सिटी स्क्यान गर्नुअघि ध्यान दिनुपर्ने ११ कुरा

  राजेशकुमार दास
सिटी स्क्यान शरीरका विभिन्न अंगहरूको जाँच गर्ने एउटा प्रक्रिया हो। यसको पूरा नाम कम्प्युटराइज्ड टोमोग्राफी स्क्यान अथवा कम्प्युटेड एक्सिअल टोेमोग्राफी हो। यो जाँच सामान्य एक्स–रे जस्तै हुन्छ तर एक्स–रे को तुलनामा सिटी स्क्यान धेरै नै आधुनिक हो र यसले एक्स–रे भन्दा बढी जानकारी दिन्छ। सिटी स्क्यानको सहायताले शरीरभित्रका हड्डी, नसा र तन्तुहरूको जाँच गरिन्छ।

कसरी गरिन्छ सिटी स्क्यान?
सिटी स्क्यानका लागि बिरामीलाई मेसिनभित्र सुताउने गरिन्छ। यो मेसिनको आकार सुरुङ जस्तै हुन्छ। यो मसिनको भित्री भाग विभिन्न एंगलमा घुम्ने गर्छ र जाँच गर्नुपर्ने अंगहरूको जाँच गर्छ। जाँचमा स्क्यानर अथवा सिटी मेसिनले शरीरका भित्री भागहरूको अलगअलग लेवलमा चित्र लिने गर्दछ। त्यसपछि कम्प्युटरको सहायताले अलगअलग लेवलमा लिइएका चित्रहरूलाई मिलाएर अंगहरूको मल्टी डाइमेन्सनल इमेज बनाउने गरिन्छ र बिरामीको जाँच गरिन्छ। सामान्य एक्स–रे मा अंगहरू कुन अवस्थामा छन् भनेर मात्र बताइन्छ तर सिटी स्क्यानको माध्यमबाट अंगहरूको स्थितिको अलावा रोग कुन स्टेजमा छ भन्नेसमेत पत्ता लगाउने गरिन्छ।

सिटी स्क्यान गर्नुअघि ध्यान दिनुपर्ने कुराहरू
१.    सिटी स्क्यान गर्ने रेडियोग्राफर टेक्नोलोजिस्टलाई बिरामीको सम्पूर्ण मेडिकल हिस्ट्री थाहा हुनुपर्छ।
२.    यदि जाँच बिहान ८ बजे देखि ९ बजेको बीचमा छ भने त्यो दिनभन्दा पहिले नै राति १२ बजेपछि बिरामीले खाना खानु हुँदैन। (विशेषतः औषधि दिएर जाँच गर्ने बिरामीको हकमा यो लागू हुनेछ।)
३.    बिरामीको जाँच गर्नुभन्दा पहिले ब्लड युरिया र क्रिएटिनिन लेवल हेर्नुपर्छ। (विशेषतः औषधि दिएर जाँच गर्ने बिरामीको हकमा यो लागु हुनेछ।)
४.    यदि मधुमेहको बिरामी छ भने सुगर लेवल १०० भन्दा बढी हुनु हुँदैन।
५.    बिरामीको जाँच गर्नुपर्ने ठाउँको कपडा मेटल फ्री हुनुपर्छ।
६.    मेसिनभित्र सुत्ने बेलामा डराउनु हुँदैन र रेडियोग्राफर टेक्नोलाजिस्टले बताएअनुसार गर्दै जानुपर्छ।
७.    सिटीमा एउटा अंगको स्क्यान गर्न ५ देखि ३० मिनेटसम्मको समय लाग्न सक्छ।
८    यदि जाँच गर्ने रोगबाहेक शरीरमा कुनै अर्को रोग वा कुनै औषधि खाइरहनुभएको छ भने रेडियाग्राफर टेक्नोलाजिस्टलाई जाँचअघि नै बताइदिनुपर्छ।
९.    कहिलेकाहीँ आमाशय अथवा आन्द्राको जाँचको लागि जाँचभन्दा पहिले बिरामीलाई औषधि खुवाउने गरिन्छ। यो औषधिले बिरामीलाई कहिलेकाहीँ एलर्जी हुन सक्छ। त्यस्तो अवस्थामा आत्तिनु हुँदैन र रेडियोग्राफर टेक्नोलोजिस्टलाई बताइदिनुपर्छ। यो औषधि शरीरको लागि हानिकारक हुँदैन। वास्तवमा यो आयोडिनको घोल हुने गर्दछ।
१०.    अन्य अंगहरूको जाँचका लागि नसाको शिराभित्र कन्ट्रास्ट औषधि दिने गरिन्छ तर यसको नकारात्मक असर पनि हुने भएकाले रेडियोग्राफर टेक्नोलोजिस्टले भने बमोजिम सावधानी अपनाउनुपर्छ। यो औषधि तीन–चार दिनमा शरीरबाट आफै बाहिर जाने गर्दछ।
११.    जाँच गर्नुभन्दा पहिले बिरामीको सम्बन्धित व्यक्तिबाट मञ्जुरीनामा लिई जाँच प्रक्रिया अगाडि बढाइन्छ।

