डडेलधुराको बालमन्दिर जीर्ण बालबालिका बिच्चली हुने अवस्था

विविध

२०७५ भाद्र ३ गते आइतबार साँझ एक टेलिभिजनले प्रदेश नं–७, डडेलधुरा जिल्लाको बालमन्दिर जीर्ण अवस्थामा पुगेको श्रब्य–दृष्य समाचार प्रसारण भएको थियो । समाचारमा, बालमन्दिरको भवन भत्किने अवस्थामा पुगेको र त्यहाँका अनाथ एवं फरक क्षमताका बालबालिका त्रासपूर्ण जोखिमी अवस्थामा रहेका देखाइएको थियो । त्यसबारेमा टेलिभिजन समाचारदाताले प्रमुख जिल्ला अधिकारीसँग जिज्ञासा राखेका देखियो । प्रजिअले बालबालिकाहरुलाई कुनै उपयुक्त स्थान÷संस्थामा व्यवस्थापन गरिनेजस्ता कुरा उल्लेख गरे । तर, बालमन्दिरको भवन मर्मत सुधार÷जीर्णोधार गर्नेबारेमा मौन देखिए । रानी ऐश्वर्यबाट २०४३ सालमा समुद्घाटित् उक्त बालमन्दिर अनाथ, पिछडिएका÷विपन्न परिवारका बालबालिकाका लागि पठनपाठन तथा आश्रमस्थल भएको थियो । त्यसबेलाको दृश्य निकै रमाईलो देखिन्थ्यो । पंचायतकालमा निर्मित बालमन्दिर अझ धेरै विकास र समृद्धि भएको होला भन्ने सोचाई पंक्तिकारको थियो । किनभने, पंचायत व्यवस्थाको अन्त्यसँगै बहुदलीय राजनीतिक प्रणालीमा त्यही डडेलधुराबाट नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा ४ पटक मुलुकको प्रधानमन्त्री भइसके । त्यस्तै उहाँका अर्धाङ्गिणी पूर्वसांंसद डा. आरजु राणा देउवा पनि विभिन्न सामाजिक संस्थामा अगुवाई गरिरहनु भएको सुनिन्छ । त्यसैले उहाँहरुको ध्यान डडेलधुराको बालमन्दिर भवन मर्मत सुधारमा पुगेकै हुनुपर्छ भन्ने ठानिन्थ्यो । यथार्थमा, त्यस्तो रहेनछ । सायद, स्थानीय प्रशासन,सम्बद्ध निकाय तथा दलका कार्यकर्ताहरुले पनि पूर्वप्रधानमन्त्री देउवासमक्ष बालमन्दिरको अवस्थाबारे कुरा राखेनन् होला ?त्यसैले करीब ३ दशकमै बालमन्दिर खण्डहर हुने स्थितिमा पुग्यो ।

पंक्तिकारको भने टेलिभिजनमा देखाइएको बालमन्दिरको जीर्ण अवस्थाप्रति मन कुडायो, दु ःखको अनुभूति ग¥यो । किनभने, पंक्तिकारको त्यहाँको बालमन्दिरप्रति भावनात्मक सम्बन्ध गासिएको थियो÷छ । यतिखेर नचाहेरै पनि त्यसको पृष्ठभूमि पाठक÷सम्बद्धमा राख्ने कर्तव्य ठान्दछु । निर्दलीय पंचायतको समयमा अकस्मात २०४२ असार ६ गते, बिहिबार राजदरवारको गेट, राष्ट्रिय पंचायत भवन र अन्नपूर्ण होटललगायत मुलुकको विभिन्न भागमा बम विस्फोटन भयो । बम विष्फोटनमा परी एकजना रापस र २ कर्मचारीले शाहदात प्राप्त गरे । केही घाइते भए । अन्नपूर्ण होटलका ३ जना रिसेप्सनिष्टसहित बीरगञ्जमा १ जना महिला हताहत भए । भारतमा बस्दै आएका रामराजाप्रसाद सिंह नेतृत्वको ‘जनबादी मोर्चा’(पिपुल्स डेमोक्रयाटिक फ्रन्ट)ले नेपालमा गणतन्त्र हुनुपर्ने नाराका साथ कार्यकर्ताहरुद्धारा बम विष्फोटन गराइएको थियो । त्यस घटनाले मुलुकको शान्ति सुरक्षामा निकै चुनौती थपियो । सरकारले प्रशासन र प्रहरीमा व्यापक फेरबदल ग¥यो । सोही क्रममा पंक्तिकारको डडेलधुरा जिल्ला प्रहरी कार्यालयमा सरुवा भयो । सुरक्षाका दृष्टिकोणले संवेदनशील स्थानहरुमा पुग्ने र निरीक्षण गरिन्थ्यो । एकदिन पंक्तिकारले कार्यालय समयबाहेक बिहान–बेलुकीको समय सदुपयोग गर्दै जिल्ला सदरमुकाम वरपर घुम्ने, बुझ्ने, अवलोकन गर्ने प्रस्ताव प्रजिअ अनन्तराज पाण्डेय (पछि गृह सचिव) तथा अन्य कार्यालय प्रमुखहरुसँग राख्यो । त्यसलाई सबैले सहमति जनाए । सोही क्रममा डडेलधुरा सदरमुकाम छेउछाउमा सुधार गर्नुपर्ने कुराहरु पहिचान गरियो । बाटोघाटो मर्मत सुधार गरिए । लथालिङ्ग अवस्थाको बालमन्दिर भवन–निर्माण पूरा गर्ने प्रस्ताव राखियो ।

