raisujan.com.np-Nepals All in One.
fb

Latest Updates
भोजपुरवासीबीच समन
Updated: Saturday 21st April 2018

Photo

भोजपुर,१२  वैशाख । संसारमा छरिएर रहेका भोजपुर जिल्लाबासीहरुलाई एकतामा गास्नको लागि र एक अर्कालाई सकेको सहयोग गर्नको लागि हामी भोजपुरबासीहरु एकजुट हुनका लागि लागीपरेका छन् । यसै सिलसिलामा गत शनिबार ललितपुरको ताल्छीखेलमा भोजपुरबासीहरु भेला भई सुजन राईको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेका छन् ।

 

भोजपुर नेपालको पूर्वीभेगको पहाडी जिल्ला हो । भौगोलिक विकटता रहेता पनि विश्व नै चलायमान रहेको वर्तमान अवस्थामा भोजपुरबासीहरु विभिन्न कारणले देशको विभिन्न भागदेखि संसार भर नै छरिएर रहेको छन् । भोजपुरबासीहरु जहाँ बसोबास गरी फैलिएर रहेता पनि आफ्नो जन्मभूमि वा पुर्खौली भूमिप्रतिको माया र भावना सधैं कायम गरिराख्न चाहन्छन् ।

 

त्यसैले, भोजपुुरेको भावनालाई सधै एकरुपता र एकतामा बाँध्नको लागि ‘हामीभोजपुरे’ समूहको स्थापना भएको हो । भोजपुरबासी एक अर्कामा यस संस्था मार्फत बाँधिनु र आवश्यक परेको खण्डमा सकेको सहयोग गर्न ,भोजपुरबासीलाई भैपरी आउने सहयोग, नयाँ जिवन उपयोगी सिपमूलक तालिम र भोजपुर जिल्लाको शिक्षा क्षेत्रमा हातेमालो गर्न यो संस्थाको स्थापना गरिएको हो । यस संस्थामा आबद्ध भएका सदस्यहरुलाई निम्नानुसारका सेवा सुविधा मिल्ने बताइएको छ ।

#-      हामीभोजपुरे पेजमा प्रत्येक सदस्यहरु÷दात्रृदातालाई विज्ञापनको सुविधा हुनेछ (व्यवसाय, लेखरचना, संगीत इत्यादि)

#-      एक अर्काका बारेमा जानकारी दिइने छ जसले चाहिएको खण्डमा काम गर्न सरल हुनेछ ।

#-      समुहभित्रको कोहि स्रोतव्यक्ति भएमा त्यस्तो व्यक्तिलाई अवसर दिइने छ ।

#-      नयाँ पुस्ताको लागि रोजगारीको जानकारी दिनुका साथै परामर्श÷बिमर्श दिनेछौं ।

#-      कानुनीरुपमा कुनैपनि काम गर्दा त्यो व्यक्ति कानुनबाट सुबिधा लिन नसकेकाहरुलाई सकेको सहयोग हुनेछ ।

# -       विदेशबाट सीप सिकेर आएका व्यक्तिहरुलाई समन्वय तथा जानकारीका साथै संस्थाले स्रोतव्यक्तिको रुपमा अवसर दिइनेछ ।   

 

भोजपुरवासीको भावनालाई एकरुपता दिई समन्वय गर्दै एकतामा बाँध्नको लागि समूहको स्थापना भएको अध्यक्ष राईले जानकारी दिए ।

समितिका उपाध्यक्षमा गीता राई, सचिवमा हेमन राई, सहसचिवमा कविराज राई, कोषाध्यक्षमा दुर्गाप्रसाद घिमिरे र सहकोषाध्यक्षमा प्रवीण राई रहेका छन्। त्यसै गरी सदस्यहरूमा पूर्ण साम्पाङ, राधिका साम्पाङ, श्यामबाबु गजमेर, खेमराज खत्री, सीता राई र अइन्द्रकुमार राई रहेका छन् ।

भेलाले डा चुडाबहादुर श्रेष्ठ, उद्ववकुमार राई र डा कविराज बान्तावालाई समितिको सल्लाहकारमा चयन गरिएको छ ।