हराएको मोबाइल खोज्ने सजिलो तरिका, प्रहरीकहाँ धाउनु पर्दैन्

 

 

अहिले महंगा मोवाइल प्रयोग गर्ने एक प्रकारको फेसन नै बनेको छ । साथै मानिसहरुले मोवाइलाई बहुउपयोगी साधानका रुपमा पनि प्रयोग गर्छन् । मोवाइलमा फोन नम्बर मात्रै हैन, जिन्दगीका कतिपय अविस्मरणीय पल पनि राखिएका हुन्छन् ।

जब मोवाइल हराउँछ एकतर्फ पैसाको क्षति हुन्छ भने अर्कोतर्फ मोवाइलमा रहेका उपयोगी सामग्री नष्ट हुन्छन् । तरपनि मोबाइल हराउने खतरा जहिले पनि हुन्छ । यस्तोमा हराएको मोबाइल कसरी फेला पार्ने ? यो आलेखमा हराएको मोवाइल फेला पार्ने उपयोगी उपाय उल्लेख गरिएको छ ।

यो उपायले एन्ड्रोइड फोनमा मात्रै काम गर्छ । यसका लागि निम्नखिखित उपायहरु अपनाउनुहोस् ।

पूर्वसावधानी फोन हराउनुभन्दा अगाडि नै तपाईंले सावधानी अपनाउनुभयो भने हराएपछि खोज्न सजिलो हुन्छ । यसका लागि तपाईं सबैभन्दा पहिले एन्ड्रोइड स्मार्टफोनमा गुगल सेटिङमा जानुस् । त्यहाँ सेक्युरिटी आइकनमा गएर तपाईंले ‘लोकेट द डिभाइस’ अप्सनलाई अन गर्नुपर्छ । यो अप्सनबाट तपाईंले आफ्नो हराएको फोन पत्ता लगाउन सक्नुहुन्छ ।

कम्प्युटरबाट ट्र्याक गर्ने यसका लागि कम्युटरको ब्राउजर खोलेर एन्ड्रोइड डिभाइस म्यानेजरमा जानुस् । यहाँ तपाईंले आफ्नो जिमेल एकाउन्ट लग इन गर्नुपर्ने हुन्छ । ध्यान राख्नुस् कि, तपाईले यहाँ त्यही इमेल आइडी यहाँ राख्नुपर्छ जुन आफ्नो फोनको गुगल प्लेस्टोर लगइन गर्नलाई राख्नुभएको थियो । त्यसपछाडि एउटा नक्शा देखिन्छ । यसले तपाईंको एन्ड्रोइड फोनलाई ट्रयाक गर्छ ।

र, यसको लोकेसन देखाइदिन्छ । जुन ठाउँमा तपाईंको फोन हुन्छ, त्यसको पूरा ठेगाना देखाइदिन्छ ।

यसको अलावा यहाँ तीन अप्सन, ‘रिङ, लक र इरेज’ दिइएको हुन्छ । रिङ अप्सनमा क्लिक गर्दा तपाइको फोनको घन्टी बज्छ । लक अप्सनमा जाँदा स्त्रिनमा पासवर्ड हाल्नुपर्ने हुन्छ । इरेज अप्सनको प्रयोग गर्दा एन्ड्रोइड फोनमा भएका तपाईका सबै निजी डाटाहरू मेटिन्छन् ।

 

Facebook Comments
  • Related Posts

    Windows Shortcut Key | कम्प्युटरमा खत्रा हुनचाहनु हुन्छ ?

    Add Hardware Wizard     hdwwiz.cpl     Add/Remove Programs     appwiz.cpl       Administrative Tools     control admintools     Automatic Updates   wuaucpl.cpl    …

    अध्यारोमा बसेर मोबाइल चलाउँदा स्वास्थ्य हुने समस्या यस्ता छन्

    आजभाेलीका मानिसहरूका लागि माेवाइल पानी जत्तिकै जरूरी भईसकेकाे छ । माेवाइलबिना एकछिन पनि बस्न सक्दैनन् आजभाेलीका युवापुस्ता । अधिकांश मानिसहरु मोबाइल त्यो पनि स्मार्टफोनको व्यापक प्रयोग गर्ने गर्दछन् । त्यसमध्ये…

    You Missed

    स्वास्थ्यका लागि उपयोगी तीतेपाती र ज्वानो

    स्वास्थ्यका लागि उपयोगी तीतेपाती र ज्वानो

    भिटामिन झोल र चक्की किनेर खानु पैसाको बर्बादी मात्र ?

    भिटामिन झोल र चक्की किनेर खानु पैसाको बर्बादी मात्र ?

    पृथ्वीनारायण शाहको पालामा सिन्धुलिको लडाइँमा अंग्रेजलाई परास्त गर्ने सिकारीको सर्दार बंसु गुरुङ-वंशु गुरुङ- बंस गुरुङ- वंस गुरुङ वा वंश गुरुङ को थिए ?

    Gufa Pokhari, Tinjure and Menchhayem hill

    Gufa Pokhari, Tinjure and Menchhayem hill

    यसरी किरात/बौद्ध र हिन्दुहरुले आ-आफनै संस्कृति अनुसार संयुक्त रुपमा तिहार मनाऊन सकिन्छ

    • By RAISUJAN
    • November 15, 2020
    • 19 views
    यसरी किरात/बौद्ध र हिन्दुहरुले आ-आफनै संस्कृति अनुसार संयुक्त रुपमा तिहार मनाऊन सकिन्छ

    किरात खालिङ राई र चुला

    किरात खालिङ राई र चुला
    error: Content is protected !!