अनारको सेवन – किड्नी सफाई देखि अनुहारमा निखार ल्याउन

 मिठो हुने रातो रङको अनारको दाना या जुस सबैले मन पराउछन् । अनार स्वाथ्यको लागि निकै हितकर मानिन्छ । बिरामीहरुलाई अनार बढि खान दिईन्छ । यसले इनर्जी दिने हुँदा असक्त तथा बिरामीहरुलाई दिईएको हो । अनारमा भिटामिन , मिनीरल्स जस्ता तत्वहरु हुन्छ ।

अनारको जुसले कलेजोको रक्षा मात्र गर्दैन मदिरा वा अन्य पर्दाथले कलेजोमा कुनै प्रकारको हानी गरेमा उपचारको काम पनि गर्छ । कलेजोलाई प्रभावकारी ढंगले कार्य गर्न सहयोग गर्छ । यसको जुसले भोक बढाउँछ, तिर्खा नियन्त्रण गर्छ, पाचन प्रणालीलाई सुधार गर्छ र कब्जियतको समस्या हटाउँछ । चाउरी, आँखा मुनि आउने कालो धब्बा, पिम्पल लगायतका समस्या बाट बचाँउछ । नियमित रुपमा अनार खाँदा कपाललाई बलियो बनाउँछ र झर्नबाट बचाउँछ ।

अनारले किड्नीको फिल्टर प्रक्रियालाई रक्षा गर्छ । फिल्टर प्रक्रियाले शरिरबाट हानिकार बिकार फाल्ने काम गर्छ । ताजा अनारले पखला लागेका र रगतमासी भएका बिरामीलाई तुरुन्तै राहत दिन्छ । अनारले शरिरमा कोलेस्ट्रको मात्रा घटाउँछ, मुटुका धमनीलाई बलियो र लचिलो बनाउँछ । अनारमा हुने भिटामिन, खनिजले समय नपुगी बच्चा जन्मने खतराबाट बचाउने तथा बच्चाको तौल बढाउन मद्धत गर्छ । अनारमा हुने पोटासियमले गर्भवती महिलालाई मर्निङ सिकनेसबाट बचाउँछ ।

अनारको पातको पनि फाइदा हुने अध्ययनले पत्ता लगाइसकेका छन् । एक नया रिसर्चका अनुसार अनारले मात्र नभई अनारको हरियो पात पनि फाइदाजनक मानिन्छ ।अनारको हरियो पातको पेस्ट लगाउनाले अनुहार स्वस्थ देखिन्छ । आउनुहोस जानौं अनारको हरियो पत्ताले हामीलाई कसरी फाइदा दिने गर्छ ।

तपाई आफनो अनुहारमा आएको डन्डिफोरले दुखित हुनुहुन्छ भने अनारको हरियो पत्ताको पेस्ट लगाउनाले यो समस्याबाट मुक्ति पाउन सक्नुहुन्छ । यस बाहेक अनारको दानालाई मसिनो गरि पिधेर अनुहारमा लगाउन सक्नुहुन्छ र अनारको जुस दैनिक सेवन गर्नाले पनि तपाईको अनुहार सफा र चम्कीलो हुन जान्छ ।

अनारले अनुहारको छालामा रहेका स साना कोषहरुलाई बचाइ राख्न मद्धत गर्छ । जसले तपाई सधै युवा देखिन सक्नुहुन्छ । अनारको तेलले अनुहारलाई पौष्टिकता प्रदान गरेर अनुहारमा चमक ल्याउछ ।

Facebook Comments
  • Related Posts

    स्वास्थ्यका लागि उपयोगी तीतेपाती र ज्वानो

    “साढे दुई वर्षको बालकलाई दूध ख्वाइरहेकी आमाले मसँग कसरी शिशुको दूध ख्वाउने बानी छुटाउने होला’ भनेर सोधिन्। मैले हरेक पल्ट दूध ख्वाउँदा तीतेपातीको रस स्तनमा लगाइदिनू भनेर सल्लाह दिएँ। दुई…

    भिटामिन झोल र चक्की किनेर खानु पैसाको बर्बादी मात्र ?

    भिटामिन झोल र चक्की किनेर खानु पैसाको बर्बादी मात्र ? बेलायत र अमेरिकाका क्रमशः वारविक विश्वविद्यालय र जन हपकिन्स विश्वविद्यालयका वैज्ञानिकहरूले भनेका छन्,” भिटामिन झोल र चक्की किनेर खानु पैसाको…

    You Missed

    स्वास्थ्यका लागि उपयोगी तीतेपाती र ज्वानो

    स्वास्थ्यका लागि उपयोगी तीतेपाती र ज्वानो

    भिटामिन झोल र चक्की किनेर खानु पैसाको बर्बादी मात्र ?

    भिटामिन झोल र चक्की किनेर खानु पैसाको बर्बादी मात्र ?

    पृथ्वीनारायण शाहको पालामा सिन्धुलिको लडाइँमा अंग्रेजलाई परास्त गर्ने सिकारीको सर्दार बंसु गुरुङ-वंशु गुरुङ- बंस गुरुङ- वंस गुरुङ वा वंश गुरुङ को थिए ?

    Gufa Pokhari, Tinjure and Menchhayem hill

    Gufa Pokhari, Tinjure and Menchhayem hill

    यसरी किरात/बौद्ध र हिन्दुहरुले आ-आफनै संस्कृति अनुसार संयुक्त रुपमा तिहार मनाऊन सकिन्छ

    • By RAISUJAN
    • November 15, 2020
    • 27 views
    यसरी किरात/बौद्ध र हिन्दुहरुले आ-आफनै संस्कृति अनुसार संयुक्त रुपमा तिहार मनाऊन सकिन्छ

    किरात खालिङ राई र चुला

    किरात खालिङ राई र चुला
    error: Content is protected !!