उपेक्षामा नेपालमै पहिलो सिक्का ‘टक’ छापिएको ठाउँ

सम्पदा

कालिगढ अभावमा मूर्तिकला र हस्तकला उद्योग पनि संकटमा

भोजपुर : नेपालमै पहिलो धातुकाे सिक्का (टक) छापिएको ठाउँ पूर्वी पहाडी जिल्ला भोजपुरको ऐतिहासिक टक्सार बजार उपेक्षामा परेकाे छ । ऐतिहासिक कलामा पोख्त कालिगढ समेत पलालन भएपछि नेपालकै महत्त्वपूर्ण सम्पदा टक्सार बजार अहिले नाममा मात्र सीमित बन्दै जान थालेको हो ।

भोजपुर नगरपालिकाको वडा नम्बर १२ मा रहेको ऐतिहासिक टक्सार बजारलाई चिनाउन गत २०७२ साल पुस महिनामा महोत्सवको आयोजना गरिएको थियो । तर तत्पश्चात् पनि टक्सार बजारको अवस्था उस्तै नै छ । टक्सार स्थापनाको दुई सय वर्ष पुगेको अवसरमा टक्सारमा रहेका धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण सम्बद्र्धन, टक्सारको इतिहासको प्रचारप्रसार, पर्यटकीय स्थलहरूको विकास, लोप हुन लागको धातु व्यवसायको पुनरुत्थान, स्थानीय कृषि तथा हस्तकलाको विकासमा सहयोग पु¥याउने उद्देश्यले महोत्सवको आयोजना गरिएको थियो ।

टक्सार बजारबाट पुराना बासिन्दा सबै विस्थापित भएकाले पनि यसको साख जोगाउन नसकिएको टक्सारका स्थानीय रमेश शाक्य बताउँछन् ।

शाक्य भन्छन्, ‘पुराना घरहरू जीर्ण भएर टक्सार बजार कुरूप हुँदै गएकाले हामीले घरधनीलाई घरहरूको मरम्मतसम्भार गरिदिन आग्रह समेत गरेका थियौँ, तर त्यो प्रभावकारी बन्न सकेन ।’ टक्सारका पुराना बासिन्दा उद्योग व्यवसाय सञ्चालन हुन छाडेपछि पुराना घर, खेतबारी छाडेर सुविधायुक्त ठाउ“तिर बसाइँ सरेकाले ऐतिहासिक टक्सार बजारको महत्व घट्दै गएको स्थानीयवासी निर्मलकुमार श्रेष्ठले दुखेसो गरे ।

वि.सं. १८७२ मा राजा गिर्वाणयुद्ध विक्रम शाहको पालामा टक्सार खानीअड्डा स्थापना भएपछि बजारका रूपमा बस्ती विकास भएको हो । स्थानीय बासिन्दाका अनुसार वि.सं. १८७० देखि तत्कालीन सरकारले भोजपुर, खोटाङ, उदयपुर, ओखलढुंगा, सोलुखुम्बू, संखुवासभा, धनकुटा, तेह्रथुम, ताप्लेजुङ, इलाममा सुन, तामा, सिसा, पित्तल र फलामखानी उत्खनन् गर्न थालेपछि टक्सारमा खानीअड्डा स्थापना भएको हो ।

टक्सारलाई पुनः पहिलेकै अवस्थामा फर्काउन राजनीतिक दल, नागरिक समाज र सरकारले टक्सारमा सञ्चालित कला उद्योगको विकासका लागि छुट्टै व्यवस्था गर्नुपर्ने स्थानीयको माग छ । टक्सारमा ७५ प्रतिशत बजारबासीले आफ्ना घर र खेतबारी छोडेर अन्यत्र गइसकेका छन् ।

यहाँ पाटनबाट ल्याइएका कालिगढद्वारा फलाम र तामाको डोली पैसा बनाइन्थ्यो । पैसा छाप्ने पहिलो कालिगढ देवदत्त शाक्य हुन् । टक्सारमा टक छाप्ने पेसामा शाक्य वंशले लामो समयसम्म योगदान गरेका थिए । एक तोला र दुई तोला तौल भएको उक्त पैसा राणाकालसम्म चलेको स्थानीयवासी गणेश बज्राचार्यले जनाए ।

