RAISUJAN.COM.NP

Exploring new Places, Culture, Tradition, Health, Technology, Entertainment, & Ideas

कुन परिकार कतिवेला खाँदा के फाइदा/बेफाइदा हुन्छ

भोक मेटाउन जतिबेला जुन खाना भेट्यो त्यही खाने धेरैको बानी हुन्छ कुन परिकार कतिवेला खाँदा के फाइदा/बेफाइदा हुन्छ भन्ने ज्ञान धेरैमा हुँदैन खानेकुराको मामिलामा पोषणविज्ञहरूसँग राय, सुझाव लिने चलन पनि हामीकहाँ छैन पोषणविज्ञहरूका अनुसार खानाअनुसार खाने समय मिलाउँदा शरीरलाई फाइदा पुग्छ भने उल्टोपाल्टो पर्दा बेफाइदा हुन्छ

भात

राति भात खानु ठीक होइन भन्ने कतिपयको बुझाइ छ, तर राति भात खानु राम्रो हुने पोषणविज्ञहरू बताउँछन् । भात छिटो र राम्रोसँग पच्छ जसले गर्दा राति निद्रा पनि राम्रो लाग्छ । यद्यपि राति थोरै भात खानुपर्छ । बिहान र बेलुका दुवै छाक भात खानुचाहिँ ठीक होइन । यसले मधुमेह बढाउन सक्छ ।

दही

दही खाने उत्तमसमय दिउँसो हो । दिउँसो दही खाँदा पेट पनि दुरुस्त रहन्छ । राति दही खानु हुँदैन । राति दही खाँदा रुघाखोकी तथा कफको समस्या सिर्जना हुनसक्छ ।

चिनी

चिनी पनि दिउँसो नै खानु उपयुक्त हुन्छ । राति गुलियो खाँदा मधुमेहको खतरा वृद्धि हुन्छ । राति चिनी खाँदा राम्रोसँग निद्रा नलाग्न सक्छ ।

ओखर

राति सुत्नुअघि स्न्याक्सका रूपमा ओखर खानु उपयुक्त हुन्छ । यसले शरीरमा मेलाटोनिन हार्मोन बनाउने काम गर्छ । मेलाटोनिनले राम्रो निद्रा लगाउँछ ।

केरा

व्यायामपछि केरा खाँदा राम्रो ऊर्जा प्राप्त हुन्छ । केरा पनि दिउँसो खानु राम्रो मानिन्छ । दिउँसो खाएको केराले लामो समयसम्म भोक लाग्न दिँदैन । सुत्नुअघि केरा खानु उपयुक्त हुँदैन, राति केरा खाँदा चिसो लाग्ने सम्भावना हुन्छ ।

दाल

बिहान र दिउँसोको खानासँग दाल खानु राम्रो हो । दिउँसो दाल खाँदा राम्रोसँग पच्ने र पेटमा ग्याँस भरिने खतरा हुँदैन । राति भने सकेसम्म दाल खानु हुँदैन, किनभने दाल छिटो पच्दैन ।

चिज

चिज बिहान खानु राम्रो मानिन्छ । साँझ वा राति चिज खाँदा पचाउन गाह्रो हुन्छ भने शरीरको तौल बढ्ने जोखिम वृद्धि हुन्छ ।

दूध

दूध राति पिउनु उपयुक्त हुन्छ । सुत्नुअघि दूध पिउँदा राम्रो निद्रा लाग्छ । त्यसो त दूध जुनसुकै बेला पनि पिउन सकिन्छ ।

कफी

कफी बिहान पिउनुपर्छ । बिहान पिइएको कफीले शरीरलाई ऊर्जा प्रदान गर्छ भने निद्रासमेत लाग्न दिँदैन । साँझ ७ बजेपछि कफी पिउनुहुँदैन किनभने त्यसले निद्रालाई प्रभावित तुल्याउँछ ।

लसुनले हटाउँछ अनुहारको चाउरी

काठमाडौं : लसुन अ‌ौषधीय तत्व भएको खान्की हो। यो मानव स्वास्थ्यका लागि निकै उपयोग मानिन्छ। यसको नियमित सेवनबाट स्वास्थलाई धेरै फाइदा हुन्छ। प्रायजसो लसुन मसलाको रुपमा प्रयोग गरिन्छ। यसले खाना स्वादिलो बनाउनमा विशेष भूमिका खेल्छ।यतिमात्र नभएर लसुनको प्रयोगबाट पेटसम्बन्धी कतिपय समस्याबाट बच्न सकिन्छ।

लसुनलाई विभिन्न परिकारसँग मिलाएर खान सकिन्छ। यसबाट अचार पनि बनाउन सकिन्छ।दाल र तरकारी झान्नका लागि पनि लसुनको प्रयोग गर्न सकिन्छ।लसुन,अदुवा र टमाटर मिलाएर बनाएको अचार खाँदाको मज्जा नै बेग्लै हुन्छ।

लसुन छालाका लागि पनि महत्वपूर्ण मानिन्छ।यसको प्रयोगबाट छालालाई स्वस्थ र सफा राख्न सकिन्छ। यसमा एन्टिएजिंग तत्व प्रशस्त मात्रामा रहेको हुन्छ।यसको सेवनबाट उमेर नपुग्दै छालामा आउने चाउरीबाट बच्न सकिन्छ। 

लसुनबाट हुने फाइदाहरु

लसुनको रस निकालेर अनुहारको छालामा लगाउँदा दाग धब्बा हटेर जान्छ।  

लसुनको एउटा पोटी पिसेर बनाएको पेष्टमा टमाटरको रस मिलाएर अनुहारको छालामा लगाउँदा यसले बन्द भएका प्वालहरु खुलाउँछ। जसले गर्दा त्यहाँ भएको फोहोर बाहिर निस्किन्छ छाला सफा चम्किलो देखिन्छ।

लसुनको रस जैतुनको तेलमा मिलाएर मन तातो बनाइ चाउरी परेको छालामा लगाउँदा चाउरी हटेर जान्छ।

अनुहारको छालामा रातो रातो दागहरु आएको भने लसुनको पेष्ट बनाएर लगाउँदा रातो दागहरु हटेर जान्छ।

बिहान खाली पेटमा लसुन खाँदा यसले एन्टी एजींगको काम गर्छ। बिहान लसुन कागती पानी खाने गरेमा उमेर नपुग्दै आउने चाउरीपनाबाट बच्न सकिन्छ।

यसको नियमित सेवनबाट कब्जियत, चिसोमा लाग्ने खोकी ग्यास्ट्रिकसम्बन्धी समस्याबाट बच्न सकिन्छ।

श्रोतएजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *