नचाहिने औषधि

मैले केही वर्षअघि डा. रमेशकान्त अधिकारी (वरिष्ठ बालरोग विशेषज्ञ) संँग भिटामिनका चक्की झोल र बालबालिकाको स्वास्थ्यबारे जिज्ञासा राखेकी थिएँ । ‘पोषणयुक्त खानाको सट्टा मान्छेले सिसीमा भएको महँगो भिटामिनको झोल खान्छन् । कुनै पनि वैज्ञानिक अनुसन्धानले भिटामिन झोलका रूपमा खानुपर्छ भनेर पुष्टि गर्दैन ।हामी स्वास्थ्यकर्मीले भिटामिन बोतलका झोल वा औषधिका रूपमा प्रयोग गर्नु पर्दैन, तिनको औचित्य छैन भन्ने जानकारी दिनसकेकाछैनौं । धेरै जनालाई यसबारे भ्रम छ,’ उनको भनाइ थियो ।

बिरामको चापले होला, स्वास्थ्यकर्मीले झोल भिटामिन चाहिँदैन भनेर बुझाउनुको सट्टा त्यही भिटामिन औषधि लेखेर दिन्छन् । घरमा पाइने र स्थानीय रूपमा उपलब्ध हुने खाद्य वस्तुको उचित प्रयोग गरेर प्राय: सबै किसिमका भिटामिन पाउन सकिन्छ ।औषधि व्यवसायमा लागेका एक व्यक्तिले मलाई भने, ‘भिटामिनको सिसी किन्ने मानिसलाई म भन्छु– त्यसमा देखाइएको फलफूलको फोटो घरमा टाँस्न किने हुन्छ । भिटामिनको सिसीले भने स्वास्थ्यलाई कुनै फाइदा गर्दैन ।’कतिजना आमाबुबा छोराछोरीले खाना खाएन भनेर भोक बढाउने औषधि किन्न चाहन्छन् । ‘साइप्रोहेप्टाडिन’ नामक भोक बढाउने सिसी जताततैका औषधि पसलमा देखिन्छ । बेलायतमा यो एलर्जी भएको व्यक्तिलाई दिइन्छ । ‘भोक बढ्नु र तौल बढ्नु’ त्यो औषधिको नराम्रो असर (साइड इफेक्ट) हो । नेपाल र भारतमा त्यही साइड इफेक्टलाई राम्रो भन्ठानेर कतिपय आमाबाबुले बच्चाका लागि किन्छन् ।

चिकित्साशास्त्र अध्ययन संस्थानका एक डाक्टरले भनेका थिए, ‘भोजन पचाउन भनेर दिइने बिभिन्न खाले मल्टी भिटामिन औषधि
र रगत बढाउने नाममा दिइने औषधिबेकार छन् ।’

अक्सफामबाट प्रकाशित किताब ‘बिटर पिल्स’मा डायना मेलरोजले लेखेकी छन्– यो औषधिको तेस्रो विश्वका लागि गरिने विज्ञापनमा भनिएको छ, ‘बच्चालाई दिन सकिन्छ । यसले कलेजोमा प्रभाव पार्दैन ।’ त्यही औषधिको विज्ञापनमा बेलायतमा लेखिएको छ, ‘कलेजोमा कुप्रभाव पर्छ, बच्चालाई दिनु हुँदैन ।’ यसरी विभिन्न औषधिका कम्पनीले तेस्रो र प्रथम विश्वका लागि भिन्नाभिन्नै मापदण्ड अपनाई एकातिर गलत ज्ञान दिइएको छ ।

भिटामिन, क्याल्सियम आदि बनाउने कम्पनीका मालिकका छोराछोरी वा श्रीमतीले पक्कै यस्ता भिटामिनका झोल खाँदैनन् । उनीहरूलाई यसले फाइदा गर्दैन भन्ने थाहा हुन्छ । तर अन्य मानिसलाई बेचे उनीहरूको ‘अर्थ’ बढ्छ ।

कोही कुपोषण भयो, कमजोर भयो कि भिटामिनको कमी भएको छ भन्ने । कमैहुन्छ मानिसलाई मात्र थाहा हुन्छ कि दैनिक भोजनलाई सन्तुलित बनाए शरीरमा पर्याप्त भिटामिन पुग्छ । हामीलाई भिटामिन एकदमै कम मात्रामा चाहिने भए पनि यिनको ठूलो महत्त्व छ । बिरामीले ‘लौ न एउटा भिटामिन लेखिदिनुस्’ भनेर आग्रह गर्दा लामो कुरा गरेर सम्झाउनुको साटो ‘लौ त’ भनेर भिटामिन लेखिहाल्ने प्रवृत्तिको अन्त्य जरुरी छ ।
Dr. Aruna Uprety

Facebook Comments
  • Related Posts

    स्वास्थ्यका लागि उपयोगी तीतेपाती र ज्वानो

    “साढे दुई वर्षको बालकलाई दूध ख्वाइरहेकी आमाले मसँग कसरी शिशुको दूध ख्वाउने बानी छुटाउने होला’ भनेर सोधिन्। मैले हरेक पल्ट दूध ख्वाउँदा तीतेपातीको रस स्तनमा लगाइदिनू भनेर सल्लाह दिएँ। दुई…

    भिटामिन झोल र चक्की किनेर खानु पैसाको बर्बादी मात्र ?

    भिटामिन झोल र चक्की किनेर खानु पैसाको बर्बादी मात्र ? बेलायत र अमेरिकाका क्रमशः वारविक विश्वविद्यालय र जन हपकिन्स विश्वविद्यालयका वैज्ञानिकहरूले भनेका छन्,” भिटामिन झोल र चक्की किनेर खानु पैसाको…

    You Missed

    स्वास्थ्यका लागि उपयोगी तीतेपाती र ज्वानो

    स्वास्थ्यका लागि उपयोगी तीतेपाती र ज्वानो

    भिटामिन झोल र चक्की किनेर खानु पैसाको बर्बादी मात्र ?

    भिटामिन झोल र चक्की किनेर खानु पैसाको बर्बादी मात्र ?

    पृथ्वीनारायण शाहको पालामा सिन्धुलिको लडाइँमा अंग्रेजलाई परास्त गर्ने सिकारीको सर्दार बंसु गुरुङ-वंशु गुरुङ- बंस गुरुङ- वंस गुरुङ वा वंश गुरुङ को थिए ?

    Gufa Pokhari, Tinjure and Menchhayem hill

    Gufa Pokhari, Tinjure and Menchhayem hill

    यसरी किरात/बौद्ध र हिन्दुहरुले आ-आफनै संस्कृति अनुसार संयुक्त रुपमा तिहार मनाऊन सकिन्छ

    • By RAISUJAN
    • November 15, 2020
    • 47 views
    यसरी किरात/बौद्ध र हिन्दुहरुले आ-आफनै संस्कृति अनुसार संयुक्त रुपमा तिहार मनाऊन सकिन्छ

    किरात खालिङ राई र चुला

    किरात खालिङ राई र चुला
    error: Content is protected !!