raisujan.com.np-Healthy tips.
fb
अमला – लाभदायक फल

Photo

अमला शिरदेखी पाउँसम्मका अगंलाई लाभदायक फल

 

अमला एक महत्वपूर्ण जडिबुटी हो । टर्रो र अमिलो स्वादको अमलालाई भिटामिनको राम्रो श्रोतको रुपमा लिइन्छ यो किनपनि बढी नै महत्वपूर्ण भनिएको भने ३ वटा सुन्तलामा हुने भन्दा बढी एउटा अमलामा धेरै भिटामिन एवं लाभ गुण यसमा पाइन्छ । अमलामा पाइने एन्टिअक्सिडेन्टले कार्सिनोजेनिक सेल्सलाई बन्न रोक लगाउँछ जुन क्यान्सरबाट बचाउनका लागि फाइदाजनक मानिन्छ ।अमलाको रुखको फेदमा छायाँमा बसेर खानाले मात्रै पनि अनेक रोगहरु निको हुन्छ । अमलामा विभिन्न रोगहरु निको पर्ने क्षमता हुन्छ । अमलाले युवाहरुमा यौबन शक्ति प्रदान गर्नुका साथै बृद्धहरुमा युवाअवस्थामा जस्तै जोस जाँगर प्रदान गर्छ । तर अमलालाई दिनहुँ सेवन गर्नु भने पर्छ । अमला भिटामिनले युक्त फल हो । एउटा अमलामा ६ सय मिलि ग्राम भिटामिन सी पाइन्छ ।भिटामिन सीका अन्य स्रोत जस्तै कागती वा सुन्तला हावा वा घामको सम्पर्कमा आएपछि यसमा पाइने भिटामिन सी कम हुन्छ तर अमला एउटा यस्तो स्रोत हो जसमा भिटामिन सी सधै रहिरहन्छ ।अमला खाँदा नराम्रो कोलेस्ट्रोलको स्तर कम हुन्छ र हृदय रोगबाट बच्न सहयोग गर्दछ । शरिरमा मेटाबोलिजम बढ्छ र तौल निकै तिब्र रुपमा कम हुन थाल्छ । फाइबर हुन्छ जसले पाचन प्रक्रियालाई सन्तुलनमा राख्छ । यो खाँदा कब्जियतको समस्या हट्छ ।भिटामिन सीको मात्रा अत्यधिक हुने भएकाले तपाईंको शरिरलाई ऊर्जावान् राख्न सहयोग गर्दछ । यसले कमजोरी पनि टाढा राख्छ । यो खाँदा शरिरको टक्सिन टाढा रहन्छ र अनुहारको चमक बढाउन सहयोग गर्दछ ।अमलाको मुख्य फाइदाहरु यस्ता छन् : 

टर्रो अमला गुलिया फाइदाहरु

  • कपालको चाया हटाउछ

अमलाको रस अथवा पानीमा भिजाएको अमलाको चुर्णले टाउको धुने गर्दा कपालको चाया हट्छ । त्यस्तै ध्यान दिनुपर्ने कुरा के भने कपालको रौंको जरासम्म पुग्ने गरी मालिस गर्नाले चाया हट्नुका साथै कपाल चम्किलो र नरम समेत हुन्छ । अमलाको अर्को प्रभावकारी फाइदा यसले कपाल टुक्रन दिदैन ।

  • आँखाको दृष्टी क्षमता बढाउछ

अमलाले आँखाको दृष्टी क्षमतालाई शक्तिशाली बनाउछ । अमलाको चुर्ण धुलोलाई गाइको ध्यू अथवा महमा मिलाएर बिहान बेलुका नियमित सेवन गर्नाले आँखाको दृष्टी क्षमता बढ्छ । अमलाको रसलाई महमा मिलाएर खाने गर्नाले पनि मोतिविन्दु लगायत आँखा सम्बन्धी रोग निवारण हुन्छ ।

  • मुख गन्हाउन छाड्छ

नियमित रुपमा अमला खानेहरुमा मुख गन्हाउने समस्या हुदैन । अमलाको रसले मुख कुल्ला गर्ने र चुर्णले दात सफा गर्ने गरेमा दातको सुन्दरताको साथै स्वास गन्हाउने समस्या कम हुदै जान्छ ।

  • पेट सफा गर्छ

दैनिक एउटा अमला खानेहरुमा पेटको समस्या हुदैन । ग्याष्ट्रिक, अपच, कब्जियत जस्ता पेट सम्बन्धी समस्या नियन्त्रण गर्न अमला प्रभावशाली औषधी हो । अमलाको रस अथवा सुकेको धुलोलाई दुधमा मिलाएर पिउनाले कुनै पनि रोगले आक्रमण गर्न सक्दैन ।

  • मधुमेह एवं चिनी रोग नियन्त्रण गर्छ

अमला डाइबिटिज् (मधुमेह) र सुगर (चिनी) रोग भएकालाई समेत प्रभावकारी औषधी हो । अमलाको रस तथा धुलोलाई दुधमा मिलाएर खाएमा मधुमेह एवं चिनीरोग नियन्त्रण गर्छ । यसमा पाइने फाइबरले पाचन प्रणालीलाई मजबुत बनाउने हुँदा चिकित्सकले समेत नियमित अमला खान सल्लाह दिइरहेका हुन्छन् ।

  • युरिक एसिड एवं किड्नीका बिरामीलाई लाभदायक छ

पत्थरी, यूरिक एसिड एवं मृयौला सम्बन्धी समस्याबाट बच्न अमला लाभदायक फल हो । अमलाको रसमा मह मिलाएर खाने गरेमा पिसाब पोल्ने तथा मृगौला सम्बन्धी समस्या देखा पदैनन् । अमलाले शरीरमा भएका अनावश्यक नुनिलो एवं अम्लिय विकार पदार्थ निकाल्ने हुँदा युरिक एसिडको समस्या कम हुदै जान्छ । पत्थरीको समस्या भएकाहरुले अमलाको धुलोलाई मुलाको जुससँग मिलाएर ४ हप्तासम्म नियमित पिउने गरेमा पत्थरीको समस्या कम हुदै जान्छ ।

  • रगत शुद्ध बनाउछ

दैनिक अमलाको रस पानी अथवा दुधमा मिसाएर सेवन गर्ने हो भने यसले रगत शुद्ध बनाउने काम गर्छ । साथै यसले शरीरलाई समेत स्वस्थ्य राख्छ । अनिन्द्रा जस्ता समस्या भएकाहरुलाई समेत अमला खादा निन्द्रा पर्छ ।

 

HTML Comment Box is loading comments...