शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेतालाई ५० लाख

काठमाडौँ, भदौ ३१ गते । चार वर्षपछि हुन लागेकोे शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको विजेता टोलीले रु ५० लाख पाउने भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विजेता टोलीलाई रु ५० लाख दिने निर्णय भएको एन्फाका महासचिव इन्द्र्रमान तुलाधरले जानकारी दिनुभयो । प्रतियोगितामा उपविजेता हुने टोलीले रु ३५ लाख पाउनेछन् भने तेस्रो हुनेले रु २५ लाख पाउनेछन् ।

चौंथोले रु १५ लाख, पाँचांैले रु सात लाख र छैटौंले रु पाँच लाख पाउनेछन् । प्रतियोगितामा फेयर प्ले टोलीले रु एक लाख पाउने छन् । प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई रु ५० हजार दिनेछ भने म्यान अफ दि म्याच घोषित हुने खेलाडीले रु १० हजार प्राप्त गर्नेछन् । लिग अवधिभर उत्कृष्ट खेल प्रर्दशन गर्ने मिड फिल्डर, डिफेन्डर, फरवार्ड, गोलकिपर र प्रशिक्षकले एक एक थान मोटरसाइकल पाउनेछन् । तीन विभागीयसहित १४ टोली सहभागी उक्त प्रतियोगिता आगामी असोज १३ गतेदेखि पुस महिनासम्म चल्नेछ ।

प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल (एपिएफ), त्रिभुवन आर्मी, थ्री स्टार, मनाङ मस्र्याङ्दी, जावलाखेल युथ, फ्रेन्ड्स, सङ्कटा, मछिन्द्र, सरस्वती युथ, च्यासल युथ, न्युरोड टिम (एनआरटि) ,ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले प्रतिस्पर्धा गर्नेछन् । उक्त प्रतियोगिताको लागि क्लबहरुले १८ देखि ३५ खेलाडी अनुबन्धित गर्न सक्ने एन्फाले जनाएको छ । जसमा चार विदेशी खेलाडी राख्न पाउने छन् । लिग विजेता टोलीले एएफसी एसियन कप फुटबल २०१९ मा सहभागिता जनाउन पाउनेछन् ।

प्रतियोगितामा उत्कृष्ट घोषित हुने फरवार्ड, डिफेन्डर , मिडफिल्डर, गोलकिपर र प्रशिक्षले एक एक थान बाइक पाउनेछन् । यसपटकको लिगमा म्याच फिक्सिङ रोक्न एन्फाले नयाँ कमिटीसमेत गठन गरेको छ भने सिसी क्यामेराको जडानसमेत गरिने एन्फाले जनाएको छ । लिग तयारीको लागि एन्फाले क्लबलाई रु २० लाख उपलब्ध गराउने छ । उक्त प्रतियोगिताको लागि रु पाँच करोड ८० लाख खर्च लाग्ने एन्फाले जनाएको छ । प्रतियोगिताको खेल भने सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र हल्चोकस्थित सशत्र प्रहरी बलको (एपिएफ ) मैदानमा हुनेछ ।

-रासस

Facebook Comments
  • Related Posts

    जस्ले अरुको भलो गर्दै हिड्छ उसैलाई झन ठूलो बज्रपात परेको हुन्छ यहाँ

    एकपटक एउटा किसानको घोडा बिरामी भएछ ।उसले त्यसको उपचारको लागि डाक्टरलाई बोलायो । डाक्टरले घोडालाई राम्रो सित नियाल्दै भने ” तपाइको घोडालाई धेरै गम्भीर बिरामीले समातेको छ । मैले तीन…

    नेपाली लेग स्पिनर सन्दीप लामिछाने बने विश्वकै सर्वाधिक विकेट लिने स्पिनर !

    काठमाडौँ – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सन् २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बनेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का अनुसार सन् २०१९ को जनवरीदेखि मे १ सम्म सन्दीपले…

    You Missed

    स्वास्थ्यका लागि उपयोगी तीतेपाती र ज्वानो

    स्वास्थ्यका लागि उपयोगी तीतेपाती र ज्वानो

    भिटामिन झोल र चक्की किनेर खानु पैसाको बर्बादी मात्र ?

    भिटामिन झोल र चक्की किनेर खानु पैसाको बर्बादी मात्र ?

    पृथ्वीनारायण शाहको पालामा सिन्धुलिको लडाइँमा अंग्रेजलाई परास्त गर्ने सिकारीको सर्दार बंसु गुरुङ-वंशु गुरुङ- बंस गुरुङ- वंस गुरुङ वा वंश गुरुङ को थिए ?

    Gufa Pokhari, Tinjure and Menchhayem hill

    Gufa Pokhari, Tinjure and Menchhayem hill

    यसरी किरात/बौद्ध र हिन्दुहरुले आ-आफनै संस्कृति अनुसार संयुक्त रुपमा तिहार मनाऊन सकिन्छ

    • By RAISUJAN
    • November 15, 2020
    • 19 views
    यसरी किरात/बौद्ध र हिन्दुहरुले आ-आफनै संस्कृति अनुसार संयुक्त रुपमा तिहार मनाऊन सकिन्छ

    किरात खालिङ राई र चुला

    किरात खालिङ राई र चुला
    error: Content is protected !!