन्छन् भन्ने अनुमान लगाइन्छ ।
(क) सरकारी विद्यालयमा बढी ड्रप–आउट
निजी÷प्राइभेटमा भन्दा सरकारी विद्यालयमा शैक्षिक सत्रको बीचैमा पढाई छाड्ने विद्यार्थीको संख्या अत्यधिक हुने तथ्याङ्क छ । मकवानपुर जिल्लाको हेटौडा–२ मा रहेको सिदार्थ माध्यमिक विद्यालयका सहायक प्राध्यापक सागरप्रसाद खतिवडाका अनुसार गत शैक्षिक सत्रमा कक्षा–९ मा २ सय ५ विद्यार्थी भर्ना भएकोमा १ सय ६० मात्र परीक्षामा सहभागी भए । एकै कक्षामा ४५ जना टिन–एजर विद्याथीले विद्यालय छाडे । शिक्षा कार्यालय मकवानपुरका सहायक शिक्षा अधिकारी शम्भुप्रसाद पौडेलले जनाएअनुसार जिल्लाको तथ्याङ्कमा ७२ प्रतिशत (कान्तिपुर संवाददाता ः बिहिबार बैशाख २७, २०७५ ः पृ. १७) ड्रप आउट छ । समग्रमा मुलुकभर एक दशकमा ९ लाख भन्दा बढीले बीचैमा कक्षा छाडेको (स्कूल–ड्रप–आउट) हुने गरेका देखिन्छन् । २०६५ सालमा कक्षा १ मा १३ लाख ६२ हजार ९ सय २० विद्यार्थी भर्ना भएकामध्ये अर्थात २०७४ सालको कक्षा १० को परीक्षा (एसइई) मा प्राविधिकसहित कूल ४ लाख ६१ ह्जार ५ सय १५ जना मात्र सहभागी हुन पुगे । जसअनुसार एकदशकमा ९ लाख १ हजार ४ सय ५ विद्यार्थीहरुले बीचैमा स्कूल–ड्रप–आउट भए । यसले बालबालिका तथा टिन–एजहरुको स्कुल–ड्रप–आउट हुने प्रवृत्ति÷गतिविधि कहालीलाग्दो देखाउँछ ।
(ख) स्कूल ड्रप–आउट हुने कारणहरु
आर्थिक अभाव
शिक्षा विभागको उपनिर्देशकका अनुसार अधिकांश विद्यार्थीहरु अत्यन्त गरिबीको कारणले १ देखि ५ पुग्दा कक्षा छाड्ने गरेका छन् । ८ कक्षामा पुग्दा झन्डै आधा विद्यार्थीले स्कूल छाडने गरेको तथ्याङ्क देखाइएको छ (रुबी रौनियार, ‘किन बिचैमा विद्यालय छाड्छन् विद्यार्थी’, नागरिक, शुक्रबार बैशाख २८, २०७५ ः पृ. ३) । सामुदायिक विद्यालयमा आउने विद्यार्थीहरु न्यून आय भएको गरिवी, अशिक्षा, खाद्य असुरक्षा मुख्य हुन् ।
अभिभावकमा चेतनाको कमी
पिछडिएको वर्ग, समुदाय क्षेत्र एवं भौगोलिक तथा साँस्कृतिक परिवेशका कतिपय अभिभावकहरुमा आफ्ना बालबालिकालाई विद्यालय पठाउनुपर्छ भन्ने जागरण र चेतनाको अभाव देखिन्छ । विभिन्न घरायसी समस्याका साथै एकै परिवारको धेरै बालबालिका भएको कारणबाट पनि विद्यालय पठाउन सकिरहेको देखिन्दैन ।
बसाईसराई
दुर्गम, पिछडिएका भेग, विपन्न परिवार एवं विभिन्न प्रकृतिका विपद्बाट प्रभावित कतिपय व्यक्ति÷अभिभावकहरु आफ्ना थातथलो छाडी रोजगारी, आयआर्जन एवं सुरक्षित बसोबासका लागि बसाइसराइ गर्नु परेको कारणबाट त्यस्ता परिवारका बालबालिका स्कूल पुग्न सक्दैनन्÷गएका पनि ड्रप–आउट हुने सम्भावना बढ्दो हुन्छ ।
