भोजपूर जिल्लाको भौगोलिक एवं एतिहासिक परिचय . . .

नयाँ-ठाउँहरू

भोजपूर जिल्लाको भौगोलिक एवं एतिहासिक परिचय . . .
किम्बदन्तीमा नामाङ्कन

यस जिल्लाको पुरानो नाम सिद्धपुर रहेका थियो । हालको जिल्ला सदरमुकाममा अवस्थित प्रसिद्ध धार्मिक स्थल सिद्धकालीको नामबाट यस ठाउँको नामाकरण भएको ठानिन्छ । पृथ्वीनारायण शाहलको नेपाल एकिकरण अभियानका क्रममा माँझ किरात विजय गर्दै आउँदा यस ठाउँलाई कब्जा गरेको खुशीयालीमा सिद्धकाली मन्दिर मुन्तिरको टारमा ठूलो भोज लगाई खाएको हुनाले यस ठाउँको नाम भोजपूर रहन गएको भन्ने किम्बदन्ती छ । अर्को जनश्रुती अनुसार जिल्लाको उच्च पहाडी भेगको जङगलमा भोजपत्रका रुखहरु प्रशस्त पाईने हुनाले यस जिल्लाको नाम भोजपूर रहन गएको भन्ने जनश्रुती पाईन्छ ।

ईतिहासमा भोजपूर

पाल्पाका राजा मुकुन्द सेनले पूर्वी नेपालको सम्पूर्ण भाग जिती आफ्नो राज्य बनाए । पछी त्यो राज्य टुक्रिएर मकवापुर, वियपुर र चौदण्डी गरि तिन राज्यमा विभाजित भयो । चौदण्डी राज्य माँझ किरात दूधकोशी देखि अरुण सम्म र तराईमा सप्तकोशी र कमला नदी बीचको भू–भाग पर्दथ्र्यो । यसको सदरमुकाम चौदण्डीगढी भएतापनि पहाडी क्षेत्रमा शासन व्यवस्था चलाउन सजिलोका लागी हतुवागढीमा अर्को शासन केन्द्र स्थापना गरिएको थियो । नेपाल एकिकरण पछि धनकुटा गौडाको अधिनमा रहेको थियो । राणा कालिन समयमा यो क्षेत्र पूर्व चार नम्बर भोजपूर माझ किरातका नाममा परिचित रहेको थियो । २०१९ सालमा नेपालको प्रशासकिय क्षेत्र विभाजन पछि पहिले सगरमाथा र हाल कोशी अञ्चलमा पर्दछ ।

भोजपूर जिल्ला नेपालको पूर्वाञ्चल विकाश क्षेत्रको कोशी अञ्चलमा पर्ने मध्य पहाडी जिल्ला हो । जिल्लाको पूर्वमा धनकुटा र संखुवासभा, पश्चिममा खोटाङ्ग जिल्ला, उत्तरतर्फ सोलुखुम्बु र संखुवासभा जिल्लाको केही भाग गाँसिएको छ भने दक्षिणतर्फ उदयपुर जिल्ला पर्दछ । विश्वमान चित्रमा यो जिल्ला को भौगोलिक अवस्था २६ं ५३’ उत्तरदेखि २७ं २८’ उत्तरी अक्षांशसम्म र २६ं ५३’ पूर्वदेखि ८७ं १७’ पूर्वि देशान्तरसम्म फैलिएको छ । जिल्लाको क्षत्रफल १५०७ वर्ग कि. मी. रहेको छ । पूर्व पश्चिम चौडाई सरदर ३५ कि. मी. र उत्तर दक्षिण लम्बाई ९३ कि. मी. छ । उत्तर दक्षिण फैलिएको यस जिल्लाको मध्य भाग केही फराकिलो रहेको छ । राजनैतिक विभाजन अनुसार दुई निर्वाचन क्षेत्रमा विभाजित यो जिल्लामा १३ वटा इलाका र ६३ वटा गा वि. स. रहेका छन् भने जिल्ला सदरमुकाम भोजपूर हो । जिल्लाको सबै भन्दा अग्लो डाँडा समुन्द्र सतहबाट ४१५३ मिटर उचाईमा रहेको सिलिचुङ डाँडा हो । यस जिल्लामा पर्ने सबै भन्दा होचो स्थान अरुण सुनकोशीको संगम (दोभान हसन दह) स्थल समुन्द सतहबाट करिव १५२ मिटर मा रहेको छ । यहाँ कैयौ मनोरम टार, उपत्यका खोंचहरु रहेका छन् । भौगोलिक स्वरुपका कारण यस जिल्लाको विभिन्न भागहरुको हावा पानी र प्राकृतिक वनस्पतिमा पनि विभिन्नता पाईन्छ । यहाँ हिमाली हावापानी देखि लिएर उष्ण मनसुनी हावापानी पाईन्छ । जिल्लाको औसत अधिकतम तापक्रम ३२.२० से. र न्यूनतम तापक्रम ०.१० सेल्सियस छ । सापेक्षित आद्रता वर्षामा ९० र हिउँदमा ५० देखि ७० प्रतिशत सम्म पाईन्छ । बार्षिक बर्षा १००९.९ मी.मी. देखि २१२३.१मी. मी. सम्म हुन्छ । कूल जमिनको क्षेत्रफल १३७६३७ हेक्टर रहेको छ । खेतीयोग्य जमिन ६१७२३ हेक्टर छ । सिंचित क्षेत्रफल ७०४७५ हेक्टर रहेको छ र चरन क्षेत्र १४०१० हेक्टर छ । जिल्लाको पूर्वमा नेपालकै ठूलो अरुण नदी र पश्चिममा सुनकोशी नदी पर्दछ । अन्य प्रमुख खोलाहरुमा जुके, सिक्तेल, कावा, नेवासुखे घट्टे, बल्खु, बुखुवा, बहरे, पिखुवा र्चिखुवा आदी हुन् । जिल्लाको उत्तरी भेगको दोभाने गा वि स मा अवस्थित साल्पा पोखरी यस जिल्लाको ठूलो पोखरी हो । च्याङ्ग्रे पोखरी, हंस पोखरी, भविष्यवक्ता पोखरी आदि नाम गरेका नौ प्रमुख पोखरीहरु मध्ये साल्पा पोखरी र भविष्यवक्ता पोखरी जिल्लाका विषेश पोखरी हुन । जिल्लाको सबै भन्दा ठूलो र लामो छाँगा (झरना) र्चिखुवा खोलाको छाँगालाई मानिन्छ । फलाम, अभ्रख, तामा, वेरिल, टुरामालीन, कार्वनाईट आदी खनिज पदार्थ समेत यस जिल्लामा पाईन्छ । प्रसस्त फलाम र तामा पाइने हुदा वि. सं. १८७२ मा नेपाल सरकारले हालको वाँडागाऊँ टक्सारमा टकमरी गर्ने (डोली पैंसा काट्ने) टक्सार खुलाएको थियो । यहाँ कृषि औजार र अन्य भाँडाकुँडा बनाउने गरिन्थ्यो जो अहिले पनि चालू नै रहेको छ । यहाँ उत्पादित खुकुरी र करुवा प्रसिद्ध रहेको छ । यहाँका सिलिचोङ, ट्याम्के, सेल्मे, सुन्तले, दिङ्गला, मैयुँम, हतुवा, साल्पा पोखरी, हंस पोखरी, घोडेटार आदी रमणीय स्थान हुन
पुरानो डाईरि बाट साभार

Facebook Comments