आफ्नो अधीनमा आएपछि राणा शासकहरूले यहा“बाट छापबिनाको डोली पैसा प्रचलनमा ल्याएका थिए । टक छाप्न पाटनबाट कालिगढ ल्याइएका थिए । त्यतिबेला निर्मित दुई दर्जन मठमन्दिर, गुम्बा, चैत्य, बौद्धबिहार, धारा, पाटीपौवा, हस्तकला र मूर्तिकलाका अवशेषहरू टक्सारमा यथावत छन् । संरक्षणको अभावमा यी संरचना पनि जीर्ण भइसकेका छन् ।

टक्सारमा निर्मित करुवा, तामाको भा“डा, गाग्रो, का“सको थाल, लोटा, आमखोरा, अन्टी, ग्लास, कचौरा, डबका जस्ता भाँडाकुँडा नेपालभित्र मात्र नभएर विदेशमा समेत प्रसिद्ध रहेको स्थानीयवासी बताउँछन् । तर हाल यहा“बाट अधिकांश कालिगढ पलायन भइसकेका छन् । ऐतिहासिक कलामा पोख्त कालिगढ पलायन भएपछि मूर्तिकला र हस्तकलाको उद्योग पनि लोप हुन लागेको छ । हिजोआज एक÷दुई जनाले मात्र यो पेसालाई निरन्तरता दिएको स्थानीय शिक्षक अमृका ताम्राकारको भनाइ छ । कच्चा पदार्थको अभावमा धातु उद्योग फस्टाउन सकेको छैन । स्थानीय स्तरमा खानी सञ्चालन नभएकोले तराईबाट आवश्यक कच्चा पदार्थ र कोइला ढुवानी गर्दा महँगो समेत हुने भएकाले पनि टक्सारबाट कालिगढको विस्थापन हुने क्रम बढेको बताइएको छ ।

टक्सारलाई पुनः पहिलेकै अवस्थामा फर्काउन राजनीतिक दल, नागरिक समाज र सरकारले टक्सारमा सञ्चालित कला उद्योगको विकासका लागि छुट्टै व्यवस्था गर्नुपर्ने स्थानीयको माग छ । टक्सारमा ७५ प्रतिशत बजारबासीले आफ्ना घर र खेतबारी छोडेर अन्यत्र गइसकेका छन् । टक्सारमै रहेको घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयले विगतमा दर्ता भएका धातु उद्योग अहिले केही मात्रमा मात्र सञ्चालित छन् ।

भोजपुरको टक्सार ओलाङ्चुङ्गोला बाहेक तिब्बतको व्यापारिक केन्द्र दिगर्चा जाने अर्को मुख्य बाटो थियो । टक्सारमा निर्मित हस्तकलाका सामग्रीहरू नेपालमा मात्र होइन, चिनको तिब्बत र भारतको दार्जीलिङ, आसाम, सिलगुढी तथा कलकत्तासम्म निर्यात हुने गरेको स्थानीयवासी बताउँछन् ।

पाटनबाट टक्सारमा आएका नेवार जातिले आफ्नो भाषा, धर्म, संस्कार, संस्कृति र परम्परागत मूल्य, मान्यताहरू स“गै ल्याएका थिए । उनीहरूको गुम्बा, चैत्य, बौद्धबिहार, शाक्यमुनि बिहार, भीमसेनको घन्टा, करुणामय मन्दिर, अजीमा मन्दिरमा दाफा भजन, नामसंगीति, स्तोत्र पाठ, ज्ञानमाला भजन गाउ“ने र पूजा गर्ने परम्परा छ । नेवारहरूले लाखेनाँच, बुद्धजयन्ती, गाईजात्रा, मत्या, कृष्णजात्रा र भीमसेनजात्रा मनाउने गरेका छन् ।