बालमैत्री शैक्षिक वातावरणको अभाव
विद्यालयमा बालमैत्री पढाईको अभाव, कक्षामा बुलिङ्ग हुने, असुरक्षित महशुश गर्ने आदि कारणले पनि विद्यालय छाड्ने गर्छन् (कान्तिपुर संवाददाता ः बिहिबार बैशाख २७, २०७५ ः पृ. १७) ।
साथीसंगतिको प्रभाव
ड्रप–आउट हुने टिन–एजरहरुले जीवनमा आइपर्ने सम्भावित खतरा÷चुनौतीहरु– नसोची÷नबुझि खराव आचरणका साथीसंगति (पियर– गु्रप)को बहकाऊ÷लैही–लैहीमा लाग्छन् । त्यस्ताले शुरु–शुरुमा अभिभावक÷शिक्षकहरुलाई छलेर÷ढाटेर कक्षा छाड्छन् (स्कूल बङ्क) गर्छन । अनि धुम्रपान÷मद्यपान (हुक्का÷सिगरेट÷अल्कोहल) सेवनको लतमा पुग्छन् । त्यसपछि सिनेमाघर र एकान्तस्थलको खोजी गर्दै स्कुल–ड्रप–आउटसँगै घर, परिवार र विद्यालयबाट टाढिन्छन् । यस्ता घटना दिनहुँ वृद्धि भइरहेका छन् । टिन–एज किशोर–किशोरी बेपत्ता भएका÷हराएका सूचना संचार माध्यम÷प्रहरीमा आउने क्रम बढ्दो छ ।
आईटी सामाजिक संजाल
बालविवाह
बालविवाहका कारणले धेरैजसो बालिका विद्यालय छाड्न् (स्कूल–ड्रप–आउट गर्छन् । यस्तो संख्या मुलुकभर बढ्दो छ । पढाईको सिढीमा अवरोध र काल्पनिकभन्दा यथार्थ जीवन फरक पाएँपछि कतिपय पछुताउँदै घर फर्कन्छन् । अधिकांश त्यस्ता किशोर–किशोरीको भावी जीवन सुखप्रद् हुँदैन ।
३. ड्रप–आउटको प्रतिनिधिमूलक घटना
बसुन्धारास्थित ईशान बाल अस्पताल छेउछाउमा ठेलामा तरकारी, फलफूल बेच्ने व्यापारी र ग्राहकहरुको घुइँचो बिहानैदेखि देखिन्छ । त्यसमध्ये आलु–प्याज विक्री गर्ने एक अधबैशे व्यवसायी जो, सधैं मास्क प्रयोग गरेको देखिन्छन् । पंक्तिकारले प्राय ः आलु–प्याज त्यही मास्क प्रयोग गर्ने व्यवसायीसँग खरिद गर्छ÷गथ्र्यो । एकदिन पंक्तिकारले त्यस व्यापारीसँग पारिवारिक एवं उसको स्वास्थ्यबारे जिज्ञासा राख्यो । निज व्यवसायी भक्तबहादुर घर्तीमगर (नाम परिवर्तन) को प्रदेश नं ५ दाङ जिल्ला बिजौरी नगरपालिका–८ मा घर रहेछ । नियमित उपचारको लागि काठमाण्डौं आउनु परेकोले निज लामो समयदेखि टोखा नगरपालिका–८ बसुन्धारामा डेरा लिई जीविकोपार्जनको लागि ठेलामा आलुप्याज व्यवसाय गर्दा गरेछन् । घर्तीमगर दम्पत्तिको एक छोरा र एक छोरी रहेछन् । छोरो वैदेशिक रोजगारको लागि ५÷६ वर्षअघि नै मलेशिया गएको रहेछ । गएको १÷२ वर्षसम्म छोरासँग फोन सम्पर्क हुन्थ्योरे । त्यसपछि मलेसिया पुगेको छोरो सम्पर्कबिहीन भएकोले खोजखबरको प्रयासमा रहेछन् ।