के हो सिटी कन्ट्रास्ट ?
सिटी कन्ट्रास्ट एक रंगहीन पदार्थ हो जुन बिरामीको शरीरभित्र बगिरहेको रगतमा इन्जेक्सनद्वारा पठाइन्छ। यो कन्ट्रास्ट औषधिका कारण शरीरभित्र कुनै दाग रहँदैन। सिटी स्क्यान प्रक्रियाको दौरान यसलाई प्रयोग गरिन्छ, ताकि शरीरको भित्री भाग अत्यन्तै स्पष्ट रूपले देख्न सकियोस्। तसर्थ रोगको पत्ता लगाई निदान गर्न सजिलो हुन्छ।

– त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा रेडियोलोजीका विद्यार्थी दास गीतकार पनि हुन्।

Facebook Comments
  • Related Posts

    स्वास्थ्यका लागि उपयोगी तीतेपाती र ज्वानो

    “साढे दुई वर्षको बालकलाई दूध ख्वाइरहेकी आमाले मसँग कसरी शिशुको दूध ख्वाउने बानी छुटाउने होला’ भनेर सोधिन्। मैले हरेक पल्ट दूध ख्वाउँदा तीतेपातीको रस स्तनमा लगाइदिनू भनेर सल्लाह दिएँ। दुई…

    भिटामिन झोल र चक्की किनेर खानु पैसाको बर्बादी मात्र ?

    भिटामिन झोल र चक्की किनेर खानु पैसाको बर्बादी मात्र ? बेलायत र अमेरिकाका क्रमशः वारविक विश्वविद्यालय र जन हपकिन्स विश्वविद्यालयका वैज्ञानिकहरूले भनेका छन्,” भिटामिन झोल र चक्की किनेर खानु पैसाको…

    You Missed

    स्वास्थ्यका लागि उपयोगी तीतेपाती र ज्वानो

    स्वास्थ्यका लागि उपयोगी तीतेपाती र ज्वानो

    भिटामिन झोल र चक्की किनेर खानु पैसाको बर्बादी मात्र ?

    भिटामिन झोल र चक्की किनेर खानु पैसाको बर्बादी मात्र ?

    पृथ्वीनारायण शाहको पालामा सिन्धुलिको लडाइँमा अंग्रेजलाई परास्त गर्ने सिकारीको सर्दार बंसु गुरुङ-वंशु गुरुङ- बंस गुरुङ- वंस गुरुङ वा वंश गुरुङ को थिए ?

    Gufa Pokhari, Tinjure and Menchhayem hill

    Gufa Pokhari, Tinjure and Menchhayem hill

    यसरी किरात/बौद्ध र हिन्दुहरुले आ-आफनै संस्कृति अनुसार संयुक्त रुपमा तिहार मनाऊन सकिन्छ

    • By RAISUJAN
    • November 15, 2020
    • 19 views
    यसरी किरात/बौद्ध र हिन्दुहरुले आ-आफनै संस्कृति अनुसार संयुक्त रुपमा तिहार मनाऊन सकिन्छ

    किरात खालिङ राई र चुला

    किरात खालिङ राई र चुला
    error: Content is protected !!