किरात मुन्दुमको अस्तित्व जोगाऊनु,आजको आवश्यकता

सम्पदा

सेवा, यहाँहरु सम्पुर्ण किरातीहरुलाई उपरोक्त सम्बन्धमा यहि मिती २०७५ साल चैत्र १६ गते शनिबारको दिन उपत्यका यलखोम/काठमाण्डौ स्थित (Kirat Mundum Study Centre) ले किरात जन्य संघ संस्था,मुन्दुम सम्बन्धि अध्ययन/अनुसन्धान गरीरहनु भएका मुन्दुमी अध्येताहरु,बुद्धिजिबी सर्कलका प्राज्ञिक व्यक्ती व्यक्तीत्वहरुको ऐतिहासिक उपस्थितीमा ऐतिहासिक रुपमा मुन्दुमी प्राज्ञिक बहस तथा विचारगोष्टि कार्यक्रम राख्ने भएकोले यहाँहरु सम्पुर्ण किरात संस्कृति र मुन्दुमको अस्तित्व जोगाऊन चाहाने किरातीहरुलाई यस ऐतिहासिक कार्यक्रममा उपस्थित भईदिनु हुन हार्दिक अनुरोध गर्दछौ।हाम्रो संस्कृती र मुन्दुमको अस्तित्व लोप भएर जाने अवस्थामा छ,तसर्थ किरातीहरुको संस्कृती र मुन्दुमको अस्तित्व जोगाऊनको निमित्त हामीले आधिकारीक रुपमा (Kirat Mundum Study Centre/किरात मुन्दुम अध्ययन केन्द्र)स्थापना गरेका छौ।किरातीहरुको संस्कृती र मुन्दुमका अध्ययनरत अध्येताहरुसंग नियमित प्राज्ञिक बहस,छलफल,विचारगोष्टि गर्ने,मुन्दुमका अध्येता अनुसन्धान कर्ताहरुलाई मुन्दुम सम्बन्धि वैज्ञानिक खोज अध्ययन अनुसन्धान गर्ने गराऊने,समग्र किरात समुदाय माझ मुन्दुम सम्बन्धि अध्ययन पश्चातको निचोड परीणामहरु सार्वजनिक गर्ने,सांस्कृतिक जनजागरण मुलक कार्यक्रमहरु ल्याऊने,मुन्दुम भित्रको जीवन-दर्शन,विज्ञान र वैज्ञानिकता लाई विश्वव्यापिकरण गर्ने,मुन्दुमको मौलिक अस्तित्व डकुमेन्टेसन गर्ने तत्कालिन तथा दिर्घकालिन विविध उदेश्यहरु समेटेर अघि बढ्ने भएको छ।तसर्थ यहाँहरु समक्क्ष (Kirat Mundum Study Centre/मुन्दुम अध्ययन केन्द्रको) यस ऐतिहासिक प्राज्ञिक बहस तथा मुन्दुमी विचारगोष्टि कार्यक्रममा किरात संस्कृति र मुन्दुमको अस्तित्व जोगाऊन चाहाने सम्पुर्ण किरातीहरुलाई उपस्थित भईदिनु हुन हार्दिक अनुरोध गर्दछौ।

मिती:-२०७५ साल चैत्र १६ गते शनीबार स्थान:- Einstein Acadamey College महालक्ष्मीस्थान रिङरोड बस स्टेसन संगै। समय:-दिऊसो ठिक १ बजे ।-

सम्पर्क:-जीतेन राई:-9851060746 /- माया वान्तवा राई:-9804366819/- शान्ती देवी राई:-9841396627 /- आयोजक :-Kirat Mundum Study Centre प्रायोजक:-अन्तराष्ट्रिय किरात सांस्कृतिक संरक्षण केन्द्र

Facebook Comments