निज भीमबहादुर घर्तीमगरकी श्रीमति बसुन्धारास्थित एक नाम चलेकै निजी (प्राइभेट) स्कूलमा सहयोगीको काममा रहेछिन् । त्यही विद्यालयमा मगरदम्पत्तिको छोरी (नाम उल्लेख नगरिएको) बोलाउने नाम कान्छी कक्षा–८ मा अध्ययन गर्दि रहिछिन् । मगरपरिवारको आर्थिक स्थितिलाई दृष्टिगत गरी पंक्तिकार आवद्ध संस्थामार्फत शैक्षिक वर्ष २०७४ मा कक्षा–८ को लागि आवश्यक पर्ने वर्षभरिको शैक्षिक साम्रागीहरु उपलब्ध गराईयो । त्यसपछि निरन्तर रुपमा तरकारी व्यवसायीसँग भेट भइरहन्थ्यो । छोरी कान्छीको पढाई हालखबर पनि सोधिने गरिन्थ्यो । त्यस्तैमा गत वर्ष २०७४ साल माघ–फाल्गुन महिनातिर पंक्तिकारले व्यवसायी दम्पत्तिसँग छोरीको पढाईबारे सोधनी ग¥यो । पंक्तिकारको प्रश्नको उत्तर दिन दुवै जनालाई असहज भएको महसुश गरे । भीमको श्रीमतिको आँखामा आँसु भरिएको देखियो । उनीहरुले मुस्किलले जवाफ दिए । छोरीले स्कूल छाडि । कुनै ४÷५ कक्षासम्म पढेको एकजना तन्नम् गजेडीसँग हिडिछे । विपन्न परिवारको एक्ली छोरी स्तरीय स्कूलमा अध्ययन गर्ने अवसर पाउँदा–पाउँदै पनि भविष्यको हेक्का नराखी स्कूल छाड्नु दु ः खद् समाचार हो । पंक्तिकार पनि भारी मन लिएर फर्कियो ।
त्यसको ३÷४ हप्तापछि तनम् गजेडीसँग छुटिएर बाबुआमाकै घरमा आइपुगेको समाचार सुनाए । तर, उसको पढाई चौपट भएजस्तो लाग्छ । पंक्तिकारले भीमकी श्रीमतिलाई भेटेर छोरीको मेडिकल जाँच गराउने सल्लाह दियो । ‘।।कान्छीको ८ कक्षाको परीक्षा छुटीसकेको हुँदा त्यही कक्षामा कुनै सार्वजनिक विद्यालयमा भर्ना गराउने प्रयास गर्नुस् । आवश्यक सहयोग गरांैला । जे होस् खराब साथीसंगती र सहि निर्णय गर्नु नसक्दा कान्छी जस्ता धेरै किशोरीहरुको भविष्य कहालीलाग्दो हुन सक्छ । यस्ता घटनाहरु रोकथाम÷नियन्त्रणका लागि पारिवारिक, विद्यालय, सामाजिक एवं सम्बद्ध निकायहरुबाट सचेतना जागृत र निगरानी राख्न आवश्यक हुन्छ ।
स्कूल ड्रप–आउट रोकथामका उपायहरु
स्कूल–ड्रप–आउट हुनबाट जोगाउने अभियानमा समेत त्यतिकै मात्रामा अभिभावक÷परिवार एवं सम्बद्ध निकायहरु लागि पर्नुपर्ने हुन्छ । शिक्षाको पहँुचबाट बञ्चित भएकालाई पनि विभिन्न औपचारिक एवं अनौपचारिक शैक्षिक कार्यक्रममार्फत मुलुकभर साक्षर गराउने योजना र कार्यक्रमहरु संचालित छन् । त्यससम्बन्धी व्यावहारिक एवं सैद्धान्तिक उपलब्धी र चुनौतीबारे मिहिन रुपमा अध्ययन अनुगमन र विश्लेषण हुनु जरुरी छ ।