सुन्दर उदयपुर_रौतामाई : जहाँबाट हेर्न सकिन्छ तराईका फाँट र हिमालका मनोरम दृश्य

उदयपुर जिल्लामा पर्यटकीय क्षेत्रको उच्च सम्भवान भए पनि लाभ लिन सकेको छैन। पर्यटनलाई आम्दानीको मुख्य स्रोत बनाउने उद्देश्यले रौतामाई गाउँपालिकाले गुरुयोजना बनाउन गाउँपालिकामा रहेका धार्मिक तथा ऐतिहासिक महत्त्वको पर्यटकीय क्षेत्रको भिडियो र फोटो ड्रोन क्यामेराले खिचेर सम्भाव्यता अध्ययन सुरु गरेको हो।
आम्दानीको मुख्य स्रोत पर्यटन क्षेत्रलाई बनाए मात्र समग्र गाउँपालिका अार्थिक रुपमा बलियो हुने भएकाले गुरु योजना बनाउन लागिपरेको रौतामाई गाउँपालिका–२ का वडाध्यक्ष खविन्द्र ठकुरीले बताए। ‘रौतामाईमा आन्तरिक तथा बाह्य पर्यटक ल्याउन सकिने क्षेत्र हो,’ उनले भने, ‘यहाँको स्थानीय उत्पादन, यहाँका धार्मिक, प्राकृतिक सुन्दरता र स्थानीय संस्कार संस्कृतिलाई समेटेर गुरु योजना बनाउन लागिपरेका छौं।’

गाउँपालिकाभित्र धार्मिक, प्रकृतिक, कृषि, पर्यटन क्षेत्रको विकास अपरिहार्य रहेकाले गुरुयोजना बनाउन सुरु गरेको गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताए। ‘धार्मिक पर्यटकन लागि रौतामाई जिल्लाकै एक नम्वरमा पर्ने क्षेत्र हो,’ उनले भने, ‘रौतामाईभित्र पर्ने रौतापोखरी, ओडारी झरना, माझखर्कमा विशेष योजना बनाउन लागिपरेका छौं।’
जिल्लाको मनोरम स्थानमध्ये अधिकांश राैतामाई गाउँपालिकामा रहेका छन्। त्यही सुन्दरतालाई बेच्ने गरी पर्यटकीय क्षेत्रको गुरुयोजना बनाउन लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खम्ब राईले बताए।

#कहाँ_के_गर्न_सकिन्छ?

रौतामाईमा रौतामा पोखरी, माझखर्क, ओडारी झरनालगायतका पर्यटकीय सम्भना बोकेका क्षेत्र धेरै छन्। तर, प्रचारप्रसार तथा पूर्वाधार अभावमा विगतमा ती क्षेत्र ओझेलमा परेको इन्जिनियर प्रकाश जिसी बताउँछन्। ‘सडक, बत्ती र प्रचारप्रसार हुँदा रौतामा पोखरी, माझखर्क, ओडारी झरना पर्यटकका मुख्य गन्तव्य हुन सक्छ,’ जिसीले भने, ‘त्यसका लागि हामी जुटेका छौ‌।’ गुरुयोजना बनाउन अाफूहरु लाागिपरेको बताउँदै उनले भने, ‘त्यसलाई कार्यान्वय गर्न स्थानीय र प्रदेश सरकार लाग्नु पर्छ।’
सदरमुकाम गाईघाटदेखि उत्तर–पश्चिम क्षेत्रमा समुन्द सतहदेखि दुई हजार मिटर उचाइमा रहेको रौतामा पोखरी धार्मिक र प्राकृतिक रुपले महत्त्वपूर्ण छ। माझखर्क पिकनिक स्थल, चित्रे थानबाट प्याराग्लाइडिङका लागि सम्भावना भएको इन्जििनियर जिसीको बताउँछन्। चित्रे थानलगायतबाट हरियो लेकाली जंगल, चित्रेथाम र धौलागिरि, सगरमाथालगायतका हिमालको दृष्यावलोकन गर्न सकिन्छ।

#नथक्यिोस_गुरुयोजना

यसअघि पनि विभिन्न सरकारी तथा गैरसरकारी निकायबाट यस क्षेत्रको पर्यटन विकासका लागि बजेट विनियोजन भएको थियो। तर ती बजेटको काम अहिलेसम्म नदेखिएकाले स्थानीय नोर्बु शेर्पा बताउँछन्। ‘विभिन्न क्षेत्रबाट विगतमा साना–साना टुक्रे बजेट आएका कुरा पनि हामीले सुनेकै हौ,’ उनले भने, ‘कताबाट आउँथे र कता जान्थे त्यो थाहा हुँदैन थियो, अब त्यस्तो नहोस भन्ने हाम्रो कामना छ।’
रौतामाई गाँउपालिका–१ का वडाध्यक्ष रुद्रबहादुर कार्कीले विगतको दिनहरुबाट पाठक सिकेर गाउँपालिकाकाले गुरुयोजना बनाउन लागिपरेको बताए। उनले भने, ‘गाउँपालिकाकाले गुरुयोजनाले रौतामाईमा परिवर्तन ल्याउने छ।’ उनका अनुसार यस क्षेत्रमा उच्च महाभारत क्षेत्रमा पाइने जडीबुटीदेखि खाद्य तथा नगदेबालीको साथमा तराईका फाँट र हिमचुचुरा समेत आँखैमा आउने क्षेत्र छन्।