काठमाडौँ उपत्यकापछि धार्मिक र सांस्कृतिक हिसाबले पूर्वाञ्चलमै प्रसिद्ध भोजपुरको टक्सारमा बौद्धमार्गी नेवार जातिको बाहुल्य छ । काठमाडाँै, पाटन र ललितपुरका नेवारले जस्तै गुँला पर्व, बसुन्धरा व्रत, गाईजात्रा, लाखेजात्रा, इन्द्रजात्रा, दसँै, तिहार जस्ता चाडपर्व मनाउने गरेका छन् । सदरमुकाम भोजपुरबाट आधा घण्टाको पैदल दूरीमा रहेको एक मात्र विमानस्थल पनि टक्सारमै पर्छ । पर्यटनको विषयमा जानकारी दिन टक्सारमा नै पर्यटन सूचना केन्द्रको समेत स्थापना भएको छ । तर त्यो पनि सञ्चालनमा नआउँदा अहिले नाम मात्रको सूचना केन्द्र बन्न पुगेको छ ।

सरोकारवाला निकायको बेवास्ताका कारण राज्यको लगानी खेर जाने अवस्थामा पुगेको हो । कलात्मक रूपमा निर्माण गरिएको उक्त सूचना केन्द्र अहिले युवायुवतीको रमाइलो गर्ने स्थलका रूपमा परिणत हुँदै जान थालेको स्थानीय बताउँछन् । करिब ५० लाख रूपैयाँ लागतमा निर्माण गरिएको पर्यटन सूचना केन्द्र संघ, प्रदेश तथा स्थानीय तह कसको जिम्मामा रहने टुंगो नलाग्दा संरक्षणमा समेत समस्या भएको भोजपुर नगरपालिका १२ टक्सारका वडाध्यक्ष कुमारप्रसाद श्रेष्ठले जानकारी दिए ।

केन्द्रको भवनमा लगाइएको झ्यालढोका निकै कलात्मक तवरबाट निर्माण गरिएका छन् । तर सरोकारवाला निकायले ‘माल पाएर चाल नपाउँदा’ यो भवन अहिले भूतबंगलामा परिणत भएको स्थानीय बताउँछन् । सुरुमा केही मात्रामा घेराबारा गरिएको भए पनि हाल यसको अवस्था बेहाल छ । करिब छ वर्षअघि तत्कालीन पाँच विकास क्षेत्रमध्ये पूर्वाञ्चलका १६ जिल्लाको एउटै मात्र पर्यटन प्रबद्र्धनका लागि यो भवन निर्माण गरिएको बताइएको छ । अहिले बाक्लो झाडीले ढाकेको जीर्ण भवन कुनै प्रयोजनमा नल्याएपछि भवनका काठपात, फर्निचर तथा फलामजन्य सामान कामै नलाग्ने अवस्थामा पुगेका छन् ।

भोजपुर विमानस्थलबाट डेढ किलोमिटर दूरीमा पर्ने सूचना केन्द्रको भवन पर्यटकीय हिसाबले उद्गमस्थलमा रहेको बताउँछन्, वडाध्यक्ष श्रेष्ठ । ऐतिहासिक टक्सार क्षेत्र, दर्जनौँ मठमन्दिर, सुन्दर बेँसीका फाँट र हवाइ उडानको मनोरम दृश्यावलोकन गर्न सकिने सूचना केन्द्रको भवन काममा आउन सके जिल्लाको पर्यटन व्यवसायसमेत फस्टाउनेमा स्थानीयबासी आशावादी छन् ।

टक्सारमा सरस्वती गुफा, अजिमा मन्दिर, भीमसेनथान, शाक्यमुनि बिहार, महादेव मन्दिर, टक्सार अड्डाको विद्याधरी धारा, खिकामछा दरबारको अवशेष लगायत प्राकृतिक छटाले सुन्दर वातावरणयुक्त ऐतिहासिक स्थलहरूको अवलोन गर्न सकिन्छ । टक्सारमा मावि, निमावि र प्रावि आधा दर्जन विद्यालय, उद्योग कार्यालय, सबैभन्दा पुरानो विद्याधरी सार्वजनिक पुस्तकालय, कालिका पुस्तकालय समेत रहेको टक्सारको यसोधरा माविका शिक्षक दीपेन्द्र श्रेष्ठ बताउँछन् । अनुसन्धानात्मक इतिहासको निम्ति यहाँका पुराना हस्तकलायुक्त भवन, शिलालेख, ताम्रपत्र र ऐतिहासिक सामग्रीहरू पर्याप्त छन् ।

Facebook Comments