राजा महेन्द्रको शासनकालमा २०२१÷२२ सालदेखि रानी रत्नराज्यलक्ष्मीको अगुवाईमा नेपालमा बालसंगठनहरु स्थापना भएका हुन् । त्यसैबाट अनाथ बालबालिकालाई पालनपोषण र छात्रवृत्ति दिने व्यवस्था गरिन्थ्यो । राजा वीरेन्द्रको शासनकालमा रानी ऐश्वर्यद्धारा सबै जिल्लामा बाल संगठनको गठन, बालमन्दिर भवन बनाउने, अनाथ र विपन्न परिवारका बालबालिकालाई पठनपाठनको सुविधा दिलाउने अभियान चलाइयो । २०४२÷४३ सालसम्म केहीबाहेक प्राय ः सबै जिल्लामा बालमन्दिर भवनहरु बनिसकेका थिए । तर, डडेलधुरामा भने बालमन्दिर भवन बन्न नसकेर अलपत्र परेको रहेछ । त्यसै सन्दर्भमा एकदिन जिल्ला पंचायत सभापति गणेशप्रसाद भट्ट (पछि सहायकमन्त्री) को अध्यक्षतामा बालमन्दिर भवन निर्माणसम्बन्धी बैठक बस्यो । बैठकमा आर्थिक स्रोत जुटाउने विषयमा छलफल गरियो । त्यसबेला स्रोत व्यवस्थापनको लागि पंक्तिकारले यसप्रकार सुझाबहरु प्रस्तुत ग¥यो ः– (१) केही व्यक्तिहरुले डडेलधुरामा भर्खरै भिडियो ल्याएका थिए । भिडियोबाट सिनेमा देखाउने गरिन्थ्यो । त्यसबाट संकलित रकममध्ये केही प्रतिशत महिनावारी बालमन्दिरको बैङ्क खातामा जम्मा गराउन लगाउने (२) खाली आउने मालबाहक ट्रकहरुको साहु तथा चालकलाई अनुरोध गरी निर्माण सामग्री ढुवानी गर्न सहयोग माग्ने । त्यसमा प्रहरीले सहयोग पु¥याउने (३) जिल्ला पंचायतले पनि निर्माणको लागि केही रकम छुट्याउने । त्यसै सुझावलाई सबैले समर्थन जनाए । अभियानका साथ २०४३ सालमा बालमन्दिर भवन निर्माण सम्पन्न गरियो । उक्त भवन राजाको क्षेत्रीय भ्रमणताका रानी ऐश्वर्यबाट समुद्घाटित भयो । त्यसबखत राजाको क्षेत्रीय भ्रमण अगावै राजदरवार जाँचबुझ केन्द्र, गृहमन्त्रालय, अञ्चलाधीशलगायतका पदाधिकारीहरु प्रत्येक जिल्लाका बस्तुस्थिति, शान्ति व्यवस्था, विकास निर्माण आदिबारे बुझ्न खटिन्थ्ये । त्यस्ता अनुगमनकर्ताहरुबाट जिल्लाका पदाधिकारीहरु को–कस्ले के–कस्ता भूमिका निर्वाह गरे भन्ने बारेमा समिक्षा, अनुगमन र मूल्याङकन हुने गर्दथ्यो । तिनीहरुकै मूल्याङकनको आधारमा डडेलधुराको बालमन्दिर भवन निर्माण एवं अन्य रचनात्मक भूमिका निर्वाह गरेको भनी राजाबाट पंक्तिकार तथा प्रजिअलाई तक्मा प्रदान भएको थियो । त्यसैले पनि डडेलधुराको बालमन्दिरप्रति पंक्तिकारको भावनाको सम्बन्ध रहेको हो । तर, यतिखेर सम्बद्ध निकायको गैरजिम्मेवारीपनाले गर्दा बालमन्दिर जीर्ण अवस्थामा पुगेछ ।

पंचायतकालीन समयभन्दा अहिले मुलुकको स्थिति फरक छ । देशमा संघीय संरचनाअनुसार प्रदेश र स्थानीय सरकार संचालित छन् । यस परिस्थितिमा राजनीतिक दल, जनप्रतिनिधि, स्थानीय प्रशासन एवं सुरक्षा निकायका व्यक्तिहरुले दृढ–ईच्छाशक्ति देखाएमा उल्लेखित प्रकारका अनगिन्ती कामहरु सम्पन्न गर्न सक्छन् । तर, यतिखेर जताजतै भ्रष्टाचारजन्य गतिविधिहरुको बढोत्तरी देखिन्छ । तथापि हामीले अपेक्षा गरौं, डडेलधुराको जीर्ण बालमन्दिर भवन मर्मत सुधार गर्नमा सबैको ध्यान पुगोस् । बालमन्दिरजस्तै मुलुकका अन्य सार्वजनिक सम्पत्ति संरक्षण गरी अतिक्रमण हुनबाट बचाऔं । अनाथ बालबालिकाको हितमा लगाऊ ।

Facebook Comments