#रौतापोखरीको_परिचय

पोखरीको बग्ने र आउने मुहान कतै देखिंदैन। पानीको मुहान नदेखिनु नै पोखरीको मुख्य विशेषता हो। जस्तोसुकै खडेरीमा पनि पोखरीको पानी सुक्दैन। वर्षायामको मुलधारे पानी परे पनि पोखरी भरिएर पानी बाहिर जाँदैन। अझ अर्को अनौठो पोखरीमा झरेको पात चराले प्रत्येक दिन टिप्ने गरेको स्थानीयहरु बताउँछन्।
पोखरी समुन्द्र सतहदेखि पाँच हजार ९०० फिट उचाइमा अवस्थित छ। खोल्साखोल्सी, डाँडाकाडा, उकालीे–ओराली, वनजंगलको बाटो पार गर्दै रौता पोखरी पुग्न सकिन्छ। यहाँ पुग्न बाटामा होमस्टे छन्।

प्राकृति र मनोरम दृश्यमा रमाउन चाहनेका लागि छिटो र सजिलो गन्तव्यको रूपमा रौता पोखरी घुम्न जान सकिन्छ। पोखरीलाई जुनसुकै समयमा हेरे पनि रमणीय र सुन्दर देखिन्छ। रौताको पूर्वतिर हरियाली जंगल, पश्चिम, उत्तर, दक्षिणतिर घाँसे मैदान चौर छ। बिहानीको घामको किरणसँगै पोखरीको नजिककै चौरबाट भालेबासको चित्रथाम र धौलागिरि हिमालको मनोरम दृश्यावलोकन गर्न सकिन्छ।
पोखरीको छेवैमा एउटा सानो मन्दिर छ। पोखरीभन्दा केही मुनि आकर्षक घाँसे मैदान चौर छ। पूर्व सीमानामा तारे भीर छ। तारे भीरदेखि गाईघाटबजार, उदयपुर सिमेन्ट उद्योग, जलजले बजार, चुहाडे, मोतीगाडा, देउरी आदि ठाउँको मनोरम दृश्यावलोकन गरी मज्जा लिन सकिन्छ।
चैत्र–वैशाख महीनामा उराठलाग्दो समयमा पनि पोखरीको नजिकैका वनभित्र ढकमक्क फुल्ने लालीगुराँसले दर्शकका मन लोभ्याउँछ। सूर्योदय र सूर्यास्तको दृश्य समेत यहाँबाट अवलोकन गर्न सकिन्छ। सूर्य अस्ताउँदै जाँदा पोखरीको पानी नीलो रंगमा परिवर्तन भएको देखिन्छ। हुल्मा, बरुवा, राकुली खोलाको मुहान रौता पोखरी नै हुन् भनेर स्थानीय बासिन्दा र बुढापाका बताउँछन्।
हरेक वर्ष वैशाख १ देखि ३ गतेसम्म भव्य मेला लाग्छ। यस मेलामा स्थानीय बासिन्दाले बनाएका विभिन्न किसिमका खानेकुरा खान पाइन्छ। साथै स्थानीबासीले विभिन्न सांस्कृकित कार्यक्रम पनि गर्छन्। पोखरीको नजिकैको जंगलमा न्याउली, कालिज, ढुकुर, मैना, रुपी, चिभे, कस्तुरी, मृग, बाँदर, घोरलजस्ता चराचुरुङ्गी र जनावरहरू पाइन्छन्। यस्तै सिमल, हर्रो, गुराँस, तेजपात, रिठा, अमला, बेल, बोझो, गुर्जो, खनिउ, चिलाउने, कटुस, उत्तिस, भोगटे, सल्ला अादि प्रजातिका वनस्पति पनि अवलोकन गर्न सकिन्छ

Facebook Comments
  • Related Posts

    Tindhare Jharana & Simba falls

    Manikhel village is located in the Mahankal rural municipality in Lalitpur district of province no 3. We have a small team to explore and promote new places which are out…

    Pandhare Bazar | पान्धारे बजार

    Pandhare Bazar is one of the famous trade markets lies in the Lekharka VDC of Bhojpur district. It is a place where five natural water taps are there. This market…

    You Missed

    स्वास्थ्यका लागि उपयोगी तीतेपाती र ज्वानो

    स्वास्थ्यका लागि उपयोगी तीतेपाती र ज्वानो

    भिटामिन झोल र चक्की किनेर खानु पैसाको बर्बादी मात्र ?

    भिटामिन झोल र चक्की किनेर खानु पैसाको बर्बादी मात्र ?

    पृथ्वीनारायण शाहको पालामा सिन्धुलिको लडाइँमा अंग्रेजलाई परास्त गर्ने सिकारीको सर्दार बंसु गुरुङ-वंशु गुरुङ- बंस गुरुङ- वंस गुरुङ वा वंश गुरुङ को थिए ?

    Gufa Pokhari, Tinjure and Menchhayem hill

    Gufa Pokhari, Tinjure and Menchhayem hill

    यसरी किरात/बौद्ध र हिन्दुहरुले आ-आफनै संस्कृति अनुसार संयुक्त रुपमा तिहार मनाऊन सकिन्छ

    • By RAISUJAN
    • November 15, 2020
    • 28 views
    यसरी किरात/बौद्ध र हिन्दुहरुले आ-आफनै संस्कृति अनुसार संयुक्त रुपमा तिहार मनाऊन सकिन्छ

    किरात खालिङ राई र चुला

    किरात खालिङ राई र चुला
    error: Content is protected !!